White Clover घाँसको बिउ

Rs. 2,750 Rs. 2800
You Save : Rs. 50

Dimension : N/A
Weight : Kg
Quanity :
Share :

Product Brief Description

Tags : #bakhrapalan #gaipalan #bhaisipalan #ghaskheti #ghaskobiu

यो घाँस उच्चपहाडी क्षेत्र तथा लेकाली चरन विकासका लागि उपयुक्त मानिन्छ । यो घाँस एक पटक लगाएपछि १०–१५ वर्षसम्म रहिरहन्छ । यो घाँस नरम, स्वादिलो र पोषिलो हुने भएकोले पशुहरुले साह्रै राम्रोसंग रुचाएर खान्छन् । दुधालु पशु र मासु तथा उन उत्पादनको लागि राम्रो आहारा हो । यसलाई चरनमा चराएर, हे तथा साइलेज बनाएर पनि प्रयोग गर्न सकिन्छ । यस घाँसलाई पशु आहारा, भूःसंरक्षणको साथै बगैचामा सौन्दर्यताको लागि पनि लगाइन्छ । यो कोशे घाँस भएकाले जरामा गिर्खाहरु हुन्छ र जरामा रहेको व्याक्टेटियाहरुले वायुमण्डलमा रहेको नाइट्रोजन स्थितिकरण गर्दछन् र जमिन मलिलो बनाउछन् । यस घाँसले जमिनमा १२८ के.जी प्रतिहेक्टर नाइट्रोजन संचित गर्दछ ।

घाँस छर्ने तरिका: सेतो क्लोभर घाँसको बीउलाई लाईनमा वा प्याच मेथडबाट छर्न सकिन्छ । लाईनमा बीउ छर्दा ५० से.मी.को फरकमा लाईन बनाई बीउ छर्नु पर्दछ । बीउ मसिनु भएको हुँदा जग्गा राम्रोसँग माटो बुरबुराउदो हुने गरी तयार पार्नु पर्दछ । मिश्रित घाँस खेती गर्दा बीउको मात्रा आधा घटाउन सकिन्छ ।

हरियो घाँस उत्पादन:
मध्यपहाडी क्षेत्रमा घाँस छरेको ४–५ महिनापछि काट्नका लागि घाँस तयार हुने र त्यसपछि ३०–४० दिनको फरकमा घाँस काट्न वा चराउन सकिन्छ । तर उच्चपहाडी भेग तथा हिमाली क्षेत्रमा एक वर्षपछि मात्र घाँसको उपयोग गर्न सकिन्छ । घाँस काट्दा २–५ से.मि माथि बाट काट्नु पर्दछ । जसले गर्दा पछि घाँस पलाउन सजिलो पर्दछ । सेतो ल्कोभरबाट प्रति हेक्टर ४०–५० मेटन हरियो घाँस उत्पादन लिन सकिन्छ । तर हिमाली क्षेत्रमा भने घाँसको उत्पादन केहि कम हुन्छ ।

You May Also Like

Desmodium घाँसको बिउ

Rs. 1,580 Rs. 1600
You Save : Rs. 20
View

Stylo घाँसको बिउ

Rs. 2,450 Rs. 2500
You Save : Rs. 50
View

Indu घाँसको बिउ

Rs. 1,520 Rs. 1600
You Save : Rs. 80
View

Buy your product in a simple way

LOGIN TO YOUR ACCOUNT

SELECT YOUR ITEM

MAKE ORDER