खेती प्रबिधि

अलैंची बगानमा गर्नुपर्ने बार्षिक कार्यतालिका!! सक्दो share गरौ!!
19 Jun / 2016

अलैंची बगानमा गर्नुपर्ने बार्षिक कार्यतालिका!! सक्दो share गरौ!!

Write By: admin Published In: खेती प्रबिधि Hits: 42091

जुनसुकै बालीनालीबाट राम्रो फाइदा प्राप्त गर्न निरन्तर हेरविचार र उचित बाली व्यवस्थापनका तौरतरीकाहरू अपनाउनुपर्ने हुन्छ । तब मात्र गुणस्तरीय र बढी उत्पादन प्राप्त गर्न सकिन्छ । अलैंची–बगानमा निम्न अनुसारको मासिक व्यवस्थापन कार्यहरू सम्पन्न गर्नुपर्दछ ।

१. असार महीनामा
<>नयाँ अलैंची–बगान निर्माणका लागि स्वस्थ अलैंचीका बिरुवा लगाउने वा छहारीका लागि लगाइने रुख–बिरुवा यो महीनामा रोपिसक्नुपर्दछ ।
<>पुराना अलैंची–बगानमा राम्ररी गोडमेल, सरसफाइ गर्ने, जसले गर्दा प्रकाश र हावाको आवतजावत राम्ररी पुग्न गई पोटिलो फल लाग्नमा सहयोग पुग्दछ ।
<> फलेको लक्राको टुप्पो काट्ने र थारो ला“क्रो हटाउने कार्य थाल्नुपर्दछ ।
<> चैत–वैशाखमा खडेरी परेको भए अहिले आएर बढी पानी दिएमा नयाँ मुनाहरू कुहिने सम्भावना भएकोले उपयुक्त मात्रामा सिंचाइ र निकासको प्रबन्ध  मिलाउनुपर्दछ ।

२. साउन महीनामा
<> नयाँ अलैंची–बगान निर्माणका लागि स्वस्थ अलैंचीका बिरुवा लगाउन सकिन्छ ।
<> वर्षायाममा झारपात चाडो बढ्दछ । त्यसैले अघिल्लो महीनामा लगाइएका बिरुवालाई झारपातको असरबाट बचाउन गोडमेल गर्नुपर्दछ ।
<> अलैंची टिप्नुभन्दा २०–३० दिनअगाडि बगान फा“डपु“mड गर्नु उपयुक्त हुन्छ । 
<> यो महीनामा अलैंची पाक्ने स्थानमा ज¨ली जनावरले खानबाट बचाउन फल टिप्नुपर्दछ ।
<> कालाबाट बचाउन नल काटी राम्रोसँग छोप्ने वा फाडफुड गर्दा निस्केको झारपात आदिले छोपिदिने । झ्याङको बाहिरी अलैंचीका थुप्राहरूमा पर्ने गरी बालुवा छर्केर पनि नियन्त्रण गर्न सकिन्छ ।
<> अलैंची टिपिसकेपछि फलेका लंक्रा, पात पतिगर र झारपात हटाई बगान सफा पार्नुपर्दछ ।
<> जातअनुसार फलेको ला“क्राको टुप्पो काट्नुका साथै थारा लांक्राहटाउनुपर्दछ ।

३. भदौ महीनामा
<> यो महीना सम्ममा अलैंची रोप्न ढिलो भए तापनि रोप्न सकिन्छ ।
<> अलैंची टिप्नुभन्दा २०–३० दिनअगाडि बगान फाडफुड गर्नु उपयुक्त हुन्छ ।
<> कालाबाट बचाउन माथिको क्रियाकलाप गरेमा मद्दत पुग्दछ ।
<> पाकेका अलैंची ढिलाइ नगरी टिप्न शुरू गर्नुपर्छ ।
<> अलैंची टिपिसकेपछि फलेका ला“क्रा, पात पति¨र र झारपात हटाई बगान सफा पार्नुपर्दछ ।
<> जातअनुसार फलेको ला“क्राको टुप्पो काट्नुका साथै थारा लांक्राहटाउनुपर्दछ ।
<> अलैंची टिपाइ गर्दा र का“टछा“ट गर्दा आगामी साल फल्ने कोपिला टुसा राम्ररी जोगाउनुपर्दछ ।
<> टिपेर राखेको अलैंचीको थु¨ा चा“डै छोडाएर सुकाउनुपर्दछ ।
<> आवश्यकताअनुसार नयाँ बगान हो भने गोडमेल गर्नुपर्दछ ।

