बोइलर कुखुराको मासुको मूल्यमा गिरावट आएको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले (आइतबार) देखि लागु हुने गरी १० रुपैयाँले घटाइएको जनाएको छ । १० रुपैयाँ घटाइएसँगै बोइलर कुखुराको भाउ ३ सय पुगेको छ ।

केहि समय अघि हालसम्मकै उच्च बिन्दुमा पुगेको बोइलर कुखुराको मूल्यमा गिरावट आएको हो । यसअघि एक हप्ता नपुग्दै दुई पटक बढेर ३ सय १० पुगेको थियो ।


कुखुराको मूल्यमा उच्च वृद्धि भएको गुनासो बढेपछि वैशाख ५ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मासु होलसेल पसलमा अनुगमन गरेको थियो ।