रोग तथा किरा सम्बन्धि जानकारी

अन्नबालि तथा खेतबारीमा मुसा व्यवस्थापन गर्ने उपायहरु।।
20 Jun / 2016

अन्नबालि तथा खेतबारीमा मुसा व्यवस्थापन गर्ने उपायहरु।।

Write By: admin Published In: रोग तथा किरा सम्बन्धि जानकारी Hits: 10876

मुसा मानिसको ठूलो शत्रु हो । यसले टोकेर, कोतरेर, फोहर गरेर, रोग फैलाएर, खाद्यवस्तुमा मिसावट गरेर वा खाएर मानिसलाई दुःख दिइरहेको हुन्छ । विषेशतः भण्डारणमा राखिएको अन्न खाइदिएर मुसाले किसानलाई हैरान गरेको हुन्छ । यसले वार्षिक १५ देखि २० प्रतिशत भण्डारणमा राखिएको अन्न क्षति गरिरहेको हुन्छ । मुसाबाट बच्न सकभर मुसा लाग्न दिन हुँदैन । यसको लागि विषेश सरसफाईमा ध्यान पु¥याउनु पर्दछ । मुसालाई मनपर्ने वातावरण श्रृजना गर्नु हुँदैन । खानेकुराहरू मुसाले भेट्ने ठाउँमा जथाभावी राख्नु हुँदैन ।

मुसालाई हामी पूरै नियन्त्रण गर्न सक्दैनौँ तर यसलाई क्षति पु¥याउन नसक्ने भने बनाउन सकिन्छ । मुसा व्यवस्थापनको लागि कुनै एउटा विधि मात्र प्रभावकारी नहुन सक्छ । त्यसैले मुसा व्यवस्थापन गर्न एकै पटक धेरै विधि अपनाउन सकिन्छ । घर, गोदाम भित्र बाहिर र वरपर सफा राख्नु पर्दछ र रछ्यान, फोहर फाल्ने ठाउँका फोहोरहरू समय–समयमा जम्मा गरी जलाउनु पर्दछ । गोदाम वरपर झारपात–रुख राख्न हुँदैन र घर–गोदाम रोडेन्ट प्रुफिङ्ग गर्नुपर्दछ । मुसालाई मनपर्ने खाना खोरमा झुण्डाई मुसा हिड्ने बाटोमा राखिदिनु पर्दछ । एक पटक मुसा परेपछि खोर सफा गरी फेरि राखिदिनु पर्दछ । विषादी प्रयोग गरेर पनि मुसाको व्यवस्थापन गर्न सकिन्छ, तर यो पुरा समाधान होइन । अन्य विधिको दाँजोमा यसबारे राम्रो ज्ञान भएमा यो सस्तो, सजिलो र प्रभावकारी पर्न आउँछ । जीङ्क फोस्फाइड, वारफेरिन, रोटाफिन जस्ता बिषादी प्रयोग गरी मुसा व्यवस्थापन गर्न सकिन्छ । मालाथायन स्पे्र गरेको ठाउँ मुसालाई मन नपर्ने हुँदा भण्डारमा पुरै फ्युमिगेसन गर्नाले कीराको साथ–साथै मुसा पनि नियन्त्रण हुन्छ ।


विषादी कसरी प्रयोग गर्ने त ? 
विषादी प्रयोग गरी मुसा मार्नको लागि मुसालाई विषादी युक्त चारा खुवाउनु पर्दछ । सर्वप्रथम त मुसा हिड्ने बाटो पत्ता लगाउन जरुरी हुन्छ । ३ रात सम्म मुसा हिड्ने बाटो वरिपरि विषादी नमिसाई चारा राखिदिने । चौथो रातमा बल्ल विषादी मिसाई चारा राख्ने । चारा बनाउँदा १ भाग विषादीमा ५० भाग पिठो वा भात वा चामल मिसाएर फेरि ५ भाग चिनी वा सख्खर र अलिकति तेल वा घिउ मिसाउने । त्यसपछि २० देखि २५ ग्रामको डल्लो बनाई मुसा हिँड्ने बाटोमा राखिदिनु पर्दछ । अनि पाँचौ दिनमा मरेको मुसा र बाँकी रहेको विषादी युक्त चारा बटुलेर खाल्टो खनी पुरीदिनु पर्दछ । विषादी युक्त चारा खाएर मरेको मुसा अन्य जीवले खाएमा सो जीवमा पनि विषादीले असर गर्नसक्छ ।

