कृषि समाचार

 इजरायलमा तरकारी टिप्ने नेपाली भन्छन्- स्वदेशमै तालिम दिइयोस्!!
28 Aug / 2016

इजरायलमा तरकारी टिप्ने नेपाली भन्छन्- स्वदेशमै तालिम दिइयोस्!!

Write By: admin Published In: कृषि समाचार Hits: 75573

एघार महिने कृषि तालिममा इजरायल पुगेका नेपाली युवाहरुले त्यहाँ पुगेपछि बल्ल काम र समयको महत्व बुझे । तर, यस्तो कृषि तालिम इजरायलमा नभई आफ्नै देशमा सञ्चालन गर्न उनीहरुले नेपाल सरकारसँग आग्रह गरेका छन् ।

 

 कुखुराले भगाउँछन् लामखुट्टे, पत्ता लाग्यो मलेरियाबाट बच्ने नयाँ उपाय!!
26 Jul / 2016

कुखुराले भगाउँछन् लामखुट्टे, पत्ता लाग्यो मलेरियाबाट बच्ने नयाँ उपाय!!

Write By: admin Published In: कृषि समाचार Hits: 16085

कुखुरा राखिएको सो स्थानमा लामखुट्टे नआएपछि बैज्ञानिकहरुले यस्तो निश्कर्ष निकालेका हुन् । ‘मलेरिया जनरल’ मा प्रकाशित अनुसन्धान प्रतिबेदनका अनुसार बैज्ञानिकहरु यो निश्कर्षमा पुगेका छन् कि लामखुट्टे आफ्नो शिकार गन्धको माध्यमबाट खोज्छ । र, यो हुनसक्छ कि कुखुराको गन्ध त्यस लामखुट्टेलाई मन परेन ।

 फस्टाउँदो गहुँत व्यापार!!
07 Jul / 2016

फस्टाउँदो गहुँत व्यापार!!

Write By: admin Published In: कृषि समाचार Hits: 65252

साढे तीन वर्षअघि साँखुको लप्सीफेदीमा स्थापित वक्रेश्वर फार्म हाउसमा अहिले २८ वटा गाई छन् । दूध र मूत्रलाई महत्व दिएर खुलेको यो फार्मका १० कामदार दैनिक रूपमा दूधसँगै मूत्र संकलनमा व्यस्त हुन्छन् । संकलित गोमूत्रलाई विभिन्न चरणमा प्रशोधन गरेर डिष्टिल्ड वाटरको रूपमा तयार गरिन्छ । “विभिन्न शारीरिक रोगको निदान गर्ने औषधिको रूपमा गहुँत सेवन बढेको देखेर उत्पादनमा लागेका हौं”, फार्मका निर्देशक राजेश श्रेष्ठ भन्छन् ।

07 Oct / 2016

यो हो दुनियाकै महँगो खुर्सानी, किलोको ३८ लाख!!

Write By: admin Published In: कृषि समाचार Hits: 11585

हामीकहाँ अकबरे खुर्सानीको भाउ अन्य खुर्सानीको भन्दा धेरै हुन्छ । तर यहाँ जुन खुर्सानीको भाउको कुरा गरिँदैछ, त्यसका सामुन्ने अकबरे खुर्सानी त विलय नै हुनेवाला छ । हो, यो खुर्सानीको मूल्य सय, हजारमा होइन लाखौँ पर्छ । दक्षिण अमेरिकी देश पेरुमा पाइने मदर अफ अल चिलिज नामक खुर्सानीको मूल्य एक किलोकै झण्डै ३८ लाख रुपैयाँ पर्दछ ।

 

 २० वर्ष किसानी गरेपछि मासिक २५ सय रुपैयाँ पेन्सन!!
15 Jan / 2017

२० वर्ष किसानी गरेपछि मासिक २५ सय रुपैयाँ पेन्सन!!

Write By: admin Published In: कृषि समाचार Hits: 19081

काठमाडौं । सरकारले यसैवर्षबाट किसानलाई पेन्सन वितरण गर्ने तयारी गरेको छ । पेन्सन कोष खडा गरी सरकार र किसानले रकम जम्मा गरेर वितरण गर्ने अवधारणा अघि सारिएको छ ।

  सिन्धुलीका युवाहरु कुखुरापालन बाट मासिक दुई करोड कमाउदै!!
13 Jul / 2016

  सिन्धुलीका युवाहरु कुखुरापालन बाट मासिक दुई करोड कमाउदै!!

Write By: admin Published In: कृषि समाचार Hits: 78116

सिन्धुलीका वेरोजगार युवाले कुखुरापालन व्यवसायबाट मासिक दुई करोडभन्दा बढी आम्दानी लिने गरेका छन् । स्वरोजगारको सजिलो बाटो बनेको ब्रोइलर तथा लेयर्स कुखुरा पालन व्यवसायबाट उनीहरूले यस्तो आम्दानी गर्न थालेका हुन् ।  

सिन्धुलीमा अहिले करिब एक हजार जनाभन्दा बढी किसान व्यावसायिक रूपमा कुखुरा पालन गर्न थालेका छन् । उनीहरूले जिल्लामै खपत् भएको कुखुराको मासुबाट दुई करोड ६४ लाख रुपैयाँ मासिक आम्दानी गर्ने गरेका हुन् । विदेशमा हन्डर खाएर स्वदेश फर्किएका धेरै जसो युवा कुखुरा पालन व्यवसायमा लागेका छन् ।