गुणकारी फलफुल तथा तरकारी

औषधिको राजा सहिजन/मोरिङ्गा  (Moringa Olifera ) खेति!!
23 Jun / 2016

औषधिको राजा सहिजन/मोरिङ्गा (Moringa Olifera ) खेति!!

Write By: admin Published In: गुणकारी फलफुल तथा तरकारी Hits: 90302

परिचयः

शितल चिनी तराई तथा मथ्य पहाडमा छिटो तैयार हुने रुख जुन मानव खाद्य पदार्थ, औषधी, रंग, घाँस तथा पानी शुद्धिकरणमा प्रयोग हुने अपहेलित बाली हो । यसको उत्पति हिमालयको दक्षिणी भेकमा भएको मानिन्छ । यो विभिन्न देशमा विभिन्न नामले चिनिन्छ । यसलाई ड्रम पिट्ने लठी जस्तो भएकोले अंग्रेजीमा Drum stick भनिन्छ तथा जराको गन्ध मूलाको जस्तो भएकोले Horseradish पनि भनिन्छ ।

गुणहरुः
पौष्टिक महत्व: शितल चिनीको खेती पात, फल र जराबाट पाइने विभिन्न खाद्यपदार्थ तथा औषधीको लागि पनि गरिन्छ । यसलाई संसारको धेरै पोषिलो बालीहरु मध्ये एक हो । यसको पातमा गाँजरमा पाइने बीटाकेरोटीन भन्दा बढी, सुन्तलामा भन्दा बढी भिटामीन सी, दूधमा भन्दा बढी क्यालसीयम, पालुङोमा भन्दा बढी फलाम एबं केरामा भन्दा पोटासियम पाईन्छ । 
खाद्य तथा पे पदार्थमा प्रयोगः कलिलो नरम फल (कोसा) विभिन्न किसिमले विभिन्न परिकारहरु पकाइन्छ । यसको बीउबाट उत्तम किसिमको तेल निकालिन्छ जुन खाना पकाउन तथा सिंगारमा प्रयोग गरिन्छ । कलिलो बीउ हरियो केराउको परिकार बनाए झैं प्रयोग गरिन्छ । पातहरु संसारको धेरै भागमा तरकारीको रुपमा प्रशस्तै प्रयोग गरिन्छ । जरा मशालाको रुपमा प्रयोग गरिन्छ । ताजा अथवा सुकाएको फूल चिया बनाउन प्रयोग गरिन्छ । 

स्वास्थ्यमा प्रयोगः
शितल चिनी बच्चाहरुको कुपोषणको लागि सफलताका साथ प्रयोग गरिन्छ भने यसले हाम्रो शरीरको लागि प्रतिरक्षात्मक प्रणालीलाई मजबुत बनाउने क्षमता भएकोले छिटै निको नहुने संक्रमणित रोग जस्तैः एड्स वा एच.आइ.भी. को आधुनिक औषधी बनाउन प्रयोग गरिन्छ । यस्को प्रयोग कलेजोको रोगी समेत विभिन्न अरु रोगहरु उपचार गर्ने परम्परागत औषधी बनाउन प्रयोग गरिन्छ । 
यसले फोक्सो को रोग पनि निबाराण गर्न सहयोग गर्छ । हालमा यसले एन्टीबायोटिक गतिविधिका रसायन उत्पादन गर्ने भएकोले औषधीहरुको लागि जैविक उत्प्रेरकको रुपमा पत्ता लागेको छ । 
अन्य प्रयोगः यस्को बीउ र वा बीउको पिना पानी शुद्धिकरणमा प्रयोग गर्ने दिसा तर्फ अनुसंधान भईरहेको छ ।

