अघिल्लो महिनाको माघ १६ गते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं-५ को वनसमितिमा अवस्थित जनजागरण कृषि सहकारी संस्थाले अनुदान कोटाको १ सय ७५ बोरा युरिया मल किसानलाई बिक्री गर्न भनेर ल्याएको थियो ।

त्यसमध्ये सहकारीले ८६ बोरा मल बेचेको छ । सहकारीले ८१ बोरा मल किसानलाई बेचेको भए पनि ५ बोरा मल भने एग्रोभेट सञ्चालकलाई बेचेको भेटिएको छ ।

सहकारीको बिक्री दर्ता पुस्तिकामा ५ बोरा युरिया मलखाद स्थानीय झलारी बजारस्थित डीके एग्रोभेटका सञ्चालक र उनका परिवारका सदस्यहरूको नाममा बिक्री गरिएको पाइएको छ । किसानहरूले आफूले मलखाद नपाएको तर सहकारीेले व्यापारीलाई मल बेचिरहेको गुनासो गरेपछि शुक्लाफाँटा नगरपलिकाले बजार अनुगमन गरेको थियो ।

सहकारीले प्रतिबोरा १ हजार २ सयमा युरिया मल किन्न भनेको तर आफूले महँगो भएका कारण किन्न अस्विकार गरेको चौधरीको भनाइ छ । 'मैले १ लाख रुपैयाँ पनि सहकारीका प्रतिनिधिलाई बुझाएको थिएँ । सहकारीले प्रतिबोरा १ हजार २ सय रुपैयाँमा मल लैजान भन्यो ।' चौधरीले हलोखबरसँग भने, 'मैले महँगो भयो, १ हजार १ सय ६० रुपैयाँमा दिने भए खरीद गर्छु भनेँ । त्यसपछि कुरा त्यहीनेर सकियो । पैसा पनि १ हजार मात्र फिर्ता गरेका छन् ।'

नगरपालिकाको बजार अनुगमन समितिले अनुगमनका क्रममा सहकारी संस्थाको बिक्री-दर्ता पुस्तिकामा भएको कृषकको नाम र सम्पर्क नम्बरमा सम्पर्क गर्दा स्थानीय झलारी बजारस्थित डीके एग्रोभेटका सञ्चालकको नम्बर प्रमाणित भएको कृषि शाखा प्रमुख करन बुढाऐरले बताएका छन् । शुक्लाफाँटा नगरपालिकाको अनुगमन समितिका सदस्यसचिव तथा नगरपालिकाका योजना अधिकृत विष्णुप्रसाद खरेलले अनुगमका क्रममा ५ बोरा मल व्यापारीलाई बेचेको भेटिएको पुष्टि गरेका छन् । 'एग्रोभेट पसलमा बुझ्दा मल भेटेनौँ । तर सहकारीको रेकर्डमा भने बेचेको भेट्यौँ ।' उनले भने ।

डीके एग्रोभेटका सञ्चालक खुशीराम चौधरीले ५ बोरा युरिया मल जनजागरण कृषि सहकारी संस्थाबाट खरिद गरी बेचेको स्वीकार गरेका छन् । यता सहकारीका अध्यक्ष नैनसिंह बोहराले एग्रोभेट सञ्चालकले सहकारीलाई झुक्याएर मल खरीद गरी लगेको बताएका छन् । तर उनको भनाइमा भने सत्यता देखिँदैन ।

शुक्लाफाँटा नगरपालिकाको सिफारिसमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड र कृषि सामग्री केन्द्रबाट कृषकलाई बिक्री-वितरण गर्ने भनेर जनजागरण कृषि सहकारी संस्थाले १ सय ७५ बोरा मल ल्याएको थियो । कृषकलाई सस्तो मूल्यमा बेच्नुपर्ने मल सहकारीले एग्रोभेटलाई बेच्दा कृषकहरू महङ्गोमा मल किन्न बाध्य भएका छन् ।

सहकारी संस्थाहरूले सरकारबाट पाएको अनुदानको मलखाद कृषकबाहेक अन्य कसैलाई बेच्न नपाइने भए पनि कृषि सहकारीले स्थानीय एग्रोभेटलाई मल बेचर कृषकलाई ठगेको स्थानीयको भनाइ छ । सहकारीबाट मल किन्दा प्रतिबोरा १ हजार १ सय रुपैयाँमा युरिया र प्रतिबोरा २ हजार ५ सय ५० रुपैयाँमा डीएपी पाउनुपर्ने किसानले एग्रोभेटबाट चर्को मूल्यमा खरिद गर्नुपरेको छ । एग्रोभेटबाट किसानहरूले युरिया प्रतिबोरा १ हजार ४ सयसम्म र डीएपी मल २ हजार ९ सयदेखि ३ हजारसम्म मूल्य तिरेर किन्नुपरेको छ ।

सहकारी र व्यापारीको मिलेमतो : नगरपालिका मूकदर्शक

एग्रोभेट सञ्चालक चौधरीले सहकारीबाट आफूले ५ बोरा युरिया मल खरीद गरी बेचिसकेको स्वीकार गर्दै अर्को खुलासा गरेका छन् । सहकारीले आफूलाई ठूलो परिमाणमा मल खरीद गर्न प्रस्ताव गरेको चौधरीले बताएका छन् । सहकारीले आफूसँग १ लाख रुपैयाँको मल लैजान भनेको चौधरीले हलोखबरलाई बताएका छन् ।

सहकारीले प्रतिबोरा १ हजार २ सयमा युरिया मल किन्न भनेको तर आफूले महँगो भएका कारण किन्न अस्विकार गरेको चौधरीको भनाइ छ । 'मैले १ लाख रुपैयाँ पनि सहकारीका प्रतिनिधिलाई बुझाएको थिएँ । सहकारीले प्रतिबोरा १ हजार २ सय रुपैयाँमा मल लैजान भन्यो ।' चौधरीले हलोखबरसँग भने, 'मैले महँगो भयो, १ हजार १ सय ६० रुपैयाँमा दिने भए खरीद गर्छु भनेँ । त्यसपछि कुरा त्यहीनेर सकियो । पैसा पनि १ हजार मात्र फिर्ता गरेका छन् ।'

डीके एग्रोभेटका सञ्चालक खुशीराम चौधरीले ५ बोरा युरिया मल जनजागरण कृषि सहकारी संस्थाबाट खरिद गरी बेचेको स्वीकार गरेका छन् । यता सहकारीका अध्यक्ष नैनसिंह बोहराले एग्रोभेट सञ्चालकले सहकारीलाई झुक्याएर मल खरीद गरी लगेको बताएका छन् । तर उनको भनाइमा भने सत्यता देखिँदैन ।

तर कुरा यहीँनेर भने नसकिएको भेटिएको छ । त्यसपछि चौधरीले ५ बोरा मल भने खरीद गरेर लगेका छन् । नगरमा सहकारी र व्यापारीबीच यस्तो मिलेमतोको घटना भइसक्दा पनि नगरपालिका भने मूकदर्शक बनेको छ । खरेलका अनुसार नगरमा भइरहेको बेथितिबारे नगरप्रमुखलाई छिट्टै ब्रिफिङ गरिने छ । स्थानीय तहमा हुनेगरेका यस्ता मुद्दाहरू उठाउन निकै अप्ठ्यारो हुने खरेल बताउँछन् । विभिन्नखाले दबाबका कारण अनुगमन समितिले पनि ठोस् काम गर्न नसकेको उनको भनाइ छ ।