४. असोज महीनामा
<> पाक्न शुरू भएपछि समयमै टिप्नुपर्छ । बढी पाकेपछि दानाहरू झर्ने सम्भावना बढेर जान्छ ।
<> अलैंची टिप्दा नयाँ बिरुवाहरूलाई असर पु¥याउनु हु“दैन ।
<> टिपेर थुपारेको अलैंची छोडाई सुकाउनुपर्दछ । ढिलो भएको अवस्थामा कुहिन थाल्दछ ।
<> अलैंची भट्टीमा राम्ररी सुकाई, ग्रेडिङ्ग गरी उपयुक्त भण्डारण गर्ने वा बिक्री गर्न सकिन्छ ।
<> आवश्यकता हेरी सिंचाइ र निकासको व्यवस्था मिलाउनुपर्दछ ।

५. कात्तिक महीनामा
<> यो महीना सम्ममा अलैंची टिपिसक्नुपर्दछ ।
<> अघिल्लो टिपाइमा हतारले काँटछाँट छोडिएको भए ढिलाइ नगरी सो कार्य गरिहाल्नुपर्दछ ।
<> आवश्यकता हेरी सिंचाइको व्यवस्था र निकासको उचित व्यवस्था मिलाउनुपर्दछ ।
<> अलैंची–बिरुवा उत्पादन गर्ने हो भने गुणस्तरीय र राम्रोस“ग पाकेको उपयुक्त बीउ छनौट गरी तुरून्तै बीउ नर्सरीमा खसाल्नुपर्दछ ।

६. मंसीर महीनामा
<> आवश्यकता हेरी सिंचाइको र निकासको उचित व्यवस्था मिलाउनुपर्दछ ।
<> अघिल्लो महीनामा गर्नुपर्ने कार्यहरू बा“की भए कार्यहरू सम्पन्न गरिसक्नुपर्दछ ।
<> नियमित रूपमा बगानको गोडमेल तथा सरसफाइ गर्नुपर्दछ ।
<> रोगी झ्याङ भए उखेली नष्ट गर्नुपर्दछ ।
<> रोग–कीराको उचित व्यवस्थापन गर्नुपर्दछ ।

७. पुस महीनामा
<> आवश्यकता हेरी सिंचाइको र निकासको उचित व्यवस्था मिलाउनुपर्दछ ।
<> बगानको सरसफाइ गर्ने तथा गोडमेलबाट निस्किएका झारपात अलंैची–बोट वरिपरि मल्चिङ वा छापो हाली चिस्यान कायम गर्न मद्दत पुग्दछ ।
<> रोग–कीराको उचित व्यवस्थापन गर्नुपर्दछ ।

८. माघ महीनामा
<> आवश्यकता हेरी सिंचाइको र निकासको उचित व्यवस्था मिलाउनुपर्दछ ।
<> बगानको सरसफाइ गर्ने तथा गोडमेलबाट निस्किएका झारपात अलंैची–बोट वरिपरि मल्चिङ वा छापो हाली चिस्यान कायम गर्न मद्दत पुग्दछ ।
<> रोग–कीराको उचित व्यवस्थापन गर्नुपर्दछ ।
<> उत्रिएको पानाहरूलाई छोप्ने कार्य गर्नुपर्दछ ।

९. फागुन महीनामा
<> सिंचाइको उचित व्यवस्था मिलाउनुपर्दछ ।
<> बगानको सरसफाईगर्ने तथा गोडमेलबाट निस्किएका झारपात अलंैची–बोट वरिपरि मल्चिङ वा छापो हाली चिस्यान कायम गर्न मद्दत पुग्दछ ।
<> रोग–कीराको उचित व्यवस्थापन गर्नुपर्दछ ।

