तनहु जिल्लाको दुलेगौडा गाविस.–२ कोर्तेबाट वसायीक संघर्ष गर्दै वि.स.२०४२ सालमा बुटवल झरेका प्रकाश खनालले वि.स.२०७० सालमा केही उर्जावानउद्यमीहरु मिलेर सामुहिक बहुउदेश्यि कृषि उपज तथा विक्रि समुह सिक्टहन गाविस–२ मा स्थापना गरेका छन् ।  सिक्टहन माविको २४ विघा जग्गा भाडामा लिएर १६ विघा क्षेत्रफलमा व्यवसायी तरकारी खेती, माछा पालन, पंक्षि पालनसुरु गरेका छन् । व्यवसायीक योजनाको विषयमा रहेर उनी अध्यक्ष प्रकाश खनालसंग बुटवल टुडे कर्मी कृष्ण खनालले गरेको कुराकानीको अंश::

संस्था स्थापना कहिले र कसरी भयो? 
–हामी बुटवलका केही उर्जावान उद्यमीहरु मिलेर वि.स.२०७० फागुन २२ गते स्थापना गरेका हुन । अहिले हामी १९ जना सञ्चालनहरु छन् । पहिला देखि कृषि कर्म गरेका केही व्यवसायी र अन्य विशुद्ध व्यवसायी गरेका हामीहरु मिलेर संस्था स्थापना गरेका हौ ।


व्यवासयबाट कसरी कृषि क्षेत्रमा प्रवेश गर्नुभयो ? 
–हामी खासगरी विभिन्न अध्यायन अवलोकन भम्रणमा जाँदा खेरी सहकारीहरुको धारणा र लागानी अवधारण देखपछि एउटा सहकारी स्थापना गर्नुपर्दछ । सामुहिक रुपमा कृषि क्षेत्रमा हात हाल्नु पर्दछ भन्ने मान्यताका साथ हामीले संस्था स्थापना गरेका हुन । खासगरी अध्यायन भ्रमणको क्रममा पुवी नेपालको ईलामा जिल्लामा जाँदा चन्द्रसुर्य, शक्ति सहकारी लगायतका सहकारीहरुले राम्रो काम गरेको जान्न पायौं । त्यसपछि हामीले यहाँ सुरु गरेका हुन ।


तपाईको कृषिप्रतिको लगाव सानै देखि थियो की अहिले हो ?
–म नवलपरासी जिल्लाको पञ्चनगरमा राधा निमाविमा पढ्दा त्यहाका शिक्षकहरुले कृषि शिक्षा अध्यायापन गराउदा म जहिले पनि प्रथम हुने गर्दथे । कृषि विषयमा जहिले पनि प्रथम हुन्थे । म सानै देखि कुखुरा पाल्ने, बाख्रा पाल्ने, लगायतका काम गर्दथे । सानै देखिको रुचीले गर्दा यहाँ सम्म आए ।


कस्को प्ररेणाबाट कृषि क्षेत्रमा प्रवेश भयो ? 
– खासगरी मलार्य जन्म दिन बुबा आमाको प्रेरेणनै पहिलो स्रोत हो । यसको अलवा मलाई कृषि क्षेत्रमा लाग्न प्रेरेणा दिने नवराज फुल्लेल, लिलाराम पाण्डे, रमेश भण्डारी, धर्मराज पौडेल लगातका साथीहरुको अहम भुमिका र¥यो ।


अवको योजना के हो ?
–हामी अहिले सम्म कृषि क्षेत्र खासगरी अर्गानिक तरकारी, पंक्षि र माछामा सुरु गरेका छौं । अवको योजना हामी पशुपालन क्षेत्रमा गाई, भैसी र बंगुर पाल्ने योजनामा छौं ।


