Latest Blogs

इजरायली कृषि प्रणालीबाट नेपालले सिक्नुपर्ने कुराहरु!!!
16 Mar / 2017

इजरायली कृषि प्रणालीबाट नेपालले सिक्नुपर्ने कुराहरु!!!

Write By: admin Published In: कृषि समाचार Hits: 40915 Comment: 0

समृद्धिपूर्व इजरायल मध्यपूर्वको मरुभूमिको रुपमा चिनिथ्यो । जमिनको उपयोग हुन सकेको थिएन । मरुभूमिका कारण खाद्य तथा जलसुरक्षा अहम् सवालहरू थिए । सन् १९४८ को स्वतन्त्रतापश्चात् कृषिक्षेत्रमा कायापलट शुरुवात भयो । कृषिक्षेत्रलाई यान्त्रीकरण गरियो । उन्नत मल, बीउ र प्रविधि उपयोग गरियो ।

यस्ता साँसद जसले सांसद क्षेत्र पूर्वाधार कोषको १० लाख कृषि यान्त्रिकरणमा खर्च गर्न लगाए!!
13 Mar / 2017

यस्ता साँसद जसले सांसद क्षेत्र पूर्वाधार कोषको १० लाख कृषि यान्त्रिकरणमा खर्च गर्न लगाए!!

Write By: admin Published In: कृषि समाचार Hits: 18844 Comment: 0

पर्वत/हरेक सांसद समक्ष विकासको योजनाको रुपमा सडक, खानेपानी, बिद्युतीकरण, सिंचाईलगायतका माग बढी आउने गर्छन । कृषि क्षेत्रको विकास र कृषिलाई यान्त्रिकरण गर्नका लागि कुनै माग सम्भवत आउदैन । गाउँका युवाहरु रोजगारीका लागि पलायत हुने, खेतीयोग्य जमिन बाँझो हुँदै गएपछि पर्वत–१ का सांसद अर्जुनप्रसाद जोशीले कृषि क्षेत्रको विकास र कृषिलाई यान्त्रिकरण अभियान चलाएका छन् ।

चिराइतो बिक्री गर्न हेलिकप्टर चार्टर !!
10 Mar / 2017

चिराइतो बिक्री गर्न हेलिकप्टर चार्टर !!

Write By: admin Published In: कृषि समाचार Hits: 17270 Comment: 0

किमाथांकाका तेनछेवी भोटे हेलिकप्टर चार्टर गरेर उत्तरी क्षेत्रमा उत्पादन भएको चिराइतो तिब्बतको चाँगा बजारमा लैजान्छन् । गाउँमा उत्पादित चिराइतो नुम, हटियागोला, स्याक्सिलालगायतका ग्रामीण बजारमा चिराइतो भेला पार्छन् । अरुणपारिका ताम्कु, मांतेवा, याफू, वाला, सिसुवालगायतका गाविसमा उत्पादन भएको चिराइतो खच्चडबाट हटिया, मकालु, स्याक्सिलालगायत बजार पुर्‍याएपछि त्यहाँबाट हेलिकप्टरमा झुन्ड्याएर किमाथांका लगिन्छ ।

कतार र साउदीबाट फर्केर व्यवसायिक भैंसी पालनमा जम्दै मिया!!
05 Mar / 2017

कतार र साउदीबाट फर्केर व्यवसायिक भैंसी पालनमा जम्दै मिया!!

Write By: admin Published In: कृषि समाचार Hits: 34813 Comment: 0

प्युठान, ७ वर्ष कतार, ३ वर्ष साउदी र १६ महिना माल्दिभ्समा काम गरेर घर  फर्केका  बाङ्गेसाल ४ का ३५ वर्षीय सलामत मिया व्यावसायिक भैंसीपालनबाट मनग्य आम्दानी गर्न सफल भएका छन्। उनले झन्डै १० लाख रुपैयाँ लगानी गरेर ‘समिलु भैंसी फार्म’ दर्ता गरी संचालन गरेका हुन्। कोलगाँडेमा रहेको आफ्नै जग्गामा आधुनिक गोठ निर्माण गरी फार्म खोलेका मियाले स्थानीय सहकारीमा दूध बिक्री गर्दै आएका छन्। 

बाच्छी मात्र पाउने उन्नत विर्यको प्रयोग सफल!!
04 Mar / 2017

बाच्छी मात्र पाउने उन्नत विर्यको प्रयोग सफल!!

Write By: admin Published In: कृषि प्रबिधि Hits: 30072 Comment: 0

अर्घाखाँची।नेपालमा पहिलो पटक गाईमा परीक्षण गरिएको बाच्छी मात्र पाउने उन्नत विर्य प्रयोग सफल देखिएको छ। पशु उत्पादन निर्देशनालयको प्राविधिक सहयोगमा राष्ट्रिय दुग्ध विकास बोर्डले दूध उत्पादनका लागि अमेरिकाबाट उन्नत विर्य ल्याएको थियो। बोर्डले एउटा गाईमा प्रयोग गर्ने विर्य ३ हजार ५ सय रुपैयाँमा खरिद गरेर किसानलाई निःशुल्क वितरण गरिरहेको छ।

03 Mar / 2017

नेपालमै पहिलोपटक पराल पोको पार्न सक्ने मेशिन निर्माण! एक दिनमै एक हजार पोको पार्न सक्ने!!

Write By: admin Published In: कृषि समाचार Hits: 95 Comment: 0

बनेपा ।च्याउ खेतीलाई सरल र कम खर्चिलो बनाउन नेपालमै पहिलोपटक अटोमेटिक च्याउ बलर (पराल पोको पार्ने) मेशिन गुरु श्री एग्रीकल्चर मेशिनरी प्रालि बनेपाले निर्माण गरेको छ । यसबाहेक गुरु श्रीले च्याउ उत्पादनका लागि अत्यावश्यक वस्तु पराललाई स्टिम (बफ्याउने) र च्याउको बीउ बनाउने कच्चा वस्तुलाई स्टिम गर्ने भाँडो पनि निर्माण गरेको छ । १८ महीनाभन्दा लामो समयको खोज र अनुसन्धानपछि आफूले च्याउ बलर मेशिन निर्माण गर्न सफल भएको गुरु श्रीका निर्देशक एवम् सञ्चालक बालकृष्ण श्रेष्ठले बताए । ‘यो मेशिन निर्माणको अनुसन्धानमा मात्रै झण्डै २५ लाख रुपैयाँ खर्च भएको छ,’ उनले भने, ‘निर्माणका क्रममा धेरै पटक मेशिन बनाउने र भत्काउने काम गर्नुपरेकाले खर्च बढी लागेको हो ।