एन्टिकोगुलेन्टको प्रयोग गरेर पनि मुसा व्यवस्थापन गर्न सकिन्छ । एन्टिकोगुलेन्ट पानी वा खानामा मिसाएर गर्न सकिन्छ । यसको प्रयोग कम्तीमा एक हप्तासम्म गरिरहनु पर्दछ । १ भाग विषादीमा १९ भाग पिठो वा खाना मिसाई मुसा हिँड्ने ठाउँमा राखिदिने । हरेक दिन विषादी राखेको ठाउँमा हेरी आवश्यकता अनुसार थप्दै जानु पर्दछ । ४–५ दिन दिनहुँ विषादी खाएको अनुपातमा मरेको मुसा खोजेर गाड्नु पर्दछ ।


मुसा मार्ने पासो
विषादी बाहेक अहिले मुसा व्यवस्थापनको लागि भनेर बजारमा विभिन्न किसिमको पासो पाइन थालेको छ । साधरण मुसा मार्ने पासो धेरै प्रचलनमा आएको छ । यस पासोमा मुसालाई लोभ्याउनको लागि भनेर खाना राख्ने एउटा ठाउँ बनाइएको हुन्छ । त्यसमा अड्केको खाना मुसाले खान खोज्नासाथ त्यो पासो आफै बन्द हुन्छ । त्यस्तै चिपचिपे पासोको प्रयोगले पनि मुसालाई समात्न सकिन्छ । मुसा हिँड्ने बाटोमा चिपचिपे पदार्थ राखिदिने र मुसा त्यो बाटो फेरि हिँड्न खोज्दा आफै पासोमा परी त्यही टाँसिन्छ । यसरी समातिएको मुसालाई कहीँ टाढा नदिमा लगेर फाल्न अथवा मारेर फाल्न सकिन्छ । अहिले केही शहरहरूमा मुसा नियन्त्रणको लागि भनेर ईलेक्ट्रोनिक पासो र अल्ट्रासोनिक पासो पाइन थालेको छ ।  


खेतबारीको मुसा कसरी नियन्त्रण गर्ने???
मुसाले भण्डारमा मात्र नभई खेतबारीमा समेत आक्रमण गरी किसानहरूलाई दुःख दिएकोछ । खेतबारीमा प्वाल पारी जरा खाइदिएर बिरुवाको विकास अवरुद्घ गरेको छ । छरेको बीउ नै खाइदिनाले किसानहरूलाई धेरै घाटा लागेको छ । त्यसैले खेतबारीको मुसा पनि नियन्त्रण गर्न जरुरी छ । सर्वप्रथम खेतमा गई मुसाको प्वालहरू खाजेर कागज वा हिलोले टाँसी दिने र भोलिपल्ट गएर हेर्ने । जुन प्वाल खोलिएको छ त्यसमाथि तयार गरिएको विषादी युक्त चारा राख्ने । प्रत्येक प्वालमा ५ देखि १० ग्राम जति चारा राख्ने र भोलिपल्ट मरेको मुसा र बाँकी रहेको विषादी युक्त चारा बटुलेर खाल्टो खनी पुरीदिने । यदि खेतबारी घरभन्दा टाढा छ भने मुसा नियन्त्रण गर्न एल्मुनियम फस्फाइड (सेल्फस, फोस्फ्युम, क्वीकफस आदि) पनि प्रयोग गर्न सकिन्छ । जुन प्वाल हिलोले टालेपछि पनि खोलेको छ, त्यसमा आधा वा एक चक्कीसम्म धुवाँउने चक्की राखी प्वाल टालिदिने । यसरी प्वाल टाले पछि विषालु ग्यास भित्र–भित्रै गएर मुसालाई मार्छ ।

 

26 Jun / 2016

किन लाग्छ फलफूलमा कीरा??

