बिष खाने कि मेहेनत गर्ने ? जनचेतनाको लागि सक्दो सेयर गरौं।

सरकारले बिषादी नियन्त्रण गर्न सकेन | इच्छाशक्ति र लगन भए हामीले आफ्नो भान्सामा बिषादी नियन्त्रण गर्न सक्छौं | हामी अल्छी नहुने हो भने उपाय धेरै छन् | घरमा फूलको होइन तरकारी र फलफुलको बगैचा बनाउनु उत्तम हुन्छ | फूल दोस्रो प्राथमिकता हो |

१. आफ्नो करेसा, कौसी, छत तथा नजिकको खाली जग्गामा तरकारी लगाऔं |

२. लहरे तरकारी ( हिउँदे सिमी, स्कुस, लौका, करेला, घिरौंला, चिचिण्डा, झुसे करेला आदि ) थोरै ठाउँमा रोप्न सकिन्छ | लहरालाई डोरीको सहायताले अनुकुल ठाउँसम्म लैजान सकिन्छ |


३. तरकारी/ अचारमा प्रयोग हुने धनियाँ, खुर्सानी, पुदिना आदिलाई गमलामा उमार्न सकिन्छ |


४. करेसादेखि छतसम्म बिभिन्न प्रजातिका साग बाह्रै महिना लगाउन सकिन्छ |


६. गोलभेंडा, लसुन, प्याज, गाजर, मुला आदिलाई गहिरो माटो आबश्यक पर्दैन |


७. च्याउ बाह्रै महिना सानो कोठाभित्र उत्पादन गर्न सकिन्छ |


८. सिजनल तरकारी जस्तै : काउली, बन्दा, ब्रोकाउली लगायत सानो ठाउँमा उत्पादन हुन्छन |


९. आलु , तेल, चामल, गहुँ, दाल जस्ता खाध्य पदार्थ किसानको घरमै पुगेर किन्न सकिन्छ |


१०. मासु तथा अण्डा नजिकको पोल्ट्री फार्म, पोखरी, खसी पालन गर्ने ठाउँमा पुगेर किन्न सकिन्छ |


११. केहि महँगो भएपनि अर्गानिक तरकारी किनौं | अर्गानिक तरकारीको माग बढेमा यसमा धेरै कृषक आकर्षित हुनेछन | उत्पादन बढ्नेछ अनि मूल्य पनि घट्नेछ |


१२. सिधै किसानसंग किन्ने बानी बसाले बिचौलियाको जालो हट्नेछ |


१३. मौसमी फलफुल खाने बानी गरेमा हाम्रै उत्पादन खपत हुनेछ |


१४. गुन्द्रुक, मस्यौरा, सुकाएको साग, मुलाका चाना, तामाका चाना, लप्सीको अचार आदि भारतबाट आउदैन | बर्षभर पुग्नेगरी घरमै बनाउन सकिन्छ |


१५ . स्थानीय निकाय तथा प्रदेश सरकारले तरकारी / फलफुलमा आत्मनिर्भर हुने खालका कार्यक्रम ल्याउनु पर्छ | किसानलाई बिउ, मल, बजार तथा बिमाको ब्यबस्था गर्नुपर्छ |


१६ . देश बाहिर रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरुलाई सरकारले आकर्षक प्याकेज दिएर खाली जग्गामा तरकारी, फलफुल, पशुपंक्षी पालन आदिको लागि गाउँ फर्काउनु पर्छ | 
रेस्टुरेन्टमा हजारौं खर्च गर्नेले अर्गानिक तरकारी तथा फलफुलमा थोरै बढी तिर्न कन्जुस्याई नगरौं !

यस्ता बिबिध पक्ष छन् जसलाई हरेक व्यक्ति, परिवार, समाज, स्थानीय निकाय, प्रदेश तथा केन्द्रिय सरकारले आआफ्नो ठाउँबाट प्रतिबद्ध हुनु जरुरि छ |

जनचेतनाको लागी जारी सन्देश राजेन्द्र राज अधिकारी