रूपन्देहीको मणिग्रममा नेपालकै ठूलो लुम्बिनी कृषि उपज थोकबजार सञ्चालनमा आउने भएको छ ।

निजी क्षेत्रको लगानीमा निर्माण गरिएको थोकबजार बैशाख १ गतेदेखि सञ्चालनमा आउने भएको हो । ३ बिघा क्षेत्रफलमा फैलिएको यस थोक बजारमा १ सय ७८ वटा व्यावसायिक सटर रहेका छन् । तरकारी तथा फलफूलको यस थोक बजारमा किसानहरूको कृषि उपज बेचबिखनका लागि किसान चौतारीमा निःशुल्क सटरको व्यवस्थासमेत गरिएको छ ।

तिलोत्तमा नगरपालिकाको कफी कम्पनीसँगै मणिाग्रममा यो बजार स्थापना गरिएको छ ।