Write By: admin Published In: रोग तथा किरा सम्बन्धि जानकारी Hits: 6785

उत्तम काप्री काठमाडौं, नेपालको  भौगोलिक विविधता र हावा पानीमा प्रायः सबैजसो फलफूलको खेती गर्न सकिने अवस्था रहेको फलफूल विज्ञहरु बताउँछन्।वातावरणअनुकुल हुँदाहुँदै पनि कुल खपतको ८० प्रतिशत फलफूलहरु भने विदेशबाट नै आयात भइरहेको छ। भौगोलिक वनावट र हावापानी सुहाउँदो  भएकै कारण पछिल्लो समय  नेपालमा व्यवसायिक रुपमा फलफूल खेती अघि बढेको छ। पुरानै पद्धतिमा खेती हुनु, प्राविधिक रुपमा किसान दक्ष नहुनु, र विभिन्न किसिममा कीरा तथा रोगहरुको आक्रमणले मनग्य रुपमा फलफूल उत्पादन हुन सकेको छैन। 
 
फलफूल विज्ञ टेकराज गोतामेले आँप र अनारमा लाग्ने कीराको समस्या समाधान गर्न यस्तो सुझाव दिन्छन्। 
 
 

प्रायः सबै प्रकारका फलफूलमा कीराले आक्रमण गर्ने  गर्दछ। कीरालाई शत्रु र मित्र दुवै नजरबाट हामीले हेर्नुपर्दछ।  मित्र कीराले फलफूलको विकास क्रममा फाइदा पुर्याएको हुन्छ भने शत्रु कीरा हामीले गर्नेे खेती तथा फलफूलको लागि घातक हुन्छ। प्रायः सबै प्रकारका फलफूलमा फूल खेलेको अवस्थामा फूलमै वयस्क कीराले अण्डा पार्दछ। अण्डा पारेपछि त्यसको जीवनचक्र सुरु हुन्छ।  जीवनचक्र सुरु भएसँगै अण्डाबाट लार्भा, लार्भाबाट प्यूपा र प्यूपाबाट वयस्कमा रुपान्तरण हुने क्रममा नै फलफूलमा कीरा लाग्दछ। 
 
कीराको जीवन चक्र विकास क्रममा रहँदा सबैभन्दा बढी खन्चुवा लार्भा अवस्थामा हुन्छ। लार्भा अवस्थामा कीराले आक्रमण भएको फलफूल बढी मात्रामा विनाश हुने गर्छ।जसमा पनि सबै प्रकारका फलफूलमा लाग्ने एउटै प्रकृतीका कीरा भनेको ‘लाइ’ हो। जसको कारण फलपूmल खेती सखाप हुने गरेका छन्। यसका लागि किसानले फोस्किल र रोगर प्रति एमएल २ लिटर पानीमा राखेर छर्कन सक्छन्। 
 
लोकल जातका फलफूलमा भने कीरा तथा रोगको आक्रमण कम हुन्छ। पछिल्लो समय नेपालमा पनि व्यवसायिक रुपमा फलफूलको खेती गर्ने प्रचलन बढ्दो छ। आँप र अनारमा कीराले सबैभन्दा बढी आक्रमण गरेको पाइन्छ।आँपमा लाग्ने कीरालाई विशेषतः ‘म्याङ्गो स्टोन वीभिल’ भन्ने गरिन्छ। आँपमा लाग्ने कीरा फूल खेल्दैबाट सुरु हुन्छ। कीराले आँपको फूलमा अण्डा पार्ने र यहीँबाट लार्भा, प्यूपा हुँदै वयस्क हुँदा फलको विकास भइसक्छ। त्यसपछि कीरा फलमा प्वाल पारेर बाहिर आउने  गर्छ। 
 
त्यसैले आँपमा हामीले प्वाल देख्न सक्छौं। कतिपय अवस्थामा आँपमा प्वाल देखा नपरे पनि खाने बेलामा भित्र ‘स्याउँस्याउँ’ कीरा देख्न सक्छौँ। 
 
किसानले आँप फूल्न लाग्दा (फूल दानाको अवस्थामा) नै २ पटक विषादी प्रयोग गर्नु पर्ने हुन्छ। यसले कीराको समस्याबाट मुक्ति मिल्छ। जसको लागि अहिलेसम्मको अनुसन्धानमा राम्रो प्रभाव पारेको विषादी ‘कोराजेन’ हो।
 
