Filter By Price

Nepal Krishi Bikash Farm (Products : 11)

Information

परिचय
नेपालमा आधुनिक तथा व्यवसायिक खेती र यससँग सम्बन्धित मुल्य शृङ्खलालाई अङ्गालेर उत्पादन र उत्पादकत्व वृद्धिमा सहयोग गर्न वि.सं.२०७० सालमा नेपाल कृषि विकास फार्मको स्थापना भएको हो । २०७० सालमा करिब ५००० वटा मात्र विलियम हाइब्रिड केराको बिरुवा उत्पादन गरी व्यवसाय सुरु गरेको नेपाल कृषि विकास फार्मले आ.व.२०७३÷२०७४ मा ३५०००० (तीन लाख) बिरुवा उत्पादन गर्न सफल भयो भने आ.व.२०७४÷२०७५ मा करिब १०००००० (दश लाख) बिरुवा बिक्रि गर्ने योजनामा रहेको छ ।  कृषिमा उत्पादन र उत्पादकत्वमा वृद्धि गर्नका लागि मूल बिउ र बिरुवाको मत्वपुर्ण योगदान हुन्छ । स्वस्थ, गुणस्तर र नयाँ प्रजातिका बिरुवा र बिउको प्रयोगले उत्पादनमा वृद्धि, एकरुपता, गुणस्तर, आकर्षक तथा बजार सुनिश्चित हुनगई कृषकको आयस्तर बढ्ने भएकाले नेपाल कृषि विकास फार्मले टिस्युकल्चर प्रविधिबाट उत्पादित बिरुवा र बिउ प्रयोग गर्न प्रोत्साहन गर्न आधुनिक र व्यवस्थित नर्सरी व्यवसायलाई विस्तार गरेको हो । हामी आफुसँग भएको ज्ञान, जानकारी, नयाँ प्रविधि परामर्श र तरिकाको बारेमा नेपालभरी हाम्रा सबै किसान र साना नर्सरी व्यवसायिहरुलाई जहिले पनि सजिलो गरी सेयर गर्ने प्रयास गर्दछौँ ।



 टिस्युकल्चर प्रविधि
तन्तु प्रजनन प्रविधिलाई टिस्युकल्चर प्रविधि भनिन्छ । सबैभन्दा पहिला जुन बिरुवा वा बिउ तयार गरिने हो, त्यसको स्वस्थता, गुणस्तरता र जातको जाँचगरी प्रसिद्ध कम्पनि वा कृषि फार्मबाट स्रोत ल्याइन्छ । त्यसलाई अति वायो सेक्युरिटीको साथमा टिस्युकल्चर ल्याबमा उच्च प्रविधि र केमिकलको साहायताले टिस्यु निकाल्ने, विशेषज्ञद्धारा नियमित जाचँ गर्ने, उपचार गर्ने, कटिंग गर्ने गरी प्रोसेसमा राखिन्छ । टिस्यु अति सुक्ष्म हुन्छ, यसलाई ल्याब टेक्निसियन र विशेषज्ञले मात्र रेखदेख गर्छन । एउटै मूल बिउ (mयतजभच उबिलत) बाटपनि थुप्रै बिरुवा र बिउ उत्पादन गर्न सकिन्छ । एकै बिरुवाबाट करिब पाँचौ वा छैठौँ पटक कटिंग गरिसकेपछि यसलाई उचित वृद्धि र विकासको लागि ल्याबको अन्तिम सेसनमा राखिन्छ र आवश्यक प्रकाशको सहायताले बोत्तलमा बिरुवा पुर्ण विकास भएमा त्यसलाई नेपाल कृषि विकास फार्मले खरिद गर्दछ । यस फार्मले अति आधुनिक प्रविधि र कोकोपिटको प्रयोगले टिस्युमा जरा, पात निकाल्ने र हुर्काउने गर्दछ । उच्च वायोसेक्युरिटी अपनाएको हुनाले यस्ता बिरुवामा कुनैपनि रोग वा भाइरस लागेको हुँदैन । बिरुवा एउटै उमेरको हुने भएकाले एकनासले फल्दछ, पहिलो चरणको हुने भएकाले बढी फल्दछ, गुणस्तरीय उत्पादन हुने भएकाले बजारमा उच्च मुल्यमा बिक्रि हुन्छ । 

Buy your product in a simple way

LOGIN TO YOUR ACCOUNT

SELECT YOUR ITEM

MAKE ORDER