माटोको प्रयोगबिना नै पानी र पोषकतत्वको सहायताले बालीबिरुवा उत्पादन गर्ने प्रणालीलाई हाइड्रोपोनिक्स भनिन्छ ।हाइड्रोपोनिक्स अन्तरगत विशेषतः जौ, गहुँ, मकै, जै, जुनेलो, बरसिम, बोडी वा तिनीहरूको मिश्रणको खेती घाँस उत्पादनका लागि गरिन्छ ।
हाइड्रोपोनिक्सका लागि अँकुराएको बीउलाई उमारेर कलिलो जरैसहितको पुरै बिरुवा गाईबस्तुलाई खुआइन्छ । यस्तो बिरुवा हाम्रो दशैंको जमरा जस्तै हुन्छन् । एउटा प्लास्टिक वा धातुको ट्रेमा पानीले मोक्राएको बीउ एकनासले छरिन्छ र बिरुवा हुर्कने अवधिभरी ड्रिप वा स्प्रे सिँचाइ प्रणाली अन्तरगत पानी छम्केर चिसो राखिन्छ ।
कहिलेकाँहि पानीसँगै केही पोषकतत्व पनि बिरुवामा छर्किइन्छ । यसरी मोक्राएको बीउ चौबिस घण्टा भित्रमा अँकुराउँछ र ५ देखि ७ दिनको अवधिमा हुर्किएर एक बित्ता करिब २५–३० सेन्टिमिटर अग्लो हुन्छ । यसरी हुर्किएको बिरुवाका जराहरू एक अर्कामा गुज्मिुजिन्छन् र गद्दा जस्तो बनाउँछन् । यस्तो जमरे घाँस गाईबस्तु भेडाबाख्रा, बङ्गुर सबैले खान्छन्, खाँदा बिरुवाको जरा तथा बीउ कुनै पनि भाग खेर नफाली सबै खान्छन् । यस्तो घाँस ज्यादै कलिलो भएकोले धेरै पोषिलो तथा सुपाच्य हुन्छ । एक किलो जमरे घाँसले तीन किलो सन्तुलित दाना बराबर पोषकतत्व प्रदान गर्छ ।
हाइड्रोपोनिक्सको तरिकाबाट घाँस उत्पादन घरको कुनै पनि कोठा वा गोदाममा गर्न सकिए तापनि विशेष प्रविधिले बनाइएको शिशा निर्मित्त ग्रिनहाउमा तापक्रम तथा आद्रता नियन्त्रण गरेर हाइड्रोपानिक्स तरिकाबाट घाँस खेती गर्नु उपयुक्त हुन्छ ।
हाइड्रोपोनिक्सका लागि ग्रीन हाउस बनाउँदा एक सय वर्गमिटरमा एक हजार ट्रे र प्रति ट्रे एक किलोको दरले एक दिनमा एक हजार किलो जमरे घाँस उत्पादन गर्न सकिन्छ । हाइड्रोपोनिक्स पद्धतीबाट उमार्दा एक गोदाममा बीउबाट ८– १० किलो जमरे घाँसको उत्पादन हुन्छ र यस्तो घाँसमा सुखापदार्थको मात्रा केवल १२–१५ प्रतिशतमात्र हुन्छ । त्यसैले यस्तो घाँसमात्र खुआएमा धेरै दूध दिने पशुहरूको शारीरिक आवश्यकता जमरे घाँसले मात्र पुरा गर्न सकिन्न । यस्तो जमरे घाँस प्रति दुधालु गाई वा भैंसीलाई दिनको दस किलोको दरले खुआउन सकिन्छ ।
यस्तो घाँस उत्पादनका लागि श्रम, लागत विद्युत तथा उच्च प्रविधिको आवश्यकता बढी हुने भएकोले नेपालका लागि आर्थिक रूपमा त्यती किफायती नहुन पनि सक्छ ।
सात दिनमा हाइद्रोपोनिक्स घाँस बनाउने तरिका: