जिल्लामा बाख्रा चोरको बिगबिगी बढ्दै गएको छ । शनिवारमात्रै कृष्णपुर नगरपालिका ५ की रामपति चौधरीको खोरबाट एउटा बोका चोरी भएको छ ।

कृष्णपुर नगरपालिका–५ स्थित जमुनाटोलमा बोका चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोदावरी नगरपालिका १० मालाखेतीका नवीन ताम्राकार र हरिश चुनारा रहेका छन् ।

प्रहरीले बोकासहित उनीहरूलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गुलरियाका बरिष्ठ नायव निरीक्षक जीवन गुरुङले बताए । शनिबार चोरी भएको बाख्रा कृष्णपुर नगरपालिका ५ की रामपति चौधरीको रहेको छ । गुरुङका अनुसार बाख्रा र पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झलारीको जिम्मा लगाइएको छ । गत महिना पनि प्रतिमा चौधरी र बैशाख ३ गते निर्मला नाथको बाख्रा चोरी भएको थियो । तिनै जनाले उनीहरूविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । चोरको बिगबिगी बढ्दै गएपछि किसानहरूले असुरक्षित महसुस भएको बताएका छन् ।