विदेशको ख्यातिप्राप्त विश्वविद्यालयबाट उच्च शिक्षा अध्ययन गरेका नेपाली फर्केर बाख्रा पालन गरिरहेका छन् भन्दा जो कोहीलाई आश्चर्य लाग्नसक्छ । तर, बेलायतको लन्डनस्थित वेस्टलण्डन यूनिभर्सिटीबाट बिजनेस म्यानेजमेन्टमा पोस्ट ग्र्याजुयट गरेकी रुपन्देही सैनामैनाकी उमेरले ३७ टेकेकी ज्ञानकुमारी पुन पौस महिनामा नि सबेरै उठनुहुन्छ अनि आफ्नो बाख्रा फार्ममा पुग्नुहुन्छ । बाख्रा अनि गाइबस्तुको घासपात, गाईगोठको सरसफाई गर्नुहुन्छ यसरि सुरुबात हुन्छ उहाको दिनचर्या । विद्यार्थी जिबनमा पाटन क्याम्पसको स्वबियु सदस्य बनिसकेकी पुन आफ्नै लगानीमा १८ घण्टासम्म काममा घोटिने, घाँस काट्ने र बाख्रा स्याहार्ने गर्छिन ।‘ राजनीति , लेखन र पत्रकारिता पेसाभन्दा कृषिमा घाँस काट्न र बाख्रा स्याहार्नमा आनन्द मिलेको पुनले बताउनुहुन्छ ।


बाग्लुङ स्थायी बसोबास भएकी पुनले रुपन्देही जिल्ला सैनामैना नगरपालिका ४ मा आजभन्दा करीब ३ बर्षअघी १० बिघा जग्गा भाडामा लिएर ५० लाख ऋण बाट सुरु गरेको बाख्रपालनको लागत अहिले करीब डेड करोड पुगेको छ । बाख्रापालन ( सैनामैना सामुदायिक बाख्रापालन तथा नस्ल सुधार केन्द्र) को साथसाथै उहाले घासखेती र गाईपालन (रुपन्देही डालेघास तथा नर्सरीमा घासखेती , सैनामैना गाई फार्म ) लाई पनि संगसँगै अगाडी बढाउनु भएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट एम. ए. गर्नुभएकी पुनले लन्डनस्थित क्याम्ब्रिज यूनिभर्सिटीबाट बिजनेस म्यानेजमेन्टमा पोस्ट ग्र्याजुयट गर्नुभएको छ । गरे के हुन्न भन्ने सोचाइ भएकी उहा खेर गैरहेको जमीन र सम्भाबनाको उपयोग गर्न कृषकहरुलाईइ अनुरोध पनि गर्नुहुन्छ ।

“पढेको मान्छेले बाख्रापालन गर्न हुँदैन , त्यसमा पनि महिलाले ” यो पुरातनबादी सोचलाई पन्छाएर महिलाले पनि ब्याबसायिक कृषिमा लाग्दा सिप र स्वरोजगार बढ्ने ठम्याई छ । पढेको मान्छेबाटनै कृषि क्रान्ती सम्भब रहेको बताताउने उहा ब्यबसायको सुरुबातमा आफुलाई आर्थिक समस्या परेतापनी पती प्रेमसागर पौडेलको साथ सहयोग अनि हौसलाले गर्दा आफु थप सफल भएको बताउनुहुन्छ । ब्यबसायको सुरुबातमानै फाईदा भएन भनेर ब्यबसाय छाड्ने कृषकहरुलाई उहाले केहि समय धैर्य र संयम बनेर आफ्नो तन र मन लगाउनेहो भने एकदिन अबस्य सफल बनिने बिस्वास दिलाउनुहुन्छ ।


उहाको फार्ममा अहिले स्थानीय , अस्टेलियन एबम अफ़्रीकी जात गरी १३ जातका कारीब ३०० बाख्रा छ्न जसमा बोयर , बारबेरी अनि ब बिट्टल मुख्य जात हुन । त्यस्तै ११ वटा गाई पनि पाल्नुभएकी उहाले आफ्नै घासको नर्सरीमा करीब २७ जातका डाले घासका बिरुबा उत्पादन गरी ७३ जिल्लामा बिक्री गर्नुहुन्छ । बर्षको ४ सय पाठापाठी बिक्री गर्दै आउनुभएकी पुनले अबको एकबर्षमा घास र बाख्राबाट कारीब २५ लाख आम्दानी गर्ने लक्ष्य राख्नुभएको छ ।ब्याबसायको दौरानमा पुनलाई उहाका पती प्रेमसागर पौडेलबाट धेरै सहयोग पाएको कुरा उहाले बताउनुहुन्छ । अहिले उहाको फार्ममा ५ जना कामगर्ने कामदारहरु पनि छन र उनिहरुको तलब प्रतिमहिना १०-१५ हजार रहेको छ।


सबै युबा स्वरोजगार बन्नुपर्छ भन्ने धारणा राख्ने उहा पुराना कृषि तरिकालाई समयसापेक्षरुपमा पारिमार्जित गर्दै यांत्रिकरणमा जोड दिदा कम लागतमापनी बढी फाइदा लिन सकिने बताउनुहुन्छ । आफु अहिले लेखनकार्य , पत्रकारिता अनि राजनैतिक जिबनबाट भन्दा कृशि ब्याबसाय त्यसमा पनि बाख्रपालनबाट प्रसस्त आम्दानी तथा पहिचान बनाएको कुरा खुशी हुँदै बताउनुहुन्छ । उहाले अबको बिकास आर्थिक क्रान्ती बाटै सम्भब भएकाले कृषि ब्यबसायमा नहिचकिचाइ होमिन सबै युबा हरुलाई आग्रह गर्नुहुन्छ ।

सम्पर्क: ९८०७५९२०४७