बृद्धि विकासः
यो विभिन्न किसिमका वातावरणीय अवस्थामा उत्पादन हुन सक्दछ । यो छाँयामा ,धेरै उँच्च तापक्रम सहन सक्छ र हल्का तुषारोमा पनि बाँच्न सक्छ । यो सुख्खा सहन सक्ने रुख भएकोले वार्षिक २५०–१५०० मि.मी.सम्मको वर्षामा पनि राम्ररी हुन सक्छ । यो राम्रो निकास भएको बलौटे दोमट वा दोमट माटो , पांगोमाटो पनि सुहाउँछ। यो सिधै बीउ रोपण, बेर्ना सार्ने वा कडा डाँठको कटिङबाट प्रसारण गर्न सकिन्छ ।

उत्पादनः
यसको पात ३–६ महिनाको उमेरमा जब रुख १.५ देखि २ मीटर अग्लो अवस्थामा टिपिन्छ । यसको पात डाँठ हांगाबाट तानेर टिपिन्छ । पुराना पातहरुलाई कडा डाँठबाट नङ्गयाउनु पर्दछ । यस्ता पातहरु सुकेको पातको धुलो अथवा पाउडर बनाउन प्रयोग गरिन्छ किनभने डाँठहरुलाई बोटवाट अर्को ठाउँमा सार्नु पर्ने हुन्छ । ताजा तरकारीको लागि कलिलो हरिया पातहरु विहानै टिपेर बजारमा उही दिन बिक्री गर्ने पर्ने हुन्छ ।
फूल रकोसा दोश्रो वर्षमा उत्पादन दिन्छ । कोसाहरु कलिलो कोमल र हरियो टिप्नु पर्दछ । छिपिएको कोसाको बीउहरु पाक्नु भन्दा अगाडिसम्म छोटो समयको लागि खान लायक हुन्छ ।

ग्रामीण तथा सामाजीक विकासमा योगदानः
यो न्युन उपयोग पर्ने बाली ग्रामीण तथा शहरी क्षेत्रका मानिसहरुको जीविकोपार्जनमा यसको प्रत्येक भागहरु कुनै न कुनै तरीकाले फाइदामन्द रहेको छ । यसको खेती उद्देश्य र चाहिएको परिमाण अनुसार सामुदायिक परियोजनामा वा परिवार तहमा सानो परिमाणमा गर्ने गरिन्छ । यो वायूअवरोधक, भू–क्षय रोक्न, जिवित बार, सौन्दर्यता तथा अरु बालीको लागि छाँया प्रदान गर्न प्रयोग गरिन्छ । यस्को उत्पादन तथा उपभोगको राम्ररी संतुलन नभएमा जैविक प्रणाली समेतमा नकरात्मक प्रभाव परी अनुवांशिक श्रोत पनि लोप हुने अवस्था हुन सक्ने हुन्छ । त्यसकारण उन्नत प्रविधिबाट खेती गरी हालको आवश्यक्तालाई पुर्ति गर्न सकिन्छ । वास्तवमा शितल चिनीको प्रभावकारी विकास र व्यवस्थापनमबाट विकसित देशहरुमा दीगो विकास ताथ गरिवी न्यूनीकरणमा योगदान पु–याएको छ । मानिसहरुको सामाजिक तथा आर्थिक विकासको लागि सितल चिनीको तत्काल माग र प्राकृतिक श्रोतको आधार संरक्षण बीचको संतुलन हुनु नितान्त आवश्यक छ ।

जातहरुः
स्थानीय जातहरु बढीमात्रामा गाउँ घरमा देखिन्छ। यसमा पनि वर्षमा १ पटक मात्र र कुनै कुनै २ पटक फल्ने पनि हुन्छ । तर बढी उत्पादन लिन को लागि बर्षमा २ चोटी फल्ने जात लगाउनु पर्दछ ।

रोपने दूरीः
२ मीटर पंक्ति देखि पंक्ति १.५मीटर बोट देखि बोटको दुरीमा रोप्नु पर्दछ ।

