२०४० सालमा आमा लालमाया राई र बुवा धन बहादुर राईबाट जन्मिएका कृष्ण राईले बसन्तटार धरानमा बिगत एक दशक देखि पुर्वी नेपाल प्रदेश नम्बर १ मा अनवरत रुपमा अर्गानिक अभियान चलाई रहेका छन । गाई फर्म, सुँगुर फर्म, तरकारी खेती, तरकारी खेतीको आउटलेट राखेर कृषिमा बिबिधिकरण गर्न सफल उनले कृषिलाई आधुनिक तथा बहुआम्दानीको रुपमा प्रस्तुत गर्न सकिने मोडलको रुपमा प्रस्तुत गरेका छन । कैयौ नेपाली कृषकहरुले मुल्य नपाएको समस्या भोगिरहेको बेला उनलाई मुल्य नपाएको गुनासो भन्दा पनि उत्पादनको क्षमता बढाउन नसकिएको बारेमा चिन्ता छ ।
कृषि पेशा बहुआयामिक पेशा हो । यसलाई श्रमसंग मात्रै जोड्ने गरिएको छ तर यसमा लगनशीलता, ब्यवस्थापन र सोचको ठुलो लगानी हुने गरेको हुन्छ । जस्ले लगानी, सोच र स्रोत जुटाउन सक्छ उस्ले कृषिबाट धेरै आम्दानी लिन सक्दछ । अहिले थोरै ठाँउबाट नै धेरै आम्दानी गर्न सकिने खालका कृषिको बिषयहरु समेत बिकास भईसकेको छ । यही बिबिध कृषिको अभियान चलाउँछन कृष्ण राई ।
प्रदेश नम्बर एकको कृषि मोडलको रुपमा सोताङ अर्गानिक फर्म प्रा.लि. लाई स्थापित गर्न सफल उनको फर्ममा धेरै प्रकारका ग्राहक तथा भ्रमणमा मानिसहरु आउने गरेका छन । यहाँ कृषिका बिधार्थीहरु, कृषक समुहहरु, कृषिवन समुहहरु, बिधालय, क्याम्पसका बिधार्थीहरु अध्ययन भ्रमणमा आउने टोलीहरु तथा अन्य सरोकारवाला टोलीहरु समेत अध्ययनका लागि आउने गर्दछन ।
सोताङ अर्गानिक फर्ममा मुख्य हेर्न लायकका बिषयहरु मध्ये गेटमै रोपिएको लेटुसको साग हाईड्रोपोनिक प्रबिधि, त्यो भन्दा माथिल्लो तलामा अवस्थित माछापोखरी, बिभिन्न खालका तरकारी खेतीहरु, गाईपालन र त्यसबाट बन्ने गरेको मल उत्पादन, बंगुरपालन लगायतका बिषयहरु रहेका छन । यसका साथै बिभिन्न खालका वनस्पतिहरुको संकलन एकदमै आकर्षक रहेका छन ।
अर्गानिक मोडल :
सोताङ अर्गानिक फर्मले उत्पादन गर्ने कृषि उत्पादनका वस्तुहरु तरकारी तथा मल बिशेष रुपमा उपलब्ध रहेका छन । बंगुर फर्म तथा गाई फर्मबाट तयारी भएको मललाई उहाँले थप प्रशोधन गरि त्यसलाई अर्गानिक मलको रुपमा उपलब्ध गराई रहनु भएको छ । यसपछि त्यसलाई बजारमा समेत पठाई रहनु भएको छ । तरकारीहरुमा गोलभेडा, साग, काउली, बन्दा, सिमी, बोडी लगायतको हिउँदे तथा बर्षाद समयमा हुने तरकारीहरु उपलब्ध गराईरहनु भएको छ । यसको बजार ब्यवस्थापनका लागि आफनै घरको ढोकामा आउटलेट राख्नुका साथै सचेत नागरिकहरुको घर घरमा समेत पुग्ने गरेको छ । उनको आउटलेटमा बिभिन्न खालका फलफुलहरु समेत उपलब्ध रहेको छ ।
राईले बगरहरुमा तरबुजा तथा खरबुजाको समेत उत्पादन गरेर बजारमा पठाई रहनु भएको छ । उनको घरमा बिभिन्न तरकारी, माछापोखरी, लेटुस साग लगायतले सजिसजाउ भएको देख्न पाईन्छ । यति मात्रै होईन उनको फर्ममा सिजनल तरकारीहरु टनेलमा धेरै मात्रामा उत्पादन भईरहेको हुन्छ । माछापोखरीका साथै बिभिन्न वनस्पतिहरु पोखरीमै लगाएका छन जस्ले पोखरीको सौन्दर्य हुने गरेको छ । सौन्दर्यका सन्दर्भकै कुरा गर्दा लेटुसको खेती हाईड्रोपोनिकले धेरैको मन लोभ्याउने गरेको छ ।
उहाँको फर्मको सबैभन्दा नौलो अभियान भनेको अर्गानिक रुपको जैबिक मल बनाउने प्रबिधि हो । यो प्रबिधि गोबरमललाई पाँचपटक सम्म पल्टाउने र यसलाई गाईको गहुँतले जोरनको रुपमा माथिबाट छ्याप्ने कार्य गर्नुपर्दछ । यसरी तयारी भएको मललाई एउटा मेसिनमा राखेर चाल्नुपर्दछ । यस मलमा बाली बिरुवालाई आवश्यक पर्ने सम्पुर्ण खाद्यतत्वहरु मलमै उपलब्ध हुने गरि कार्य गरिन्छ । यसैले यो मल बाली बिरुवाका लागि एकदमै प्रभावकारी रहेको हुन्छ । यसलाई बैज्ञानिक तरिका र पद्धतीबाट अध्ययन गरि तयारी गरिएको हुन्छ । उनको यही कर्मको आधारमा नै २०७८ सालको मदन भण्डारी राष्ट्रिय पुरुस्कार पनि प्राप्त गरिसकेका छन । उक्त पुरुस्कारको राशी भने रु. १ लाख र सम्मानपत्र रहेको छ
रासायनिक मलको बिकल्पमा जैबिक मल
नेपालमा पछिल्लो समय रासायनिक मलको अभावमा सरकारको सडक देखि सदनसम्म आलोचना भईरहेको छ । स्थानीय सरकार, प्रदेश सरकार तथा केन्द्र सरकारले सोताङ अर्गानिक फर्म प्रा. लि. ले तयारी गरिरहेको मलको क्षमतालाई बृद्धि गर्ने गरिको बृहत परियोजना संचालन । यसका साथै प्रदेश एकमा धेरैजसो ठाँउहरुमा पशुपालन संभावना छ । यी ठाँउहरुमा यस प्रकारको मलहरु उत्पादन गर्ने प्रोत्साहन गर्ने हो भने रासायनिक मलको अभावलाई ज्यादै न्युनिकरण गर्न सकिने थियो ।
हामीले सरकारको आलोचना गर्नुभन्दा जैविकमलको उत्पादनमा जोड गर्नुपर्ने देखिन्छ । रासायनिक मलको अभाव नेपालमा दशकौ भईसकेको छ । यसको अन्त्यको एकमात्र बिकल्प हो जैविक मलको क्रमिक रुपमा बिकास । यसप्रकारको मलको निरन्तर उत्पादन हुदै जाने हो भने नेपालमा रासायनिक मलको चरम अभावलाई न्युनिकरण समेत गर्न सकिनेछ । अर्कोतर्फ यही मुलुकमा सोताङ अर्गानिक फर्म र राई जस्ता ब्यक्तिहरु धेरै तयारी हुने थियो ।