उखु किसान संघर्ष समिति सर्लाहीले आन्दोलन केही समयको लागि स्थगित गर्ने भएको छ । देशको विद्ययमान घटना परिस्थति तथा सुगर मिलहरू हाल निरन्तर रुपमा तिरिरहेको भुक्तानीका कारण स्थगित भएको उखु किसान संघर्ष समितिका अध्यक्ष हरि शंकर राय बताउँछन् ।

यद्यपि, आन्दोलन २१ दिनको लागि मात्र स्थगित भएको उनी बताउँछन् । २१ दिन पश्चात भुक्तानी पुर्ण नभएमा पुन ः आन्दोलनमा जाने निणर्य समितिको छ । यसका साथै, आन्दोलनरत किसानमध्य हरि शंकर राय सहित अन्य चार किसान पुर्ण भुक्तानी नभएसम्म काठमाडौँमै रही सरकारलाई सचेत गराइरहने पनि रायले जानकारी दिए ।