सिँचाईः
उन्नत किसिमको व्यवसायिक खेती गर्दा सुख्खा याममा १, २ पटक सिंचाई गर्नु पर्दछ ।

रोग किराः
यसमा खास गरेर झुसिले किराले पौष माघमा सम्पूर्ण पात खाएर डाँठ मात्र देखिने गरी बनाउने हुनाले यस्को उत्पादनमा धेरै कमी आउँछ । यसको नियन्त्रणको लागि नीमको विषादी ३ मि.ली.प्रति लिटर पानीको दरले स्प्रे गर्नु पर्दछ । रोगमा चिसो महिनामा डढुवा लाग्ने भएकोले व्यवस्थापनका उपाय गर्नु पर्दछ ।

तरकारीको उत्पादनः
शितलचिनीको जात अनुसार तथा बोटको उमेर अनुसार वर्षमा १०० देखि २५० किलो सम्म तरकारीको रुपमा बिक्री गर्न सकिन्छ । यसबाट तरकारीको बिक्रीबाट राम्रो आम्दानी गर्न सकिन्छ ।

कटहरको यस्तो फाइदा जो कमैलाई थाहा होला!!
23 Jul / 2016

कटहरको यस्तो फाइदा जो कमैलाई थाहा होला!!

Write By: admin Published In: गुणकारी फलफुल तथा तरकारी Hits: 18160

कटहर काँचोमा तरकारी र पाकेपछि फलकोरुपमा प्रयोग हुने बहुउपयोगी फल हो । यो फल औषधीका गुणहरुले भरिपूर्ण छ । तर मानिसहरु यसको नियमित सेवन गर्दैनन् । कटहरमा महत्वपूर्ण कार्वोहाइड्रेट मात्र होइन विभिन्न भिटामिन पनि पाइन्छ । तरकारीकोरुपमा पनि खान सकिने कटहरको अचार र पापड पनि बनाउन सकिन्छ । कटहरको नियमित सेवनल् विभिन्न रोगको पनि उपचार गर्न सकिन्छ ।

कब्जियत, रगत बग्ने, चिलाउने, स्वास गन्हाउने, सम्बन्धित रोग छ भने खानुहोस अमला!!
09 Sep / 2016

कब्जियत, रगत बग्ने, चिलाउने, स्वास गन्हाउने, सम्बन्धित रोग छ भने खानुहोस अमला!!

Write By: admin Published In: गुणकारी फलफुल तथा तरकारी Hits: 61763

अमला एक बहुगुणकारी फल हो । अमला खाँदा अमिलो र टर्रो भए पनि खाएको एकैछिनमा मुखमा मिठो स्वाद उत्पन्न हुन्छ । अमला अति स्वस्थकर फल हो । यी रोग र समस्यामा अमलाले फाइदा गर्छ ।

कालो धब्वा लागेको केरा स्वास्थ्यका लागि फाइदाजनक!!
04 Oct / 2016

कालो धब्वा लागेको केरा स्वास्थ्यका लागि फाइदाजनक!!

Write By: admin Published In: गुणकारी फलफुल तथा तरकारी Hits: 18335

एजेन्सी । अधिकांश मानिसले दिनहुँजसो केरा सेवन गरिरहेका हुन्छन् । बजारबाट केरा किनेर ल्याँउदा होस् वा घरमा पाकेको केरा खाँदा होस् हरेक जसोले पहेँलो र राम्रो केरानै रोज्ने गर्छन् । धेरैलाई लाग्न सक्छ हलुका कालो धब्बा लागेको केरा विग्रेको हुन सक्छ सोही कारण पहेँलो केरा नै हरेकको रोजाईमा पर्ने गरेको हुन्छ । तर, हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ की कालो धब्बा लागेको केरा स्वास्थ्यका लागि निकै फाइदाजनक रहेको हुन्छ । 

किन दैनिक खान जरुरी छ केरा ?
20 Jun / 2016

किन दैनिक खान जरुरी छ केरा ?