 यसलाई ०.२ एमएल प्रतिलिटर पानीमा राखेर तिनपटक प्रयोग गर्न सकिन्छ। तर फूल खेलेको समयमा भने प्रयोग गर्नु हुँदैन। त्यसैले फूल खेल्ने अवस्थामा र फल केराउ दाना जत्रो भएपछि प्रयोग गर्नु पर्ने हुन्छ। त्यस्तै प्रति एक लिटर पानीमा ०.५ ग्राम ‘थियोमेथोक्सेन’ राखेर प्रयोग गर्दा पनि राम्रो प्रभाव परेको अनुसन्धानमा देखिएको छ। 
 
त्यस्तै अनारमा पनि कीराले बढी मात्रमा आक्रमण गरिरहेको हुन्छ। अनारमा पनि फूल खेल्ने समयदेखि नै विचार नपु¥याउने हो भने फल सबै सखाप  हुन्छ।  अनारमा  लाग्ने कीरा पुतली जातकै हुन्छ। अनारमा पनि फूलअवस्थामा नै वयस्क कीराले फुल पार्ने र यसैबाट कीराको जिवन चक्र सुरु हुन्छ। यसको लागि पनि किसानले फूल खेल्ने अवस्था (गुच्छा दाना)मा र पछि एक पटक विषादी प्रयोग गर्न सक्छन्। 
 
यसको लागि जैविक विधिहरु पनि रहेको छ। फलमा  कागजको झोला लगाउन पनि सकिन्छ। यो अर्गानिक खेती गर्नेले प्रयोग गर्ने सबै भन्दा उत्तम उपाय पनि हो।  अर्को उपाय भनेको फलसँग रहने पुष्पलद  हो। जो फलसँग कप जस्तो भएर रहेको हुन्छ। यसबाहेक ‘मलाफियन’ नामको विषादी प्रयोग गर्न सकिन्छ।
 
फूल खेल्ने सुरुको अवस्थामा (गुच्छा जत्रो दाना भएपछि) र पुन अर्को पटक  प्रतिलिटर पानीमा २ एमएल विषादी राखेर प्रयोग गर्न सकिन्छ। ‘एजेरियाक्सन’ नामको विषादी पनि २ एमएल  प्रतिलिटर पानीमा राखेर माथिकै पद्दतिअनुसार प्रयोग गर्न  सकिन्छ। साथै विश्वका केही देशमा प्रयोग भईरहेको एउटा उपाय भनेको   फलफूलमै जिवाणु  छर्ने हो। नेपालमा भने  यसको प्रयोग भएको छैन। यसको लागि ‘थाइकोग्रान्मा’  नामको जिवाणु फलमा छरेर कीराको समाधान गर्न सकिन्छ।
 
विषादीले फलफूलमा लाग्ने कीराको जिवन चक्र विकास हुने क्रममा लार्भालाई नै सखाप पार्छ जस्ले गर्दा यसको संकमण कम हुन्छ। आँप, अनारजस्तै प्रकृतिका फलफूलमा लाग्ने कीराको समाधानको लागि फूल खेल्ने समयमा नै ध्यान दिनुपर्ने हुन्छ। 
 
आफुनजिकै भएका फलफूल विज्ञहरुको सुझाव लिएर समयमै समस्याको समाधान गर्न सकेमा धेरै हदसम्म उत्पादनबाट किसानले लाभ लिन सक्छन्।  

11 Aug / 2016

धान बालीका मुख्य रोगहरूको लक्षण व्यवस्थापन विधि।।

Write By: admin Published In: रोग तथा किरा सम्बन्धि जानकारी Hits: 5416

१. व्लाष्ट रोग
पातमा स–साना सेता टीका बीचमा भएका लाम्चिला खैरा थोप्ला देखा पर्दछन् । बाला मुन्तिरको डाँठको वरिपरी वा आँख्लामा खैरो रङ्ग भएको दाग पनि देखिन्छन् ।

