एनआईसी एशिया बैंकले मुलुकको आर्थिक मेरुदण्डको रुपमा परिचित कृषि तथा पर्यटन क्षेत्रमा लगानी बढाउने भएको छ । यस क्षेत्रलाई सबल बनाउने उद्देश्यले जेष्ठदेखि ‘कृषि ब्यवसाय कर्जा’ र ‘पर्यटन ब्यवसाय कर्जा’ योजना सार्वजनिक गरेको छ ।

कृषि तथा पर्यटन क्षेत्रमा स्व–व्यवसायलाई थप प्रबद्र्धन तथा भएको व्यवसायलाई विस्तार गर्ने योजना बनाईरहेका व्यवसायीहरुलाई साथ दिने उद्देश्यले बैंकले यो योजना ल्याएको बैंकले जनाएको छ ।

व्यवसायीक कृषि क्षेत्रमा निर्धारण गरिएको मापदण्ड पुरा गरेका कृषि उद्यमीलाई नेपाल सरकारको नीति बमोजिम ५% ब्याज अनुदानको लागि आवश्यक ब्यवस्था मिलाउनुका साथै शुन्य प्रशासनिक शुल्कमा कर्जा प्रवाह गरिने यस योजनाबाट कृषि उद्यमीलाई आफ्नो ब्यवसाय विस्तारमा लाभ पुगि मुलुकको कृषि क्षेत्रको विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

उपरोक्त व्यवसायीक कृषि क्षेत्रमा निर्धारण गरिएको मापदण्ड भित्र नपर्ने कृषि तथा पर्यटन ब्यवसायीहरुलाई समेत यस बैंकले सुलभ ब्याजदरमा कर्जाको ब्यवस्था गरेको र सोबाट सम्पुर्ण कृषि तथा पर्यटन व्यवसायी लाभान्वित हुने विश्वास बैंकले  लिएको छ !

कसरी लिन सकिन्छ सस्तो ब्याजदरमा कृषि कर्जा?? के छ प्रक्रिया ?? 

कृषि क्षेत्रमा काम गरेर कर्जा लिन चाहने कृषक तथा उद्यमीहरुले सर्वप्रथम आफ्नो व्यवसायको योजना तयार गर्नु पर्दछ । त्यस योजनामा आफुले कति लगानी गर्ने हो र कर्जा कसरी तिर्ने हो त्यो विषयमा स्पष्ट हुनु पर्दछ । व्यवसाय दर्ता गरेको प्रमाण पत्र, सञ्चालकहरुको नागरिकता, पान नम्बर, कर चुक्ता प्रमाण पत्र, अडिट रिपोर्ट, परियोजना अवधारणा पत्र, धितो राख्ने जग्गाको लालपुर्जा, चार किल्ला सहित नजिकको शाखामा गएर निवेदन दिनुपर्ने हुन्छ!! 

त्यसपछि सम्बन्धित कर्मचारीले प्रक्रिया अगाडी बढाउँछन र धितो मुल्याङ्कनको रिर्पोट लगायत व्यवसायको सम्भाव्यतालाई आधार मानेर कर्जा स्विकृत हुन्छ।