Write By: admin Published In: गुणकारी फलफुल तथा तरकारी Hits: 31055

आयुर्वेदका अनुसार केरा स्वास्थ्यका लागि निकै उपयोगी मानिएको छ । केराले उच्च रक्तचापलाई सामान्य राख्छ र धमनीमा नोक्सान पुग्नबाट बचाउँछ । केरामा पाइने म्याग्नेसियमले रक्तसञ्चारलाई सहज बनाउँछ । केरामा भिटामिन ‘ए’ ‘बी’ र ‘डी’ समेत पाइन्छ । केराले युरिनरी क्याल्सियममा आउने कमीलाई पूरा गर्छ । झाडापखालामा, मुटुको ढुकढुकी बढेमा केराको सेवनले निको हुन्छ । केराले अल्सर हुनबाट बचाउँछ, हाड बलियो बनाउँछ र पेटको अम्लीयपन नष्ट गर्छ ।
 

केराको डाँठको जुसको आश्चर्यजनक फाइदा!!
16 Jun / 2016

केराको डाँठको जुसको आश्चर्यजनक फाइदा!!

Write By: admin Published In: गुणकारी फलफुल तथा तरकारी Hits: 51015


एजेन्सी – केराको फलमात्र होइन यसको फूल, पात र डाँठ पनि स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।। धेरै केरा खाँदा तौल बढ्छ भन्ने परम्परागत मान्यता छ ।  वास्तवमा केरामा मानिसलाई शान्त पार्ने तत्व हुन्छ जसले पाचनप्रक्रियालाई सहयोग गर्नुका साथै मेटाबोलिजमलाई तीब्र बनाउँछ । घरमै मानिसको तौल घटाउनका लागि केराको डाँठ एउटा प्रभावकारी माध्यम हो ।

कसरी घटाउछ केराको डाँठले तौल??

केराको डाँठ (हाँगाँ) मा फाइबरको मात्रा धेरै र क्यालोरी कम हुने भएकोले यसको जुसले लामो समयसम्म सन्तुष्टि दिन्छ । जसले कोषमा जम्मा हुने फ्याट र सुगर निस्कासन गर्ने प्रक्रियालाई ढिलाई गर्न सहयोग गर्नुका साथै उर्जा प्रदान गर्छ ।

केराको डाँठले कब्जियतलाई निर्मूल गर्नुका साथै पेट दुख्ने समस्या समेत निको पार्छ । डाँठको जुसमा हुने तत्व किड्नी स्टोनको आकार घटाई त्यसलाई घुलाउन सहयोग गर्छ किनकी यसले शरिरको काम नलाग्ने तरलाई पर्दाथलाई निर्मूल गर्न सहयोग गर्छ । जुसमा हुने फाइबरले कब्जियत निको पार्छ । यसलाई मदिरा र लागू औषधको कूलत हटाउन समेत प्रयोग गरिने बताइन्छ ।

कसरी प्रयोग गर्ने केराको डाँठ ?

डाँठको बाहिरी पात हटाई डाँठको भित्रि भागलाई टुक्रा टुक्रा काटेर जुस बनाउन सकिन्छ । टुक्रालाई मसिनो हुने गरी पिस्ने र डाँठबाट निस्कोको पानीलाई छानेर एउट भाँडोमा राख्ने । मिठो स्वादका लागि लाईम जुस पनि मिसाउन सक्नुुहुन्छ । यसलाई दैनिक खानुहोस ।

डाँठलाई दुधमा मिसाएर पनि खान सकिन्छ । रातभर डाँठका टुक्रालाई दुधमा भिजाउनहोस । बिहान राम्रोसँग घोल्नुहोस । यसमा अलिकति चिनि मिसाएर स्वादिलो बनाएर खान सक्नुुहुन्छ ।

-स्वास्थ्य खबरपत्रिका