व्यवस्थापन विधि
>> रोग निरोधक जातहरू लगाउने ।
>> बेभिष्टिन वा डेरोसाल २–३ ग्राम प्रति किलोग्राम बीउका दरले बीउ उपचार गरी व्याड राख्ने ।
>> सिफारिस अनुसार नाइट्रोजन मल प्रयोग गर्ने ।
>> खेतमा पानी जमाई राख्ने ।
>>  ०.७५ ग्राम प्रति लिटर वा १.५ मि.लि. प्रति लिटर पानीमा , वा  २ ग्राम प्रति लिटर वा १ मि.लि. प्रति लिटर पानीमा मिसाई १५ दिनको फरकमा २–३ पटक छर्र्नेे ।


२. व्याक्टेरियल लिफ व्लाईट
पातको किनाराबाट लामो पहेंला वा खैरा रङ्गका धर्साहरू देखिन्छन्, पात टुप्पोबाट सुकेर मर्दछ ।

व्यवस्थापन विधि
>> रोग निरोधक जातहरू लगाउने
>> सिफारिस अनुसार रासायनिक मल हाल्ने ।
>> रोग लागेको खेतमा केही दिन पानी सुकाई दिने ।
>> एग्रिमाइसिन–१००, ०.२५ ग्राम प्रति लिटर पानीको झोलमा बीउलाई ३० मिनेटसम्म डुबाएर
बीउ उपचार गर्ने ।


३. खैरो थोप्ले रोग

पात वा धानका गेडामा स–साना गोलाकार वा लाम्चिला खैरो थोप्लाहरू देखिन्छन् ।

व्यवस्थापन विधि
>> बेभिष्टिन वा डेरोसाल २–३ ग्राम प्रति किलोग्राम बीउका दरले बीउ उपचार गरी ब्याड राख्ने ।
>> सिंचाई भएको ठाउँमा चैत्र महिनाको शुरुमा नै सिफारिस गरिएका उन्नत जातका धानहरू रोप्ने ।
>> मेन्कोजेव ७५ प्रतिशत डव्लु पि (डाइथेन एम–४५.) विषादी ३ ग्राम प्रति लिटर वा Propineb  70%  WP (ANTRA COL, KI ANTRA, ANTRAGOLD) ३ ग्राम प्रति लिटर पानीको दरले मिसाई १५ दिनको फरकमा ३ पटक छर्कने ।

४.फेद कुहिने रोग
खेतमा रोगी विरुवा अग्लो नहुने, पहेंलिने र अन्तमा फेद कुहिएर मर्दछन् तल्लो आँख्लाहरूबाट जरा निस्कन्छन् ।

व्यवस्थापन विधि
>> रोगी बोट भएको खेतबाट बीउ संकलन नगर्ने ।
>> कार्वेन्डाजिम ५० प्रतिशत डव्लुपी. (वेभिष्टिन वा डेरोसाल) ढूसीनाशक विषादी २ ग्राम प्रति
किलो बीउका दरले उपचार गरी व्याड राख्ने ।
>> रोग ग्रस्त बोटहरू उखेलेर नष्ट गर्ने ।


५.पातको फेद डढुवा रोग

पातको फेदमा अण्डाकार खैरा थोप्लाहरू भए पछि आकारमा बृद्धि हुँदैजान्छ र ढूसीको कालो गिर्खाहरू (Sclerotia) देखापर्दछ । बोटको माथिल्लो भागमा समेत पुग्छ र सुकेर डढेको जस्तो देखिन्छ ।
व्यवस्थापन विधि:
>> नाइट्रोजन मल सिफारिस मात्रामा भन्दा बढी प्रयोग नगर्ने ।
>> उन्नत जातको धान रोप्दा बोटदेखि बोटको दूरी बढाउने ।
>> Validamycin ३०% L (Seathmar, Valigan, Ozoro) ३ ग्राम प्रति लिटर वा Pencycuron  22.9 SC (Monceren 250) १.५ मि.लि. प्रति लिटर पानीमा वा कार्वेन्डाजिम ५० प्रतिशत डव्लुपी ( वेभिष्टिन वा डेरोसाल) ढूसीनाशक विषादी १.५ ग्राम प्रतिलिटर पानीको दरले मिसाई १०–१२ दिनको फरकमा २ पटक छर्ने ।


