नेपालगन्जमा सञ्चालित फ्रेस हाइजेनिक फुड (मासु प्रशाेधन केन्द्र)ले नेपालमा तेस्राे पटक युराेपियन देश स्विजरल्याण्डका विज्ञबाट अन्तराष्ट्रिय स्तरकाे मासुजन्य तालिम सञ्चालन गर्न लागेकाे छ । पहिलो तालिम पौष २४ देखि २६ गते सम्म हुदै छ भने दोस्रो तालिम २७ देखि २९ गते सम्म हुदै छ!

सःशुल्क अायाेजना गर्न लागिएकाे याे तालिममा नेपालमा मासुकाे क्षेत्रमा काम गरिरहेका तथा मासुकाे क्षेत्रमा काम गर्न चाहने व्यक्तिहरू संलग्न रहन सक्नेछन् ।

तालिम कार्यक्रममा सहकार्यकाे निम्ति कृषि विकास मन्त्रालय, विभाग, विभिन्न संस्थाहरूलार्इ सहकार्यकाे निम्ति पत्राचार गरिसकेकाे फ्रेस हाइजेनिक फुड (मासु प्रशाेधन केन्द्रका सञ्चालक दीपेन्द्र कुमार जाेशीले जानकारी गराउनुभयाे ।

नेपालमा यस पटककाे तालिम कार्यक्रममा विभिन्न तवरबाट लाइभस्टककाे क्षेत्रमा काम गर्ने व्यक्तिहरू, उद्याेग, निजी व्यवसाय, उद्याेग विभाग, खाद्य तथा गुणस्तर प्रविधि विभाग लगायतलार्इ सहयाेगकाे निम्ति पत्र पठाइएकाे छ ।

पहिलाे पटक नाम दर्ता गराउने व्यक्तिलार्इ विशेष प्राथमिकता दिइने र प्रति व्यक्ति तालिमकाे निम्ति ७ हजार शुल्क निर्धारण गर्न लागेकाे समेत उहाँले बताउनुभयाे ।

मासु, मासुकाे व्यावसायिकरण तथा मासु नीति सँग सम्बन्धित रहेर अायाेजना गर्न लागेकाे यस तालिममा २ सेसन गरी ३० जना व्यक्तिहरू सहभागि हुने अनुमान गरिएकाे छ । तालिममा मासु कटिङ, प्याकेजिङ, प्राेसेसिङ, भण्डारण लगायतका विषयहरू संलग्न गरिँदैछ ।

सम्पर्क: 9849016786