कृषि जानकारी

गुणकारी फलफुल तथा तरकारी (24)

Ac tincidunt Suspendisse malesuada velit in Nullam elit magnis netus Vestibulum. Praesent Nam adipiscing Aliquam elit accumsan wisi sit semper scelerisque convallis

 

 जग्गैविना तरकारीखेती!!
05 Aug / 2016

जग्गैविना तरकारीखेती!!

Write By: admin Published In: कृषि जानकारी Hits: 16660

केही समय अघिसम्म २/४ रोपनी जमीन नभई तरकारीखेती गर्नु व्यर्थको परिश्रम मानिन्थ्यो । यद्यपि, घरायसी उपभोगका लागि करेसाबारीमा तरकारी लगाउने प्रचलन भने पुरानै हो । तर, अहिले उन्नत जातका बीउबिजन तथा खेती गर्ने प्रविधिको विकासले थोरै जमीन हुनेहरूले पनि व्यावसायिक तरकारीखेती गर्न सक्ने भएका छन् । साथै, घरको छत, बार्दली र पेटीमा समेत तरकारीखेती गर्न थालिएको पाइन्छ । यसरी उत्पादित तरकारी आफूले उपभोग गरेर बढी भएको बेच्न पनि सकिन्छ । यसरी तरकारीखेती गर्ने विधिबारे सरकारले समेत प्रचारप्रसार थालेको छ । किसानले मात्र होइन, कोठा बहालमा लिएर बस्ने विद्यार्थीलगायतले समेत यस्तो किसिमको तरकारीखेती शुरू गरेका छन् । यो अभियान काठमाडौं उपत्यकालगायत शहरी क्षेत्रमा लोकप्रिय बन्दै गएको छ ।

घरमै भर्मीकम्पोस्ट अर्थात् गड्यौली मल कसरि तयार गर्ने त?? सम्पूर्ण बिधि सहित!!
01 Jul / 2016

घरमै भर्मीकम्पोस्ट अर्थात् गड्यौली मल कसरि तयार गर्ने त?? सम्पूर्ण बिधि सहित!!

Write By: admin Published In: कृषि जानकारी Hits: 42319

कम्पोष्ट मल भन्नाले परापूर्व कालदेखि किसानहरुले पात पतिंगर, झारपात कुहाएर बनाउंदै आइरहेको मल बुझिन्छ । यो मल राम्ररी कुहिन धेरै समय लाग्दछ र त्यसबाट विरुवाको खाद्यतत्व विरुवालाई प्राप्त हुन पनि धेरै समय लाग्छ । साधारण कम्पोष्ट मलमा सुक्ष्म जिवाणुहरु राखेर उन्नत प्रविधिबाट गुणस्तर युक्त कम्पोष्ट मल पनि बनाउन  सकिन्छ । यस्तो जिवाणुहरु राखेर बनाउंदा मल चाडै पाक्दछ र चाडै मल तयार हुन्छ तर उन्नत प्रविधिबाट बनाउने कम्पोष्ट मलमा प्रयोग गरिने सबै सुक्ष्म जिवाणुहरु हावा विना कार्यरत नहुने भएकाले बेलाबेलामा ती कम्पोस्ट मललार्इ  पल्टार्इ  राख्नु पर्ने जरुरी हुनु छ ।

पशुहरुको लागि यूरिया मोलासेस ब्लकको महत्व र बनाउने तरीका (फोटो सहित)!!!
23 Jun / 2016

पशुहरुको लागि यूरिया मोलासेस ब्लकको महत्व र बनाउने तरीका (फोटो सहित)!!!

Write By: admin Published In: कृषि जानकारी Hits: 35724

 मोलासेस चिनी उद्योगमा उखुबाट चिनी बनाउदा निस्किने पदार्थ हो!! गुणस्तर नहुने हुनाले यसलाई मानिसले खाने बस्तुहरुमा प्रयोग गरिदैन!! 

सुख्खा मौसममा हरियो घाँसपातको कमि हुने हुँदा गाईभैँसीलाई पौष्टिक तत्वहरू अपुग हुन्छ र उनीहरूले धेरै दूध दिन सक्दैनन् । यस्तो अवस्थामा गाईभैँसी लगायत उग्राउने पशुहरूको उत्पादन बढाउनको लागि पशुहरूलाई यूरिया–मोलासेस ढिका खुवाउन सकिन्छ ।

किन खुवाउने यूरिया–मोलासेस ढिका ?