६. खैरा रोग
यो रोग जिंकको कमी भएमा देखा पर्दछ । रोगी बोटको फेदतिरको पात पहेंलिएर जान्छ । पातमा खैरा थोप्लाहरू पनि देखिन्छन् । थोप्लाहरू बढेर पूरै पात खैरो वा रातो हुन्छ । बोटमा गाँज थपिने र बढ्ने क्रम रोकिन्छ

व्यवस्थापन विधि
>> धान र उखुको घुम्ती बाली लगाउने ।
>> लक्षण देखा परेपछि २० ग्राम जिंक सल्फेट र १२५ ग्राम चून ५० लिटर पानीमा मिसाई प्रति
रोपनीका दरले १० दिनको फरकमा २ पटक छर्कने ।
>> नाइट्रोजन र फस्फोरस मल सिफारिस मात्रा भन्दा बढी प्रयोग नगर्ने ।
>> लक्षण देखिएमा केही दिनसम्म खेतमा पानी सुकाउने ।
 

पशुहरूमा लाग्ने किर्ना र जुम्राको जडीबुटीद्वारा रोकथाम विधि!!
19 Jun / 2016

पशुहरूमा लाग्ने किर्ना र जुम्राको जडीबुटीद्वारा रोकथाम विधि!!

Write By: admin Published In: रोग तथा किरा सम्बन्धि जानकारी Hits: 25404

कृषकहरूले पालेको पशुहरूमा किर्ना, तथा जुम्रा लाग्ने एक प्रमुख समस्या हो । कुनै–कुनै जुम्रा, किर्नाहरू नाँगो आँखाले प्रष्ट देखिने हुन्छ भने कुनै अति साना हुन्छ, जुन कि नाँगो आँखाले नदेखिने खालका हुन्छन् । यसबाट प्रभावित  पशुहरूको मृत्यु चाँडै नभए पनि उत्पादनमा निकै कमी आउँछ । गोठ, खोरहरूको सरसफाईमा ध्यान नपु¥याएको कारणले किर्ना, तथा जुम्रा उत्पन्न गर्ने किटाणुहरूको वृद्धि हुन्छ । कृषकहरूले जुम्रा, तथा किर्नाको औषधी प्रयोग गरिसकेपछि पनि पुनः केही दिनमा नै किटाणुको आक्रमण हुन्छ तर यसको कारणबारे कृषकहरू अनभिग्ज्ञ रहेको देखिएको छ । यसको कारण के हो भने कृषकहरूले पशुको शरीरको किटाणुहरूलाई मात्र मार्ने औषधी प्रयोग गर्ने गरेका हुन्छन् तर फोहरको कारण नाँगो आँखाले नदेखिने किटाणुका अण्डाहरू गोठ÷खोरको भित्ता, छाना, ढोकाको चेपमा रही नै रहन्छन् र केही दिनमा अण्डाबाट बच्चा भई पुनः पशुको जिउभरी फैलिन्छन् ।


लक्षण
रौ नभएको ठाउँमा प्रशस्त मात्रामा किर्ना देखिने । चिलाई रहने कारणले पशु अशान्त रहने । ठाउँ ठाउँमा रातो रातो थोप्ला देखिने । गोठको भित्ता, किलामा जिउ दल्ने । रौहरू झर्ने । दुब्लाउदँै जाने ।

उपचार
हातले टिप्न सकिने टिपेर मट्टीतेलमा हाली मार्ने । २०० ग्राम खाने नुन ४ लिटर पानीमा घोली जिउमा राम्ररी दलिदिने । १०० एम.एल. तारपिनको तेलमा १० ग्राम कपुर राखेर तताउने र चिसो भएपछि जिउमा दलिदिने । ५०  एम.एल.नरिवलको तेल १०० ग्राम गन्धक तथा ५० ग्राम अदुवालाई पिनेर मिसाउने र त्यसलाई तताउने अनि लाएपछि पशुको जिउभरी लगाइदिने ।