१०. चैत महीनामा
<> ठूलो पानी भए सतह सिंचाइ (कुलोबाट) सानो पानी भए स्प्रिङ्कलर सिंचाइ गर्नुपर्दछ ।
<> फुल फुल्ने समय भएकोले झरेका पातहरू, सुकेका र रोगी हाँगाहरू तथा नचाहिंदा झारपातहरू हटाएर गोडमेल गरी फुलका थुंगालाई खुल्ला रहने वातावरण मिलाइदिनुपर्दछ ।
<> नयाँ अलैंची–बगान निर्माण गर्नु छ भने सम्भावित ठा“उ छनौट गरी ठूला– बाक्ला रुखपात भए हटाउने, फा“डफ“ुड गर्ने, बार–बन्देजको तथा स्वस्थ राम्रो बिरुवाको व्यवस्था मिलाउनुपर्दछ ।

११. वैशाख महीनामा
<> पूmल फुल्ने समय भएकोले झरेका पातहरू, सुकेका र रोगी हा“गाहरू तथा नचाहिंदा झारपातहरू हटाएर गोडमेल गरी परागसेचनमा पनि मद्दत पुग्ने भएकोले पूmलका थु¨ालाई खुल्ला रहने वातावरण मिलाइदिनुपर्दछ ।
<> पूmल फुल्नुअगावै मलखाद र औषधी छर्ने काम सक्नुपर्दछ ।
<> गर्मी बढ्दै जा“दा कलिला टुसाहरूमा गबारो, पतेरा, लाहीकीराहरू लाग्ने सम्भावना भएकोले उचित व्यवस्था मिलाउनुपर्दछ ।
<> नयाँ बगैंचा निर्माण गनुपर्ने छ भने ठूला रुख–पात हटाउनुपर्दछ र सफा बनाउनुपर्दछ ।


१२. जेठ महीनामा
<> अलैंची–बगानको नियमित रूपमा गोडमेल र सरसफाई गर्नुपर्दछ ।
<> पानी जम्न नदिई निकासको उचित व्यवस्था मिलाउनुपर्दछ ।
<> छहारी दिने बोट, जस्तैः उत्तीस, शिरीष र घुर्विसको बिरुवा बगानमा लगाउनुपर्दछ ।
<> गर्मी बढ्दै जा“दा रोग तथा कीराहरू लाग्ने सम्भावना भएकोले उचित व्यवस्था मिलाउनुपर्दछ ।
<> नयाँ बगैंचा निर्माण गनुपर्ने छ भने ठूला तथा बाक्ला रुखपात हटाउने, सफा बनाउने, बार–वन्देजको व्यवस्था मिलाउने, आवश्यक दूरी मिलाई खाल्टो खनी मल–माटोले भरी बिरुवाको व्यवस्था मिलाइसक्नुपर्दछ ।
<> खाली ठाउँमा नियमित रूपमा नयाँ स्वस्थ बिरुवा लगाउनुपर्दछ ।

के हाे संसारको सबै भन्दा महँगो रुख अगरवूड? याे विरूवा कहाँ पाइन्छ? कति कमाउन सकिन्छ ?
21 Aug / 2016

के हाे संसारको सबै भन्दा महँगो रुख अगरवूड? याे विरूवा कहाँ पाइन्छ? कति कमाउन सकिन्छ ?