  •  सुख्खा मौसममा पौष्टिक तत्वहरूको श्रोतको रुपमा काम गर्छ ।
  • पशुहरूलाई चाहिने खनिज पदार्थहरूको आवश्यकता पुरा गर्छ । 
  • दूधालु पशुहरूको दूध उत्पादन बढाउँछ । 
  •  हुर्कंदो पशुहरूको शारीरिक वृद्धि बढाउँछ ।


बनाउने सामग्री र मात्रा
यूरिया–मोलासेस–खनिज ढिका बनाउन बिभिन्न ठाउँमा बिभिन्न सामग्री प्रयोग गरेको पाईन्छ । तर यहाँ एफएओले सिफारिस गरे अनुसारको ढिका बनाउन प्रयोग गरीने सामग्री र तिनको मात्रा दिईएको छ ।


सामग्री/मात्रा
मोलासेस ४५ भाग
युरिया १० भाग 
चोकर ३० भाग 
सिमेन्ट÷चुन १० भाग


यूरिया–मोलासेस ढिका कसरी बनाउने ?

  •  आवश्यक सामग्रीहरू ठीक मात्रामा जोख्ने ।
  •  सबैभन्दा पहिले युरियालाई विस्तारै मोलासेसमा घोल्ने ।
  •  युरिया र मोलासेसको मिश्रण तयार भएपछि त्यसमा चोकर मिसाउने ।
  •  त्यसपछि चाहिने जति पानीमा नून र चुन वा सिमेन्ट घोलेरे त्यसलाई पहिलेको मिश्रणमा राम्रोसँग मिसाउने ।
  •  थोरै मात्रामा ढिका बनाउनको लागि बाल्टीन, बाटामा मिश्रण तयार गर्न सकिन्छ भने धेरै मात्रामा बनाउनको लागि सिमेन्ट गरिएको भुईंमा बेल्चा प्रयोग गरेर वा प्लाष्टिक ओछ्याएर पनि मिश्रण बनाउन सकिन्छ ।
  •  मिश्रण तयार भइसकेपछि त्यसलाई आकार दिनको लागि काठ वा फलामको वर्गाकार वा ईंटा आकारको साँचोमा राख्ने । साँचोको आकार आवश्यकता अनुसार सानो÷ठुलो बनाउन सकिन्छ ।
  •  ढिकालाई खँदिलो बनाउन साँचोमा मिश्रण राखेपछि माथिबाट साँचोको आकारको काठको टुक्रा राख्ने र त्यसमाथि २० देखि ३० सेकेण्ड उभिने ।
  •  आकारमा आइसकेको ढिकालाई ३ देखि ८ घण्टासम्म त्यत्तिकै छोडेर केही कडा भएपछि भण्डारण गर्ने । घाम र पानी नपर्ने सुख्खा कोठामा ढिका भण्डारण गर्नुपर्छ । ढिकामा पशुलाई खुवाउन उपयुक्त हुने कडापन आउन मौसम हेरी १ देखि २ दिन लाग्छ ।

यूरिया–मोलासेस ढिका कसरी खुवाउने ?

  •  तयार भएको ढिकालाई गाईभैँसीले चाट्न मिल्ने तर टोक्न नमिल्ने गरी गोठको उपयुक्त ठाउँमा राख्नु पर्छ । छायाँ पर्ने ठाउँ करिब १ मिटर वा ३ फिटको उँचो ठाउँमा ब्लक राखिदिने व्यवस्था मिलाउनुपर्छ ।
  •  यसको लागि ढिकालाई डोरीमा बाँधेर गाईभैँसीले भेट्ने गरी झुण्ड्याउन सकिन्छ वा ढिकाको आकारभन्दा थोरै मात्र ठुलो भाँडोमा राखेर गोठको भुईंमा राखेर पनि दिन सकिन्छ । तर ढिकालाई पानीबाट भने बचाउनु पर्दछ ।
  •  यस्तो ढिका खुवाउँदा पशुलाई प्रशस्त मात्रामा पानी दिनु पर्दछ ।
  •  ५ केजीको ढिका एउटा ३५० देखि ४०० केजीको गाईभैँसीलाई ७ देखि १० दिनसम्म पुग्छ ।
  •  गाईभैँसी र उग्राउने पशु बाहेक अरु पशुलाई यस्तो ढिका खुवाउनु हुँदैन ।
  • यसरी बाख्राहरुलाई केही छिन ब्लक चाट्न ‑खान) दिनुपर्छ, तर एकपटकमा वा १ दिनमा १५० ग्राम भन्दा बढी खान दिनुहुँदैन ।

    द्रष्टव्यः एउटा हुर्केको बाख्रालाई दिनको १५० ग्रामभन्दा बढी ब्लक खान दिइयो भने त्यसले नराम्रो (intoxicate)गर्न पनि सक्छ ।

Photos: Sushil Aryal

बाख्रा फार्म खोल्दा ध्यान दिनु पर्ने कुराहरु, मन परे share गरिदिनुहोला!!!!
22 Jul / 2016

बाख्रा फार्म खोल्दा ध्यान दिनु पर्ने कुराहरु, मन परे share गरिदिनुहोला!!!!