३०० ग्राम सुकेको सूर्तिको पातलाई १ लि. पानीमा भिजाउने र त्यसमा १५ ग्राम नुन हाली १० घण्टा पछि छानेर झोल निकाल्ने र जिउमा लगाइदिने । ३० ग्राम सुकेको बकाइनोको बीउलाई पानीसित राम्ररी पिन्ने र तयार पारेको लेदोलाई जिउमा दलिदिने । नरीवल आगोमा पोली धुलो बनाई नरीवलको तेलमा मिसाउने र जिउमा दलिदिने । 

१ के.जी. सूर्तिको पात र ५०० ग्राम निमको पातलाई कुटेर आधा लिटर पानीमा ३÷४ घण्टा भिजाउने र जिउमा दलिदिने । लेख्ने चकको धूलो ५० ग्राम, नुन ५० ग्राम १०० एम.एल.साबुन पानीको झोलमा घोली जिउमा दलिदिने ।

रोकथाम
माथि उल्लेखित औषधीहरू मध्ये कुनै एक औषधी प्रयोग गरेकै दिन पशुको गोठ, खोरको भित्ता,छाना, गोठको बाहिर वरीपरी किर्ना मार्ने औषधी राम्ररी छरेर मात्र पशुलाई गोठमा बाँध्ने ।गोठ ÷खोरको नियमित सरसफाई गरिरहने । पशुहरूलाई प्रत्येक दिन नुन खुवाउने ।गोठ नजिक कुखुरा वा हाँस पालन गरी किर्नाहरू खान दिने व्यवस्थालाई प्रोत्साहन गर्ने । कीरा धपाउन गोठ नजिक निमको रूख लगाउने ।पशुलाई नियमित नुहाइदिइ सफा राख्ने । पशुको जिउमा जुम्रा भएको स्थानको रांै काटेर फाल्ने ।

 

बाख्रामा लाग्ने कटी पक्षघात रोग (कुमरी) र यसको समाधान!!
01 Jul / 2016

बाख्रामा लाग्ने कटी पक्षघात रोग (कुमरी) र यसको समाधान!!

Write By: admin Published In: रोग तथा किरा सम्बन्धि जानकारी Hits: 2967

यसै पनि बाख्रा पाल्न कम खर्चिलो हुन्छ । अन्य पशुभन्दा रोग ब्याध पनि कम लाग्छ । सिमान्त ग्रामीण कृषक एवं महिलाहरुको बैकल्पिक आयको श्रोत पनि हो । नेपालको प्रसंगमा हाम्रा केहि धार्मिक परम्पराले गर्दा अन्य जनावरको मासुभन्दा खसीको मासु बढी प्रचलन हुने गरेको पाइन्छ, नत्र भने बर्सेनि त्यत्रो खसि—बोका हाम्रा सिमा क्षेत्रबाट भित्रिने थिएनन् होला । अभैm पनि यस पेशाको सुदृढीकरणतर्पm खासै महत्व दिइएको पाईंदैन । बाख्रा पालनका विविध समस्या मध्ये रोगब्याधी पनि प्रमुख मानिन्छ । बाख्रालाई “गरिवको गाई” भनी महात्मा गान्धीले भनेको भनाई छ । पश्चिम बाँके, बर्दिया,दाङ,सुर्खेत, कैलालीका ग्रामीण बाख्रापालन क्षेत्रमा कात्तिक, मंसिर महिनातिर नौलो रोग देखा पर्न थालेको छ । यसबारे पशु चिकित्साकर्मी तथा बाख्रापालक अनभिज्ञ रहेको अनुभव यस स्तम्भकारलाई थाहा छ । साथै यस रोगबारे पशुचिकित्सा विज्ञानको पाठ्यपुस्तकमा पनि कमै उल्लेख गरेको पाइन्छ । नेपालको सन्दर्भमा यो रोग सर्वप्रथम वि. सं. २०४४÷०४५ सालमा बाँकेको कोहलपुर, ढकेरी, वनकटवा क्षेत्रमा पैmलिँदा यस स्तम्भकारले सफल उपचार गरेको अनुभव यस भेगका कृषकले गरेका छन् ।

