पशुपालन व्यवसायमा बाख्रापालन एक अभिन्न अंगको रुपमा सबै भौगोलिक क्षेत्रका कृषकहरुले अपनाएको पाईन्छ । बाख्रापालन व्यवसायको प्रमुख उद्देश्य मासु उत्पादन गर्नु रहेतापनि उच्च हिमाली क्षेत्रमा सामान ढुवानीको निम्ति समेत बाख्राहरुको प्रयोग हुँदै आएको छ । यस बाहेक बाख्राको छाला, रौँ (पश्मिना) र हड्डीबाट निर्मित विभिन्न सरसामानहरुको उपयोग पनि भइरहेको छ ।

 

 बाख्राको दुधको उपभोग प्रचलनमा नभएपनि बालकको निम्ति प्रभावकारी हुनुका साथै कमलपित्त र क्षयरोग जस्ता रोगको उपचार समेत प्रभावकारी मानिएको छ । शहरीकरणको वृद्धिको साथै पशुजन्य पदार्थको माग बढीरहेको अवस्थामा मागको अनुपातमा उत्पादन वृद्धि गर्नु जरुरी छ । विगतको तुलनामा हालका वर्षहरुमा खसी बाख्राको उत्पादनमा वृद्धि भएतापनि बढ्दो मागलाई पूर्ति गर्न छिमेकी राष्ट्रहरुबाट खसी बोका आयात हुने क्रम जारी छ । बाख्रापालन व्यवसायलाई एक सम्मानित व्यवसायको रुपमा विकास, विस्तार र व्यवसायीकरण गरी आयात प्रतिस्थापन गर्न सम्बन्धित सरोकारवालाहरुको यस तर्फ ध्यान जानु नितान्त आवश्यक छ।


हाल धेरै जना साथीहरूले बाख्रा फर्म खोल्न र त्यसका लागी प्राविधिक कुरा बारेमा विभिन्न कुराहरुको जिज्ञासा राखनु हुन्छ । 


>>बाख्राको फार्म सुरु गर्दा मुख्य कुरा आफू सग घास कती छ त्यो आधारमा बाख्रा राखनु पर्छ । बाख्राबाट लगानी गरेको २४ महिना पछि बाट मात्रै आम्दानी आउने      
हुनाले आफ्नो आर्थिक अबस्थाको ख्याल गर्नु पर्छ ।

>>घास लगाउदा बुट्त्यान खाल्को घास विभिन्न प्रकारको लगाउनु पर्छ।

>>सुरुमा फार्म सुरु गर्दा बडीमा ३० वोटा माउ बाख्रा हाल्नु पर्छ त्यसको लागि एउटा बोका राखने माउ बाख्रा जहिले पनि स्थानीय जात्को मात्रै राखनु पर्छ । यसो गर्दा     त्यो माउबाट जन्मिएका बच्चामा त्यस ठाउँमा सहज हुर्कने , रोगसँग लड्नेलगायत धेरै क्षमता अन्यत्रबाट ल्याएको माउका बच्चामा भन्दा बढी हुन्छ । कतिपय कुरा     त जिनमा नै हुन्छन् ।

>>बोकाको लागि तपाईंलाइ जस्तो खालको मनपर्छ त्यो जातको राखनु पर्छ। नेपालमा पाइने खरी जातको बाख्रा राम्रो खालको छ र बोएर बोका चाही १४०० मि उचाई     भन्दा कम भएको ठाउ को लागि उप्युक्त जात हो ।

>>फार्म सुरु गर्दै सम्पुर्ण बाख्राको बिमा गर्ने , फार्म दर्ता गरेर काम सुरु गर्नु पर्छ। आफ्नो जिल्ला पशु सेवा कार्यालय या नजीकको पशु सेवा केन्द्रमा सम्पर्क गरेर            काम गर्नु पर्छ । बाख्राको उत्पादन लागत घटाउने तर्फ ध्यान दिनु पर्छ ।

>>महामारी रोग पि पि आर विरुद्ध अनिवार्य रूपमा खोप लगाउने, आन्तरिक परजीवी विरुद्ध औसधी खुवाउने।

>>सिजन अनुसारको घाँस लगाउने।

>>हाड नाता प्रजनन रोक्ने, राम्रो अनि अशल माउ राखने, नराम्रोको माउ हटाउदै जाने गर्नु पर्छ ।

 

>>उत्पादन लागत घटाउने मुल कुरो पोसिलो घाँस नै हो त्यो कुरामा ध्यान दिन बिर्सनु हुदैन।


बाख्रापालन सम्बन्धि सम्पूर्ण जानकारीको लागि हाम्रो एप:: Click here