बजार तथा बिमा

कसरी पाउने कृषि कर्जा/व्याज अनुदान ! कृषि कर्जा सम्बन्धी बिशेष जानकारी!!
23 Jul / 2016

कसरी पाउने कृषि कर्जा/व्याज अनुदान ! कृषि कर्जा सम्बन्धी बिशेष जानकारी!!

Write By: admin Published In: बजार तथा बिमा Hits: 73026

केन्द्रिय बैंकको पछिल्लो प्राबधान अनुसार नेपालमा रहेका वाणिज्य बैंकहरुले युवाहरुलाई व्यवसायिक कृषि, उर्जा तथा पर्यटन क्षेत्रमा गरि २० प्रतिसत अनिवार्य लगानी गर्नु पर्ने प्रावधान रहेको देखिन्छ । त्यसमा पनि खास गरि कृषि र उर्जामा १२ प्रतिसत अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था छ । यति मात्र होईन, उक्त ऋणमा ४ प्रतिसतसम्म ब्याज अनुदानको पनि व्यवस्था गरिएको छ । जुन नेपाल सरकारको आर्थिक वर्ष २०७१/७२ को बजेट बक्तव्यमा उल्लेख भएको छ ।