कृषि प्रबिधि

UK को प्रबिधि जिरो इनर्जी पापा पम्प!!
17 Dec / 2016

UK को प्रबिधि जिरो इनर्जी पापा पम्प!!

Write By: admin Published In: कृषि प्रबिधि Hits: 57303

नेपाल जलस्रोतमा धनी देश हो तर पनि यसको पर्याप्त उपभोग र प्रयोग गर्न सकिएको छैन । पानीको अभावको कारणले नै धेरै मात्रामा खेती योग्य जमिन बाँझो राख्न बाध्यता छ र साथै पहाडी भेग र गाँउ गाँउमा पिउने पानीको लागी दैनिक आधा भन्दा बढी समय दिनुपरिराखेको छ । यस्ता समस्याबाट समाधान गर्न papa pump बरदान सावित भएको छ । यो पम्पबाट पानी तान्न विजुली र इन्धन केही चाहिदैन । यो पानीको प्रेसरबाट नै चल्ने पम्प हो । त्यसैले यसलाई Zero  Energy  Pump भनिन्छ र यसलाई Naf  Seeds ले दुईबर्ष अगाडी नेपालमा परिचित गराएको हो ।

अर्ग्यानिक खेतिको लागि जडीबुटीजन्य विषादी "हमाल झोल" बारे जानकारी!!
05 Aug / 2016

अर्ग्यानिक खेतिको लागि जडीबुटीजन्य विषादी "हमाल झोल" बारे जानकारी!!

Write By: admin Published In: कृषि प्रबिधि Hits: 37726

कृषिको आधुनिकीकरण तथा व्यवसायिकरणले गर्दा रासायनिक विषादीको प्रयोग अन्धाधुन्द तरीकाले भईरहेको छ । जसले गर्दा वातावरण प्रदुषण तथा हामीले उपभोग गरिने अन्न, तरकारी,फलफूलहरु पनि विशाक्त बनीरहेका छन् । आई.पि.एम. प्रविधिको विकास तथा विस्तारले गर्दा कृषक तथा उपभोक्ताहरुमा विषादीको प्रयोग प्रति केही सजग भएको पाइन्छ । तर कृषकहरुलाई रासायनिक विषादीको विकल्प दिनुपर्ने नितान्त आवश्यक देखिन्छ । यहि सिलसिलामा स्थानिय बनस्पती तथा घरेलु जडीवुटद्धारा रोगकीरा व्यवस्थापनका लागि यहॉ २ वटा प्रविधिहरु प्रस्तुत गरिएको छ । पहिलो प्रविधिमा माटोमुनी बसी दुख दिने कीराहरु रातो कमिला, खुम्रे फेद कटुवा, धमिरा जस्ता कीराहरुलाई न्यूनिकरणगर्नमा प्रयोग गरिन्छ भने दोस्रो प्रविधिमा वोट विरुवाका हॉगा,पात,डॉठ,फलफूलमा वसी नोक्सान पुर्याउने कीराहरु जस्तै लाही,खपटे,फट्याङ्ग्रा,फट्के,पतेरा जस्ता कीरहरुलाई व्यवस्थापन गर्नमा सहयोग पुर्याउछन् ।

किवी बगैंचामा काँटछाँट(Pruning) कसरी गर्ने त?? भिडियो सहित।।
08 Aug / 2016

किवी बगैंचामा काँटछाँट(Pruning) कसरी गर्ने त?? भिडियो सहित।।

Write By: admin Published In: कृषि प्रबिधि Hits: 10731

बगैचाबाट राम्रो उत्पादन लिनको लगि प्रत्येक वर्ष हिउँदमा काँटछाँट गर्नु अनिवार्य हुन्छ । काँटछाँट गर्नुको मुख्य उद्देश्य पुराना, एक आपसमा बाझिएका, रोग र कीरा लागेका, कमजोर तथा भाँचिएका हाँगा÷लहराहरु हटाई फल फल्ने नयाँ लहराहरु पलाउने उपयुक्त वातावरण सिर्जना गरी गुणस्तरयुक्त फल फलाउनु हो । मुख्य लहरा बाट पलाएर आएका तारको दायाँ, बायाँ तर्फ लगाईएका दुईवटा बलिया लहराहरु बाट आएका नयाँ शाखा लहराहरुलाई वाक्लो हुने गरी राख्नु हुँदैन। 

कुखुरापालनमा आहारा लागत न्युनिकरण उपायहरु!!
18 Jul / 2016

कुखुरापालनमा आहारा लागत न्युनिकरण उपायहरु!!

