स्वास्थ्य जीवनयापन

तातोपानीमा मह र कागती मिसाएर खाँदा हुने ९ फाइदा||
27 Jun / 2016

तातोपानीमा मह र कागती मिसाएर खाँदा हुने ९ फाइदा||

Write By: admin Published In: स्वास्थ्य जीवनयापन Hits: 25079

१. पाचन सुधार्छ
पाचनलाई सुधार्नका लागि बिहान तातो पानीमा मह र कागती मिसाएर खानुपर्छ । यसले पेट सफा राख्न मद्दत गर्नुका साथै कलेजोमा रसको उत्पादनलाई बढाउँछ, जसबाट पाचन प्रक्रियामा मद्दत मिल्छ । कागतीमा रहेको एसिडले पाचनप्रणालीलाई मजबूत पार्न मद्दत गर्छ र अवान्छित विषाक्त पदार्थलाई बाहिर निकाल्छ । यसका अलावा महले एक एन्टीब्याक्टेरियलको रुपमा काम गर्छ र शरीरमा रहेको कुनै पनि प्रकारको संक्रमण हटाउँन मद्दत गर्छ ।

२. कब्जियत हटाउँछ
तातोपानीमा मह र कागती मिसाएर खानाले कब्जियतलाई समेत निको पार्ट । यसले आँतलाई प्रोत्साहित गरेर दिसा खलास गर्नमा सहयोग गर्छ । यसका अलावा यसले आन्त्र म्युकसलाई बढावा दिन्छ । सुख्खा भएको दिसालाई भिजाउँछ । यसले दिसा गर्न सहयोग गर्छ ।

३. लिम्फेटिक सिस्टमको सफाईमा सहयोगी
लिम्फेटिक सिस्टममा पानी र आवश्यक तरल पदार्थको कमी भएमा थकान महसुस हुन्छ । कब्जियत, सुत्न समस्या, उच्च या न्युन रक्तचाप, तनाव र मानसिक स्वास्थ्यमा असर पर्छ । बिहान–बिहान यो मिश्रण पिउनाले लिम्फेटिक सिस्टम सुख्खा हुन मद्दत गर्छ, जसबाट प्रतिरक्षा प्रणालीमा पनि सुधार हुन्छ ।

४. मुख स्वास्थ्यमा सुधार
एसिडिक प्रकृतिको कागती, मह र तातो पानी पिउनाले मुख गन्हाउने समस्या समाधान हुन्छ । कागतीले आक्रामक ब्याक्टेरियालाई मारेर मुख शुद्ध गर्न मद्दत गर्छ । मुख गन्हाउने मुख्य कारण जिब्रोमा जमेको सेतो भाग (खाद्य तथा ब्याक्टेरियाका कारण यस्तो हुन्छ) पनि हो । कागतीसहितको यो मिश्रणले यस्तो सेतो भागलाई हटाएर मुख गन्हाउने समस्या प्राकृतिक रुपमा हटाउँछ ।

५. मूत्रबद्र्धक रुपमा कार्य गर्छ
महमा शक्तिशाली एन्टीब्याक्टेरियल गुण हुन्छ । यसमा कैयौ प्रकारको संक्रमण हटाउने क्षमता हुन्छ । कागती, तातो पानी र महको मिश्रणले एक उत्कृष्ट मूत्रल (शरीरबाट पानी बाहिरनिकाल्ने तत्व) को रुपमा काम गर्छ । मूत्रमार्गलाई सफा गर्ने यो सबैभन्दा राम्रो तरिका हो । युटिआई या मूत्रमार्ग संक्रमणबाट पीडित महिलाका लागि यो मिश्रण वरदान साबित हुन्छ ।

