Comfrey Set (कम्फ्रे घाँसको बिरुवा)

Rs. 22 Rs. 25
You Save : Rs. 3

Dimension : N/A
Weight : N/A
Quanity :
Share :

Product Brief Description

Tags : #comfrey #comfreykobiruwa

एक किलो कम्फ्रे घाँसमा जम्मा २२५ ग्राम सुख पदार्थ हुन्छ जसमध्ये ५७ ग्राम प्रोटिन हुन्छ । यो प्रोटिनको मात्रा अन्य यस्तै खालका घाँस वा डाले घाँसमा पाइने प्रोटिनको मात्रा भन्दा धेरै हो । त्यस्तै यस घासमा प्रति सय ग्राम सुख्खा पदार्थको ३ ग्राम क्याल्सियम भन्ने खनिज पदार्थ पनि पाइन्छ । यो खनिज पदार्थ कुखुराको वृद्धिको लागि अत्यन्त आवश्यक खनिज पदार्थ हो । यो घाँसलाई नियमित रुपमा दिन सकेमा कुखुरालाई प्रोटिन क्याल्सियमको अन्य श्रोतको व्यवस्था गरीरहन पर्दैन ।

कम्फ्रे उत्पादन प्रविधि
*********
कम्फ्रे सामान्यतया चिस्थानको मात्रा बढी भएको ठाउँमा लगाईने वनस्पति हो । सुख्खा मौसममा यसले हरियो घाँस उत्पादन दिन नसक्ने भएपनि वनस्पति भने जिवितै रहन्छ । वर्षातसगै जमीनमा पानीको मात्रा बढेपछि यसले पुनः पलाएर हरियो घाँसको उत्पादन शुरु गर्दछ । विकल्पका रुपमा यसलाई नियमित सिचाई गरेर पनि नियमित रुपमा पौष्टिक घाँसको उत्पादन लिन सकिन्छ । त्यसैले कम्फ्रेलाई सामान्यतया वर्षायाममा सार्ने गरीन्छ । यसलाई वर्षायाममा पिडालुजस्तै गानाको माध्यमबाट सार्न सकिन्छ ।

यसको सफलतापूर्वक सार्ने मौंसम भने बर्षयाम नैं हो ।

बिरुवाको लागि: 9851349673

Buy your product in a simple way

LOGIN TO YOUR ACCOUNT

SELECT YOUR ITEM

MAKE ORDER