Write By: admin Published In: कृषि जानकारी Hits: 221764

पशुपालन व्यवसायमा बाख्रापालन एक अभिन्न अंगको रुपमा सबै भौगोलिक क्षेत्रका कृषकहरुले अपनाएको पाईन्छ । बाख्रापालन व्यवसायको प्रमुख उद्देश्य मासु उत्पादन गर्नु रहेतापनि उच्च हिमाली क्षेत्रमा सामान ढुवानीको निम्ति समेत बाख्राहरुको प्रयोग हुँदै आएको छ । यस बाहेक बाख्राको छाला, रौँ (पश्मिना) र हड्डीबाट निर्मित विभिन्न सरसामानहरुको उपयोग पनि भइरहेको छ ।
 

 बाख्राको दुधको उपभोग प्रचलनमा नभएपनि बालकको निम्ति प्रभावकारी हुनुका साथै कमलपित्त र क्षयरोग जस्ता रोगको उपचार समेत प्रभावकारी मानिएको छ । शहरीकरणको वृद्धिको साथै पशुजन्य पदार्थको माग बढीरहेको अवस्थामा मागको अनुपातमा उत्पादन वृद्धि गर्नु जरुरी छ । विगतको तुलनामा हालका वर्षहरुमा खसी बाख्राको उत्पादनमा वृद्धि भएतापनि बढ्दो मागलाई पूर्ति गर्न छिमेकी राष्ट्रहरुबाट खसी बोका आयात हुने क्रम जारी छ ।

बाख्रापालन व्यवसायलाई एक सम्मानित व्यवसायको रुपमा विकास, विस्तार र व्यवसायीकरण गरी आयात प्रतिस्थापन गर्न सम्बन्धित सरोकारवालाहरुको यस तर्फ ध्यान जानु नितान्त आवश्यक छ।

व्यावसायिक मौरीपालन सम्बन्धि तालिमको सूचना!! (असार २८, २९ र ३० गते)
03 Jul / 2017

व्यावसायिक मौरीपालन सम्बन्धि तालिमको सूचना!! (असार २८, २९ र ३० गते)

Write By: admin Published In: कृषि जानकारी Hits: 10231

आधुनिक तथा व्यावसायिक मौरीपालनमा लाग्न चाहने तथा कृषि उध्यमी बन्न चाहने युवाहरुलाइ  कृषि तालिम, परामर्श साथै अन्य सेवाहरु प्रदान गर्दै आइरहेको प्रांगारिक पाठशाला – School of Agriculture ले येही असार २८, २९ र ३० गते व्यावसायिक मौरीपालन सम्बन्धि तालिम संचालन गर्ने भएको छ !!

सित्तैमा नाइट्रोजन दिने एजोला!!!
16 Jun / 2016

सित्तैमा नाइट्रोजन दिने एजोला!!!

Write By: admin Published In: कृषि जानकारी Hits: 39933

के हो एजोला ?
एजोला पानीमा तैरने वनस्पती हो । प्रसस्त पानी भएको ठाउँमा यिनीहरु विश्वभरनै पाइन्छ । पानीमा हुने मखमल, जल उनिउ, हांसको झार र रातो एजोला जस्ता नामले पनि चिनिने एजोला उष्ण, समषितोष्ण र उपोषण क्षेत्रमा पाइन्छ । अत्यन्तै चिसो र अत्यन्तै सुख्खा ठाउँमा भने यो पाइदैन ।

विश्व खाद्य सँस्थाको अनुसन्धान अनुसार एजोला पिनाटा र एजोला फिलिकुलोइड्स नेपालका पोखरी र दबदबे जग्गामा धेरै पाइने गरेको छ । दुइटा लोब हुने पातहरु पालैपालो रहेका हुन्छन् । जमिन पटिको लोब बाक्लो हुन्छ र यसमा टोड्को (क्याभिटि) हुन्छ जसमा साइनोब्याक्टेरिया भेटिन्छन् ।