६. इनर्जी लेबल बढाउँछ
मह र तातो पानीको मिश्रणले शरीरमा इनर्जी वृद्धि गर्छ । शरीरमा बढी इनर्जी उत्पन्न हुँदा शरीरको मेटाबोलिज्म र कार्यप्रणालीमा वृद्धि हुन्छ । महले शरीरका अंगलाई ठीक ढंगबाट काम गर्न प्रेरित गर्छ । बिहान तातो पानी तथा कागतीका साथ मह लिनाले शरीर दिनभर उर्जावान बन्छ ।

७. तौल घटाउन उपयोगी
मह, कागती र तातोपानीको मिश्रण सेवन गर्नाले भोक पनि कम लाग्छ । यसमा फाइबर पाइन्छ,जसले भोक र सुगर लेबललाई कम गरी पर्याप्त इनर्जी प्रदान गर्छ । यसैले नियमित रुपमा बिहान यसको सेवन गर्नाले दिनभर खाने खानामा पनि कमी हुन्छ । जसबाट तौल घटाउन पनि मद्दत मिल्छ ।

८. पोषक तत्व र भिटामिनले भरपूर
मह र कागतीका साथ तातो पानी सेवन गर्दा शरीरका लागि एन्टीअक्सिडेन्ट, भिटामिन र अन्य पोषकतत्व पाइन्छ । यसका अलावा यसमा एन्टिइन्फ्लामेटोरी गुण पनि पाइन्छ । यसैले यसको सेवनले शरीरको रोगप्रतिरोधी प्रणाली मजबूत हुन्छ ।

९ . रोग प्रतिरोधी क्षमता मजबूत हुन्छ
यसको नियमित सेवनले शरीरको प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ । मह र कागतीमा भएको एन्टिअक्सिडेन्ट र अन्य पोषक तत्वले मौसम परिवर्तनसंगै हुने संक्रमणबाट पनि बचाउँछ ।

 

From Swasthyakhabar.com

दही खाँदा हुने गजबका २१ फाइदाहरु!!
06 Jul / 2016

दही खाँदा हुने गजबका २१ फाइदाहरु!!

Write By: admin Published In: स्वास्थ्य जीवनयापन Hits: 65304

हामीले दैनिक रुपमा उपभोग गर्ने खानपान मा कहिँ येस्ता चिज हरु हुन्छन जसमा सुन्दरता को साथमा स्वास्थ्य को लागि अनमोल खजाना समेत रहेको पाइन्छ । यस्तै एक चिज हो दहि । दहि मा दुध को अपेक्क्षा क्याल्सियम को मात्रा अधिक हुन्छ 

14 Jul / 2016

मासु किन्दा मिसमास पर्ला जान्ने कसरी ?

Write By: admin Published In: स्वास्थ्य जीवनयापन Hits: 8297

नियतवस वा भुलवस मिसमास गरिनु मासु व्यवसायमा सामान्य मानिन्छ । यो उपभोक्ता ठग्ने सामान्य प्रचलन पनी । यो प्रथा आज भोली मात्र हैन जब देखि मासु व्यापारीक प्रयोजनका लागी बेचविखन हुन थाल्यो त्यस वेला देखि नै को हो । भनिन्छ मासु दुई जनाले मात्र चिन्दछन एक जस्ले वध गर्छ दुई मासु निरिक्षक जस्ले वध गर्नु अघि पशुपंक्षी जाँच गरी अभिलेख राख्छ । अनि सोहि अनुसार वध भएको पशुपंक्षीको मासु निरिक्षण गरी प्रमाणीत चिन्ह अंकित गर्छ । हाम्रो मासु उद्दयोग श्रृङखला शिशु अवस्थामा वामे सर्दैछ ।

यी हुन् आपतकालिन उपचारमा प्रयोग हुने ११ जडिबुटी!!
06 Aug / 2016

यी हुन् आपतकालिन उपचारमा प्रयोग हुने ११ जडिबुटी!!