Write By: admin Published In: कृषि प्रबिधि Hits: 39114

कुखुरा पालन व्यवसायमा कूल लागतको करीब ८०–८५ प्रतिशत खर्च दानाको लागि हुने गर्दछ । अर्को तर्फ कुखुराको दानामा प्रयोग हुने मुख्य कच्चा पदार्थ (नेपालको सन्दर्भमा मकै) मानिसको पनि एक प्रमुख खाद्य अनाज हो । हाम्रो जस्तो खाद्यान्न अथाव भएको मुलुकमा खाद्य अनाज (मकै) को मात्रालाई कुखुराको दानामा केही मात्रामा भएपनि कम गर्न सकेमा खाद्य संकट न्यून गर्न केही मद्दत मिल्न सक्छ । अर्कोतर्फ कम पूँजी हुने कृषकहरुले सानो लगानीमा कुखुरा पाल्दा व्यवसायिक दाना खरीद गरी खुवाउँदा धेरै लागत दानामा खर्च भइ कम मुनाफा हुन्छ ।

कृषकका लागि अन्नपात सुकाउने हाइब्रिड सोलार ड्रायर प्रविधि!!
17 Dec / 2016

कृषकका लागि अन्नपात सुकाउने हाइब्रिड सोलार ड्रायर प्रविधि!!

Write By: admin Published In: कृषि प्रबिधि Hits: 4364

माछा सुकाउँदा सोझै घाममा सुकाउने तरिकाको अलावा आगोमाथि पनि सुकाईन्छ । आगोमाथि सुकाईएको माछा बाहिर पट्टि चाँडै सुक्ने तर भित्र राम्ररी नसुक्ने समस्या हुन सक्दछ । माछाको भित्री भाग राम्ररी सुकाउँदा बाहिर तर्फ डढ्ने हुन सक्छ । राम्रो तरिकाले नसुकाईएको माछामा छिट्टै ढुसी पर्ने तथा कीराले खाने जस्ता समस्या हुन्छन् । आगोको राप बढि भएमा माछा टुक्रिने डर हुन्छ । यी सबै समस्याहरुको निराकरणको लागि माछा सुकाउन सोलार ड्रायरको प्रयोग गर्न सकिन्छ । तर सोलार ड्रायर घाम लागेको बेलामा मात्र प्रयोग गर्न सकिने हुनाले विकसित प्रविधियुक्त हाईब्रिड सोलार ड्रायरको प्रयोग गर्नु उपयुक्त हुन्छ ।

कृषिमा प्लाष्टिक घरबाट फाइदा लिने तरीका!!!
24 Jul / 2016

कृषिमा प्लाष्टिक घरबाट फाइदा लिने तरीका!!!

Write By: admin Published In: कृषि प्रबिधि Hits: 70803

यो प्रविधिले प्रतिकूल मौसममा पनि अनुकूल वातावरण सृजना गरी तरकारी उत्पादन गर्न प्लाष्टिक घर बनाइन्छ । नेपालमा जेठदेखि भदौसम्म वर्षाबाट जोगाउन र हिउँदमा मङ्सिरदेखि फागुनसम्म चिसोबाट बिरुवा जोगाउन प्लाष्टिक घर निर्माण गरी तरकारीखेती गरिँदै आएको छ । केही सामान्य कुरामा विचार पुर्‍याउन सकेमा यसबाट हुने लाभ बढाउन सकिन्छ ।