Write By: admin Published In: खेती प्रबिधि Hits: 15975


अगरवूड संसारको सबै भन्दा महँगो रुख हो। अगरवूड विरुवा विविधता पूर्ण भौगोलिक वातावरण भएको ठाउमा पाइन्छ । उत्तर पूर्वी भारत देखि जापान,मलेसिया,म्यानमार,इन्डोनेसीया,कम्बोडिया,थाइल्याण्ड जस्ता विभिन्न देशहरुमा यो विरुवा पाउन सकिन्छ । यो सामान्यतया समुन्द्री सतहबाट १८०० मिटरको उचाईसम्म हुर्कन्छ ।भारतमा धेरै मात्रामा आसाममा यो विरुवाको खेति भइरहेको छ ।यस बाहेक पनि अन्य ठाउमा कृत्रिम तरिका बाट यसको खेति गर्न सकिन्छ ।

अगरवूड उच्च महत्व भएको विरुवा हो । भारतमा आन्तरिक रुपमा पनि धेरै बजार लिएको यो राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पनि उत्तिकै छाएको छ । अगर को नामबाट प्रख्यात रहेको अगरवूड कम लगानीबाट, कम श्रम प्रयोग गरेर पनि सजिलै हुर्काउन सकिने,करिब ८ वर्षमानै मनग्य आम्दानी दिलाउने अति महत्वपूर्ण वृक्ष मानिन्छ । स्थानीय नाम : अगरवूड , अलोजवूड , इगलवूड ,अल्गरहोल्ज,उड,उथ..आदि ।

धान खेतमा माछा पालन प्रविधिः एक नौलो आयाम!!
06 Jul / 2016

धान खेतमा माछा पालन प्रविधिः एक नौलो आयाम!!

Write By: admin Published In: खेती प्रबिधि Hits: 26939

धान खेतमा माछा पालन एक अतिरिक्त बालीको रुपमा आउँछ । यो एक एकीकृत खेती बालीको उदाउँदो प्रयास हो, जहाँ धान खेतभित्र माछा पालिन्छ । यस प्रविधिमा धान प्रमुख बाली हो भने माछा सहायक, जसबाट किसानले सोहि क्षेत्रफलबाट बढी आम्दानी लिइ आर्थिक लाभमा बृद्धि ल्याउन सक्छन । चिनबाट सुरु भएको मानिने यो प्रविधि नेपालमा सन् १९६४ मा मत्स्य बिभागले भित्राएको हो । नेपाल अधिराज्यको तराईदेखि मध्य पहाडी भु–भाग जहाँ धान खेतीको लागि चाहिने सिंचाइ सुबिधा राम्रो छ, त्यस्ता स्थानहरूमा केही व्यवस्थापन प्रविधिहरु अपनाई सहजै धान खेतमा माछा पालन गर्न सकिन्छ ।

धान खेतमा माछा पालन गर्दा धानको अतिरिक्त माछाको उत्पादन सहजै प्राप्त गर्नुका साथै धानको समेत उत्पादन बढ्ने, झारपात नियन्त्रण हुने, धानबालीलाई नोक्सान पु¥याउने शत्रु कीरा जस्तै फट्याङ्ग्रा, शंखेकीरा आदि माछाले खाइदिएर दोहोरो फाईदा प¥ुयाउने भएकाले यो प्रणाली भक्तपुर, काठमाडौं, ललितपुर, कास्की, तनहुँ, धादिङ ,गोरखा ,चितवन लगाएत तराई र मध्य पहाडमा सफलता पूर्वक संचालन भैरहेको छ । जमिनको उर्बरा शक्ति कम हँुदै गएको आजको अवस्थामा धान खेतमा माछा पालन गर्दा उर्बरा शक्ति कम भएर हुने उत्पादकत्व ह्रास, अतिबृष्टि, असिनाबाट वा अन्य प्राकृतिक प्रकोपबाट हुने आर्थिक क्षतिलाई २० प्रतिशतसम्म पुर्ति गर्न सक्छ ।

माछा र धान खेतीसँगसँगै गर्दा माछालाई आवश्यक पर्ने पानी र गरम हावाको सहजै पूर्ति हुने हँुदा दुवै खेतको तयारीबारे जानकारी हुन जरुरी हन्छ । धान खेतीसँगै माछाखेती गर्दा निम्न कुराहरू ध्यानमा राखी पालन गर्दा राम्रो हन्छ ।

व्यवस्थापन/ सहि ठाउँको छनौट र पानीको स्रोत::