Write By: admin Published In: स्वास्थ्य जीवनयापन Hits: 3729

हामी जुनसुकै बेला दुर्घटनामा पर्न सक्छौं। तर कतिपय अवस्थामा तत्कालै चिकित्सकहाँ जान असम्भव पनि हुन सक्छ । त्यस्तो अवस्थामा हाम्रोवरिपरि पाइने जडिबुटिबाटै उपचार गर्न सकिन्छ । सामान्य चोटदेखि शरीर पोलेका समस्या घरमा नै उपचार गर्न सकिन्छ। स्वास्थ्यमा आपतकालिन समस्या परेका बेला उपचारमा प्रयोग हुने घरेलु जडीबुटी :

सुँगुर, बङ्गुर र बँदेलको मासु उसिनेर मात्र खानुहुन्छ ? होस् गर्नुहोस् !
17 Aug / 2016

सुँगुर, बङ्गुर र बँदेलको मासु उसिनेर मात्र खानुहुन्छ ? होस् गर्नुहोस् !

Write By: admin Published In: स्वास्थ्य जीवनयापन Hits: 13027

ट्राइकोनोसिस पशुपन्छीबाट मानिसमा सर्ने रोग हो । हाम्रा केही समुदायमा सुँगुर, बङ्गुर तथा बँदेलको मासु उसिनेर, साँधेर खाने प्रचलन छ । यी जनावर यस परजीवीबाट प्रभावित भएका रहेछन् भने यो रोग लाग्न सक्छ । घरपालुवा सुँगुर, बङ्गुर तथा जंङ्लमा विचरण गर्मे बँदेल यो परजीवीको आश्रय स्थल हो । अझ होटल, रेस्टुरेन्ट अनि पार्टी प्यालेसको रछ्यान नै सहरी बङ्गुरको मुख्य आहार भएका बेला आम उपभोक्ता कति जोखिममा होलान् ? अझ वधशाला अनुगमन अनि मासु जाँच त दसैँैमा एकपटक गर्ने चलन छ । त्यसैले बङ्गुरपालनको प्राज्ञिक व्यवस्थापन अनि वधशालाको प्राविधिक सुपरीवेक्षण गर्ने हो भने उपभोक्तामा सुँगुर, बङ्गुर तथा बँदेलजन्य मासुका परिकारप्रति आत्मविश्वास बढ्ने अवस्था रहन्छ ।

प्राज्ञिक शब्दमा यसलाई ट्राइकोनेलोसिस भनिन्छ भने बोलीचालीको भाषामा ट्राइकोनोसिस । जुन पशुपन्छीबाट मानिसमा सर्ने रोग मानिन्छ । पशुपन्छीबाट उपलब्ध मासु अधकल्चो पकाएर खाँदा यो रोग लाग्छ । यो रोग फुच्चे गोल जुका ट्राइकेनेला एस्पाइरालिसको कारण हुन्छ । यस प्रजातिको परजीवीलाई एक्लै सम्बोधन गर्दा ट्राइचिना भनिन्छ । जुन ग्रिक शब्दावलीमा रौँजस्तै भनिन्छ । यो रोगबाट बच्न मासुलाई हाम्रो मौलिक परिकारजस्तो गरी राम्ररी पकाएर सेवन गरिने हो भने सजिलै बच्न सकिन्छ ।

बन्दाकाउलीको सुप खाएर सात दिनमा सात किलो तौल घटाउने उपाय!!!
14 Jun / 2016

बन्दाकाउलीको सुप खाएर सात दिनमा सात किलो तौल घटाउने उपाय!!!

Write By: admin Published In: स्वास्थ्य जीवनयापन Hits: 70198

बंदा काउलीको स्वादिलो सुप एक हप्तासम्म सेबन गर्नुहोस् र आफ्नो शरीरको अनावश्यक बोसो पगालेर चाहे अनुसारको शरीर पाउनुहोस् । यदि तपाईलाई बन्दा काउलीको सुपले एक हप्तामा शरीरको अनावश्यक बोसोलाई पगालेर तौल घटाउँछ भन्ने कुराको जानकारी छैन भने आज हामी बन्दाको झोल सेवन गरेर जीवनमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने जानकारी गराउँदै छौं ।