कृषि ज्ञान केन्द्र, चितवन द्वारा तीन जना कृषकहरु पुरस्कृत भएका छ्न । च्याउ उत्पादन गर्ने किसान विष्णुबहादुर विश्वकर्मा, केरा खेती गर्ने किसान विष्णुहरि पन्त र माछापालन गर्ने किसान सरोज शाहलाई जिल्लास्तरीय राष्ट्रपति उत्कृष्ट पुरस्कार द्वारा पुरस्कृत गरिएकाे हो।
विष्णुबहादुर विश्वकर्मा भरतपुर महानगरपालिका १७ का किसान हुन । उनी विगतमा रोजगारीको सिलसिलामा दक्षिण कोरीया पुगेका थिए । उनी जस्तै अर्का पुरस्कृत किसान बिष्णुहरि पन्त पनि रोजगारीको सिलसिलामा इजरायल पुगेका थिए । इजरायलमा सिकेको सीप र मेहनतले आज उनी ३० बिघा भन्दा धेरै क्षेत्रफलमा केरा खेती गरि उदाहरणीय किसान बन्न सफल भएका छ्न । रत्ननगर १२ का स्थाइ वासिन्दा पन्त नेपाल केरा उत्पादक संघका केन्द्रिय समितिका संयोजक पनि हुन । त्यस्तै पुरस्कृत हुने अर्का किसान सरोज शाह तेलि माडी नगरपालिकाका वासिन्दा हुन ।
उनीहरूलाई नगद १०-१० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएकाे छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशका सचिव शरणकुमार पाण्डे, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी र कृषि ज्ञान केन्द्र, चितवनका प्रमुख युवराज पाण्डेले संयुक्त रूपमा पुरस्कार प्रदान गरेका थिए।