सही ठाउँको छनौटले लगानीमा प्रत्यक्ष असर गर्ने भएकाले यसमा विशेष ध्यान पु¥याउनु पर्दछ । धान बालीको लागि पानी लगातार आवश्यक पर्ने भएकाले जमिनको धरातल केही होचो र माटो केही चिम्टाईलो–पाङ्गो र करिब ६ महिनासम्म पानी अड्ने खालको हुनुपर्छ । यथासम्भव सिंचाईको राम्रो व्यवस्था भएको तर वर्षातको समयमा खोला–नालाबाट बाढी नपस्ने खालको जमिन उपयुत्त मानिन्छ । स्थल छनौट गर्दा आफुले निगरानी गर्न सकिने खालको ठाँउ हुनुपर्दछ जसले गर्दा माछा चोरी हुनबाट बचाउन सकिन्छ ।

धानखेतको तयारी / आली र डिलको निर्माण:

माछा पाल्ने धानखेत सामान्य धानखेत भन्दा बनावटमा केही फरक हुन्छ । माछा पाल्ने धानखेतको आली १.५–२ फिट उचाइको बलियो र पानी नचुहुने हुनुपर्दछ जसमा १–१.५ फिट पानी सहजै अड्न सकोस । डिल बलियो नभइ पानी चुहुने खालको भएमा आवश्यकता अनुसार पानीको गहिराई कायम राख्न सकिदंैन, फलस्वरुप पानीको अभावले धानखेतमा मत्स्य पालन गर्न सम्भव हुँदैन ।

टेन्च वा शरणस्थलको निर्माण::

धानखेतमा माछालाई पाल्दा आपत–विपत परेको बेला जस्तै बढी गर्मि सुख्खा, चोरी, शत्रुजीवको आक्रमण आदि भएको बेलामा जोगाउन केही गहिरो पानी जम्ने ठाँउ, ट्रेन्च वा खाल्डो बनाउन पर्दछ । टे«न्च खन्दा डिलबाट २ फिट भित्र, १ फिट गहिरो र २ पिट चौडा आकारको खाल्डो खन्नु पर्दछ अथवा खेतको कुनै एक ठाउँमा खाडल खन्दा पनि हुन्छ जसमा खेतमा पानी सुकाउने वा भिœयाउने बेलामा माछा सुरक्षित किसिमले रहन्छ र यसरी जम्मा भएको माछालाई सहजै संकलन गर्न पनि सकिन्छ ।

पानीको प्रवेश तथा निकाश::

माछा पाल्ने धानखेतमा पानीको व्यवस्थाको लागि प्रवेश ढोका र निकाश हुनुपर्दछ तर यी दुवै सिधा हुनुहुँदैन, जसले गर्दा खेतमा लगाएको पानी सिधै बाहिर नगइ खेतको पानीसँग मिसिएर चारैतिर घुम्न सक्छ साथै माछाको लागि खेतमा उत्पन्न भएको प्राकृतिक आहारा सिधै बगेर जान पाउँदैन र धान खेतको दुवै ढोकामा जालि राख्नु पर्दछ जसले गर्दा जंगलीमाछा भित्र पस्न तथा पालेको माछा बाहिर जान पाउँदैन । जालीहरू समय समयमा सफा गर्नु पर्दछ ।

धानखेतको तयारी तथा रोपाई::

ट्रेन्च खन्दा आएको माटो आलीमा लगाउँदा राम्रो हुन्छ । धानलाई नै मुख्य बाली मानी, अरुबेलामा धान खेती गर्दा भन्दा अलिकति बढी दरमा गोबर मल एवं रासायनिक मल हाली दिने, यसरी प्रयोग गरेको करिब १० दिन पछि पानी र माटोमा माछालाई आवश्यक पर्ने प्राकृतिक आहरा उत्पादन हुँदै जान्छ । माछा पाल्ने खेतमा होचोे, नढल्ने, ढिलो पाक्ने र एक पिट पानीमा गाँज हाली अड्न सक्ने उच्च जातको धान लगाउनुपर्छ । यसको लागि तराई र भित्री मधेशको लागि वर्षे–२, वर्र्ष–४, जानकी, साबित्री, मकवानपर–१, बिन्देश्वरी, चन्दिना, आदि र पहाडी भेगको लागि कंचन, हिमाली आदि जातहरु उपयुक्त मानिन्छ । धान रोप्दा प्रत्येक गाबोमा ३–४ बिरुवा पर्ने गरी एउटै लाइनमा करिब २०–२५ से.मी. को फरकमा रोप्नुपर्छ । जसले गर्दा माछालाई पैडिन सजिलो भई राम्रोसँग फस्टाउन सक्छ ।