कृषकलाई हेर्ने दृष्टिकोणमा अझै परिर्वतन आउन सकेको छैन किन होला ? 
–अझै नेपालमा कृषि गर्ने मान्छेहरु‘गँवारहुन्छन्’ भन्ने मान्यता छ । जुन मान्यता गलत हो । कृषिलाई हेय दृष्टिले हेरिरहदा किसानले पनि अलिकती साथ नदिएको अवस्था र राज्यले पनि किसानको मागलाई पनि सम्बोधन नगरिरहेको अवस्थाको कारणले पनि अलिकती किसानहरुलाई हेर्नेृ दृष्टिकोणमा परिर्वतन आएको होईन होला । तर पछिल्लो समयमा विभिन्न राजनीतिक दल र सरकारी निकायबाट पनि सम्बोधन हुन थालेका छौ । हेरौ आगामी दिनमा केही परिर्वतन आउला नी ।


कृषिको व्यवसायीकरणको लागि के गर्नुपर्छ यहाँको सल्लाह के छ ? 
–कृषि क्षेत्रलाई अधितम प्रयोगमा ल्याउनको लागि खेती योग्य जमिनको पहिचान गर्ने, त्यसलाई प्लटिङ्ग गरी घर जग्गा बनाउन नपाउने गरि नियम बनाउने र उर्वर भुमिको रुपमा राज्यले अत्यान्त महोत्वका साथ गहिराईमा गएर कृषि क्षेत्रको महत्वु बुझ्नु आवश्यक छ । आम किसानहरुको सरकार प्रति अपेक्षा के छ भन्दा खेरी राज्यले हेर्ने दृष्टिकोणमा परिर्वतन ल्याई कुन सहि किसान हो, कुन गलत किसान हो भन्ने विषयमा ख्याल गरोस् र किसानले गरेको लागानी सुरक्षित गर्नको लागि उदासिन बन्नु भएन । छिमिकी देश भारतमा किसानालई सरकारले उपकारण खरिद, विउ, मल मा अनुदान दिने गरेको छ । जसको नियगमन हुने गरेको छ । यस्तो परिपाटी नेपालमा पनि हुन जरुरी छ ।


सरकारी निकायबाट सहयोग कस्तो छ ? 
–जिल्ला कृषि विकास कार्यालयबाट हामीलाई प्राविधिक रुपमा सहयोग पाएका छौ । माछा पालन र व्यवसायी मौरी पालनमा हामीले अनुदना पनि पाएका छौ । जिल्ला कृषि विकास कार्यालयबाट सहयोग हामीहरुलाई अहिले सम्म सन्तोष जनक रुपमा सहयोग पाएका छौ। रुपन्देहीमा मात्र होईन आम नेपालमा कृषि मन्त्रालय र कृषि विकास कार्यालयले एउटा किसानको अभिभावको रुपामा आफुलाई उभ्याउन सफल भयो भने पक्कै पनि राम्रो हुन्छ। सरकारले निश्चित योजना बनाएर अझै पनि ६० प्रतिशत बाँजो भुमिमा खेती गर्न सक्ने गरी योजना अगाडी बढायौ भने पक्कै पनि राम्रो हुन्छ । 


अन्त्यमा,
किसान मात्र नभएर आम बेरोजगार नेपालीहरुलाई नेपालमै सुन फल्छ भन्न चाहान्छु । विदेशमा गएर १८ घण्टा मिहिनेत गरेर भषा नजानेको देशमा का गरेर पसिना बगाउनु व्र्यथ हो । यहा नेपालमा एक जना किसानले १२ घण्टा मात्र मिहिनेत ग¥यो भनो । आफ्नो जग्गामा मिहिनेत गरेर व्यवसायीक तरकारी खेती मात्र गर्न सक्यो भने पनि अरव र खाडीमा कमाउन सकिने आम्दानी यहि कमाउन सक्छ । कसैले जमिन भाडामा लिएर वृहत रुपमा कुखुरा, बाख्रा पालन, माछा पालन लगायतका काम करिव १ विघा लगायतको क्षेत्रफलमा गर्दछ भने उसले कोरिया जापानको आम्दानी यहि देशमा गर्न सक्छ ।