मैले जानेदेखि मेरो घरको खोरमा ८।१० वटा बाख्रा टुटेको छैन । तर आम्दानीको नाममा दई अढाई वर्षमा ५।६ वटा खसी र वार्षिक २०। ३० डोको मल वाहेक उल्लेख्य आम्दानी भएको थाहा छैन । त्यसैले यस पेशालाई व्यवसायिक बनाउने लक्ष्यका साथ २०७१ बैशाखबाट फार्म निर्माणको काम शुभारम्भ गरेको हँ । आजका दिनसम्म आइपग्दा खासै आम्दानी लिन शुरु नभए पनि प्रशस्तै व्यवसायिक ज्ञान भने आर्जन गरेको छु ।
हो_हामी_कृषक_हौँ •••
हाम्रो पर्खौली पेशा कृषि हो । हामी आफूलाई कृषि विज्ञ ठान्छौँ । हामी त्यसैमा चुक्छौँ । परम्परागत ज्ञान र सोचले व्यवसायिकरण हँदैन । व्यवसायिकरणका लागि छुट्टै ज्ञान, सीप र सोचको आवश्यकता पर्दछ । त्यसैले व्यवसायिक बाख्रा पालनका लागि धेरै कुरामा ध्यान दिनु पर्दछ । धेरै साथीहरुको जिज्ञारा मेटाउन मैले अनुभव गरेका केही कुराहरु शेयर गर्न लागिरहेको छु । जुन निम्न अनुसार छन ।
१. #व्यवसायिक_योजना•••
व्यवसाय थाल्नु पूर्व स्पष्ट व्यवसायिक योजना निर्माण गर्नु पर्दछ । यसमा लगानी के कति गर्ने ? कहाँबाट जुटाउने ? जस्ता कराहरुको निकर््यौल गर्नु पर्दछ । बाख्रा पालन सानो पूँजिबाट पनि सरु गर्न सकिन्छ । त्यसैले अरुले ठूलो लगानी गरेको देखेर र सुनेर सुरुमा हौसिएर लगानी नगर्नु नै वुद्धिमानी हन्छ । बरु १।२ वर्षमा लगानी वृद्दि गर्ने योजना राख्नु राम्रो हुन्छ ।
२. #अध्ययन_र_अनुभव_आर्जन•••
व्यवसायमा सफल बन्नका लागि तत् सम्बन्धी ज्ञानको आवश्यकता पर्दछ । ज्ञान विनाको काममा हात हाल्दा धेरै व्यवसायी टाट पल्टिएका उदाहरण खोज्न टाढा जानु पर्दैन । यो व्यवसाय थाल्नु पहिले आवश्यक तालिम लिनु पर्दछ । यसका साथै केही सफल फार्महरुको अध्ययन भ्रमण र सफल व्यवसायीहरुसँगको साक्षात्कारले पनि सहयोग नै पुग्छ । फेसबकका रोमान्चक फोटा र अनलाइनका अतिरन्जित समाचारका भरमा व्यवसायमा हात हाल्नु हुँदैन ।
३. #उचित_ठाउँको_छनौट•••
कुनै पनि काम गर्नका लागि उचित स्थानको जरुरी पर्दछ । बाख्रा पालनमा त उचित स्थानको छनौट अत्यन्तै महत्वपूणर््ा हुन्छ । तराईदेखि उच्च पहाडी भेगसम्म यो व्यवसाय गर्न सकिन्छ । यस व्यवसायका लागि फराकिलो, रसिलो र घँसिलो जग्गाको आवश्यकता पर्दछ । यस्तो जग्गाको व्यवस्था विना व्यवसाय शुरु गर्न हुदैन ।
४. #प्रशस्त_घाँसको_व्यवस्थापन•••
बाख्रा पालन व्यवसाय पूर्णत घाँसमा आधारित व्यवसाय हो । बाह्रै महिना प्रशस्त हरियो घाँसको व्यवस्था गर्न सके यो व्यवसाय असफल हुने सम्भावना नै रहँदैन । त्यसैले सफल व्यवसायी हुनका खोरमा बाखा हाल्नु पूर्व पोषिलो घाँसको प्रबन्ध गर्नु पर्दछ । यसका लागि डाले घाँस, बहवर्षिय घासँ र सिजनल घाँसको व्यवस्थापन गर्नु पर्दछ ।
५. #आधुनिक_खोरको_निर्माण•••
बाखा्रका लागि आधुनिक र वैज्ञानिक खोरको निर्माण गर्न पर्दछ । तर धेरै लगानी गरी खोर निर्माण गर्दैमा व्यवसाय सफल हुन्छ भन्ने सोचले खोर निर्माणमा अनावश्यक धेरै लगानी गर्नु हुन्न । खोरमा लगानी समग्र लगानीको १० प्रतिशत लगानी मात्र हो भन्ने सम्झनु पर्दछ ।
६. #उचित_जातका_बाख्राको_छनौट•••
बाख्रा पालन व्यवसाय तराईदेखि हिमाली भेगसम्म हुने भए पनि हावापानी अनुसार उचित जातका बाख्राको छनौट गर्नु पर्दछ । स्थानीय जातका सुधारिएका माउको छनौट गरी उन्नत जातका बोकाबाट क्रस गरी व्यवसाय सुरु गर्न सकिन्छ।
व्यवसायमा हाडनाता लाग्ने गरी बोका राख्नु हँदैन । हाल नेपालमा भित्रिएको बोयर जात अत्यन्तै सफल र व्यवसायिक हिसाबले लाभदायक देखिएको छ। त्यसैले व्यवसायिक रुपमा काम गर्ने किसानले कम्तिमा एउटा बोयर ब्याढ बोका राख्न राम्रो हन्छ। यसरी बुद्दिमतापूर्वक बाख्रा पालन व्यवसाय सुरु गरेमा अवश्य सफल हुन सकिन्छ
लेख चित्त बुझेको खण्डमा SHARE गर्न नभुलौं है, सबै साथीहरुले थाहा पाउनु हुनेछ!
Content: Boer bakhra palan Page