माछाको जात तथा भुरा स्टकिङ::

धान खेतमा माछापालन गर्दा सामान्यतया हिलो, बढ्दो तापक्रम, अक्सीजनको कमी तथा थोरै पानी सहन सक्ने क्षमताको हुनुका साथै छोटो अवधिमा बिक्री साईज हुने जातको हुनुपर्दछ जसको लागि टिलापिया र कमनकार्प जातका माछा उपयुक्त मानिन्छन् । ५ ग्राम भन्दा कम तौल भएका साना भुराहरूलाई धान रोपेको लगत्तै स्टकिङ गर्न सकिन्छ । यदि भुराहरू १० ग्राम भन्दा ठूलो भए धान रोपेको १०–१५ दिन पछि छोड्नु पर्छ । सामान्यतया कार्प ६,००० भुरा प्रति हेक्टर र टिलापिया ९,००० भुरा प्रति हेक्टरका दरले स्टकिङ गरिन्छ । माछाहरूले प्राकृतिक आहाराको खोजीमा धानखेत गोड्ने काम गर्ने हँुदा धान फस्टाउने गर्दछ । माछा स्टकिङ गर्नुभन्दा पहिले माछाको भुरा राखेको प्लाष्टिक प्याक र माछा छोड्ने खेतको पानीको तापक्रम बराबर बनाउनको लागि १० मिनेट जति भुराको प्याक खेतको पानीमा राख्नपर्छ ।

माछाको आहारा तथा स्याहार व्यवस्थापन::

धान खेतमा पालिएका माछाहरू प्राकृतिक आहारामा मात्र पनि बाँच्न सक्ने भएता पनि यिनिहरूको उत्पादनमा बृदि ल्याउनका लागि कृतिम आहरा पनि प्रयोग गर्न सकिन्छ । जस्तै धानको ढुटो र तोरीको पिना १.१ को अनुपातमा मिसाएर प्रत्येक दिन माछाको शरिरको तौलको २–४ प्रतिशतका दरले खुवाउन सकिन्छ । माछालाई सर्प, चरा र चोरबाट बचाउनु पर्छ । सर्पको नियन्त्रण गर्न प्वाल टालिदिने, पासो, जाली, साईरन आदिको प्रयोग गर्न सकिन्छ भने चरालाई धपाउनु पर्छ साथै मान्छेले गर्ने चोरीलाई नियमित रेखदेख गरेर रोक्न सकिन्छ । धानखेतमा कीरा नियन्त्रण गर्दा इन्डोसल्पान, कार्बोफ्युरान, विर्षादी सहजै प्रयोग गर्न सकिन्छ । अक्सिजनको कमी भएमा धानखेतमा पानीको बाहब बढाएर वा पानी चलाएर बृद्धि गर्न सकिन्छ । माछा राखिसकेपछि धानखेतमा नियमित रेखदेख पु¥याउनु पर्छ । पानीको चुहावट, माछाको गति अथवा अवस्था, माछाले दाना खाए नखाएको, माछाको साईज अथवा बृद्धि जाँच र सर्प खोरमा परे नपरेको निरिक्षण गरिरहनुपर्छ ।

माछा फसल अथवा उत्पादन लिने::