के हो त कटी पक्षघात 
शाब्दिक अर्थ त कम्मर कमजोर पक्षघात हुनु हो । यसका कारण चोटपटक लाग्नु वा कुनै सूक्ष्म तत्व, खनिज, भिटामिनको अल्पता वा कुनै रोग लगाउने कारकतत्व हुन सक्लान् । तर, कुनै खास मौसममा बथानका बथान रोग ग्रसित हुन पुग्दा पहिला दुवै कारणलाई यो रोग ल्याउने तत्वका रुपमा मान्न सकिन्न । न त क्षेत्रभरिका कृषकहरुले एकै पटक बथानका बथान बाख्रालाई लठ्ठीले कुट्लान् न त कुपोषण त्यो पनि खासै मौसम होला, नत्र रोग वर्षैभरि देखिन्थ्यो होला । खै नेपालीको दशैं तिहार पनि यसै महिनातिर पर्दा बाख्राले पनि द्यौसी—भैलो खेल्न थालेका छन् । त्यसै त जापानिज इन्सेफ्लाइटिसले प्रत्यक वर्षमा निम्तो काट्ने यस क्षेत्रमा हुलाकी लामखुट्टे हुँदाहुँदै बाख्रालाई पनि खबर छोडेर होला भन्नलाई के आइतबार कुर्ने ।

यस रोगलाई कतै—कतै कुमरी, लम्बर प्यारालाइसिस, पोस्टेरियर प्यारालाइसिस पनि भनिन्छ । यो रोग कात्तिक—मंसिर महिनातिर महामारीको रुपमा फैलिन्छ । कतै कतै घोडामा पनि देखिएको छ । यो रोग सेटेरिया डिजिटाटा प्रजातिको माइक्रोफाइलेरिया (जुन प्राकृतिक रुपमा गाई भैंसीमा पाइन्छ) लाई लामखुट्टेले बाख्रालाई सार्ने गर्छ । जुन तथ्य यस पंक्तिकारले गाई भैंसीलाई ती परजीवी पहिचान तथा रोगी बाख्राको रगतमा पाइएको पाइएको माइक्रोफाइलेरिया पनि पहिचान गरिसकेको प्रमाणिकता उपलब्ध छ । रोग लाग्दा पछाडिको खुट्टा खोच्याउने, पूर्ण पक्षघात भई घिसारेर हिँड्ने, सम्पूर्ण शरिर अर्ध पक्षघात, पूर्ण पक्षघात हुने । केही बिरामीमा पछाडिको एकापट्टिको खुट्टा, अगाडि पट्टिको विपरित खुट्टाको भाग पक्षघात हुँदा हिँड्दा असन्तुलन हुने, विरामीलाई पक्षघातका अवस्थाअनुसार हिँडडुल गर्न अपठ्यारो पर्ने हुँदा आफै खाना खान नसक्ने हुँदा स्याहार नपुगे मृत्यु पनि हुन सक्छ । रोगको अवधि, १०—१५ दिनसम्म रहने गर्छ । समयमा उपचार गरे निको हुन्छ तर ढिलो गरे रोग हराए पनि असर पछिसम्म रहन सक्छ । सायद नेपालीलाई दसैं—तिहारको भाग पनि ।

उपचार
१. डाइथ्याइल कावमिजिन १० किग्रा । प्रतिकेजी ३–५ दिनसम्म खान दिने, 
२. कपर सल्फेट ५% प्रतिशत १० एमएल खान दिने,
३. एमटाइलार्सन ४ एमएम छाला, मासुमा १ दिन बिराएर ४ दिनसम्म,
४. पिठ्यूँमा रेड आयोडाइड मर्करीले मालिस गर्ने ।


रोकथाम, नियन्त्रण
• गाई—भैंसीले रोग पाल्छ । उपचार गर्नुस नदुखेको टाउको दुखाउँछ ।
• बाख्राको गोठ वरिपरि पानी जम्न नदिनुस्, लामखुट्टेले बास नपाउला ।
• बाख्रालाई बिहान–बेलुका लामखट्टेले टोक्नबाट बचाउनुस्, झुल म्याट छँदैछ ।
• नभए, सुकेको पराल, पात बालेर गोठमा धूवाँ लगाउनुुस् लामखुट्टेलाई कफ्र्यु लागिहाल्यो ।

 

डा. केदार कार्की