साधारणतया धान काट्नुभन्दा १०–१५ दिन अगाडि, माछा १००–२०० ग्रामको भएपछि पानी सुकाई माछा मार्ने गरिन्छ । यसरी ९० दिनमा १५–२० टन प्रति रोपनी माछाको उत्पादन लिन सकिन्छ तर पानीको राम्रो व्यवस्था पु¥याउन सकेमा धान काटिसकेपछि पनि माछा पाल्न सकिन्छ । धान काट्ने बेलामा खेतको पानी सुकाईन्छ माछा ट्रेन्चमा जम्मा हुन्छन् र धान काटिन्छ । धानसँगै माछाको फसल पनि उठाउन सकिन्छ तर धान काटिसकेपछि पनि माछा पाल्ने हो भने खेतमा पुनः ३०–४० से.मी पानी लगाएर पाल्न सकिन्छ ।

सारांश::

नेपालमा धानखेतमा माछा पालन प्रविधि करिब दुई दशक भन्दा अगाडि देखि सुरुभएता पनि प्राविधिक ज्ञान र जानकारीको साथै निश्चित कार्यक्रमको अभावमा यो प्रविधि फस्टाउन सकेको छैन । जमिनको उचित सदुुपयोग र आर्थिक बृद्धिदरको सहज माध्यम मानिने यो प्रविधिको नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतका मत्स्य अनुसन्धान केन्द्रहरू पोखरा, त्रिशुली, तथा तरहरामा अध्ययन संचालन गरी तथ्यांक संकलन भइसकेका छन् जस अनुसार पोखरामा १०–२५ ग्रामको माछा, ५० देखि ९३ दिनसम्म पाल्दा, ११८–१६३ ग्राम भएको पाइयो र उत्पादन ३२९–७५६ किलो प्रति हेक्टर र धान ६ प्रतिशतले बृद्धि भई कुल २६ प्रतिशतले मुनाफा भएको पाईएको छ । यसरी एउटै ठाउँबाट थोरै लगानीमा दोहोरो फाईदा हुँदा आम्दानीमा बृद्धि हुन जान्छ ।

धानखेतमा लाग्ने कीरा फट्याङ्गा्रहरू माछाको आहरा हुने हँुदा माछाको बृद्धि हुनुका साथै कीरा फट्याङ्ग्राबाट धानमा हुने नोक्सान कम हुन्छ । धानमा सधै पानी रहिरहने हुनाले धानमा लाग्ने स्टिम बोरर कीरा तथा खेतमा लाग्ने मुसाको नियन्त्रण हुन्छ । यसका साथै माछाले माटो तथा धानको बोट चलाइरहने हुनाले धानको बोटमा गोड्ने काम गर्नुका साथै माछाको बिष्टा तथा माछालाई प्रदान गरिएको खेर गइरहेको दाना मलको रुपमा प्रयोग हुने हुँदा माटोको उर्बरा शक्ति बढ्न गई धानको बोट गाँजिने र धानको उत्पादनमा बृद्धि हुन जान्छ । धान खेतलाई खानेमाछा उत्पादन मात्रा नगरी नर्सरी पोखरीको रूपमा समेत प्रयोग गरी सानो माछा भुरालाई ठूलो बनाउन सकिन्छ तथा ह्याचलिङ पनि हुर्काउन सकिन्छ । यसरी धानखेतमा मत्स्यपालन प्रविधि विशेष गरी ओसिलो र खाल्टो परेको जमिन भएका सबै स्थानमा प्रयोग गर्न सके ठूलो आर्थिक आम्दानीको स्रोत बन्न पुग्छ ।

भरपर्दो नगदे बालीअकबरे खुर्सानी खेति प्रबिधि!! सक्दो share गरौँ है!!
11 Aug / 2016

भरपर्दो नगदे बालीअकबरे खुर्सानी खेति प्रबिधि!! सक्दो share गरौँ है!!

Write By: admin Published In: खेती प्रबिधि Hits: 58669

अकबरे खुर्सानी हाल पुर्बी पहाडी जिल्लाहरुमा निक्कै भरपर्दो नगदे बालीको रुपमा बिस्तार भए पनि खेतीमा खासै आधुनिकता अपनाइएको पाइन्न।मेरो आफ्नै अध्यायन र अनुसन्धानमा अकबरे खुर्सानिको आधुनिक तरीका यसो गर्न सकिएला।