Latest Blogs

रुखो पाखोमा रसिलो 'ड्रागन फ्रुट'!!
12 Jul / 2017

रुखो पाखोमा रसिलो 'ड्रागन फ्रुट'!!

Write By: admin Published In: कृषि समाचार Hits: 29194 Comment: 0

डा. सूर्यप्रसाद पाण्डे अचम्मको 'ड्रागन फ्रुट' को व्यावसायिक खेती नेपालमा सम्भव छ र यसको खेती यसरी गर्नुपर्छ भनेर विज्ञान, प्रविधि र तौरतरिका मात्र होइन, प्रदर्शन गरेरै साबित गरेका छन् । यी तिनै पाण्डे हुन्, जो नेपालमा नयाँ फलफूल खेती सुरुआत गर्ने भनेर प्रख्यात छन् ।उनी नयाँ परिचय दिइरहनुपर्ने व्यक्ति पनि होइनन् । ज्यादै महँगो किवी फलको नेपाली नाम ठेकी फल हो र यो नेपालको रैथाने फल हो भनेर उनैले खोजी गरेर पत्ता लगाएका हुन् । जो अहिले देशव्यापी रूपमा फैलिइरहेको मात्रै छैन, नेपालबाट विदेश निर्यात पनि हुन थालेको छ ।

राजधानीमै प्लास्टिकको चामलको बिगबिगी!! एक व्यापारी पक्राउ!!
12 Jul / 2017

राजधानीमै प्लास्टिकको चामलको बिगबिगी!! एक व्यापारी पक्राउ!!

Write By: admin Published In: कृषि समाचार Hits: 14942 Comment: 0

काठमाडौं, असार २८ । प्लास्टिकको चामल बिक्री गरेको आरोपमा प्रहरीले राजधानीबाट एक व्यापारीलाई पक्राउ गरेको छ । प्रहरीले सानो भर्‍याङबाट शेरचन ब्रदर्श प्रालिका टंकप्रसाद शेरचनलाई पक्राउ गरेको हो ।

शेरचनले बिक्री गरेको आरटीसी ब्रान्डको चामल प्लास्टिकको भएको आशंकामा महानगरीय प्रहरी परिसरले उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।स्रोतका अनुसार प्रहरीको १ नम्बर गणले शेरचनको स्वयम्भु सानो भर्‍याङमा रहेको पसलबाट किनेको चामल अरर्रो भएपछि अनुसन्धान अघि बढाएको थियो ।

चामल फुट्नुको साटो बल उफ्रिएझैं उफ्रिएपछि काठमाडौं परिसरले अनुसन्धान अघि बढाउँदै शेरचनको गोदाममा छापा मारेको हो ।

काठमाडौं परिसरका एसएसपी छविलाल जोशीले शेरचनको गोदाममा शिलबन्दी गरी चामल परीक्षणका लागि खाद्य अनुसन्धानमा पठाउने तयारी गरेको जानकारी दिए । –नागरिक दैनिकबाट

क्यान्सर, मधुमेह, मुटु रोग, अल्सर जस्ता अनेक समस्याका लागि अचुक औषधी बाँसको तामा!!
11 Jul / 2017

क्यान्सर, मधुमेह, मुटु रोग, अल्सर जस्ता अनेक समस्याका लागि अचुक औषधी बाँसको तामा!!

Write By: admin Published In: कृषि समाचार Hits: 17480 Comment: 0

हाम्रा पाकघरमा असार महीनाको छेकछाकतिर सब्जीको रूपमा पाक्ने परिकारमध्ये एउटा हो बाँसको तामा । अंग्रेजीमा बेम्बो शूट भनिने यो परिकारलाई हामी तामा भनेर चिन्छौं। हामी यसो त धेरैप्रकारका बाँसको तामा सब्जीको रूपमा प्रयोग गर्दछौं, तरै पनि प्रचलित रूपमा चोयाबाँस वा जुन बाँसबाट चोया बनाउन सकिन्छ, त्यस्ता बाँसको तामा खानेगर्छौं भने परेङ (सानो प्रजातिको बाँस, जसबाट चित्रा बनाइन्छ) को तामा पनि हामी सब्जीको रूपमा खान्छौं । ठूला बाँसको तामाभन्दा साना प्रजातिका बाँसको तामा खानको निम्ति निक्कै स्वादिष्ट हुन्छ ।

साउदीका म्यानेजरलाई सुनाउन मन छ, नेपालमै ७० हजार कमाउँछु!!
10 Jul / 2017

साउदीका म्यानेजरलाई सुनाउन मन छ, नेपालमै ७० हजार कमाउँछु!!

Write By: admin Published In: ROOT Hits: 26867 Comment: 0

सर्लाही। सर्लाहीको शंकरपुर– ९ का बिमल लामालाई हिजो आज साउदीका मालिकलाई भेट्न मन लागेको छ । साउदीमा काम गर्दा आफूलाई अह्राई पह्राई गर्ने मालिकलाई भेट्न मन लाग्नुको कारण फेरी पनि उनको सल्लाह लिन हैन । हिजो आज नेपालमा आफूले गर्ने काम र कमाईका बारेमा भन्न मन छ, ‘घण्टौं काम नगरेपनि ७० हजार रुपैयाँ कमाउँछु ।’ बिमलले साउदीमा खान खाएर हात ओभाउन नपाउँदै गाली गरेर काममा खटाएको बिर्सिनु भएको छैन ।

उपत्यकामा घट्यो तरकारीको मूल्य, उपभोक्तालाइ थोरै राहत !!
08 Jul / 2017

उपत्यकामा घट्यो तरकारीको मूल्य, उपभोक्तालाइ थोरै राहत !!

Write By: admin Published In: कृषि समाचार Hits: 6121 Comment: 0

काठमाडौैैैँ।  उपत्यकामा केही दिनयता मौसमी तरकारीको मूल्य थोक बजारमा गतको असारको तुलनामा यो आधाभन्दा बढीले घटेको छ । यस वर्ष उपत्यकाभित्रै मौसमीतरकारी उत्पादन बढेको र बाहिरबाट पनि पर्याप्त तरकारी भित्रिएकाले मौसमी तरकारी थोक बजारमा गत वर्षको असारमा भन्दा यो वर्ष असारमा ६६ प्रतिशतसम्म मूल्य घटेको हो । थोकमा किन्नेले सस्तोमा तरकारी खरिद गरे पनि खुद्रा बजारमा तरकारी खरिद गर्ने उपभोक्ताहरूले भने तरकारी घटेको मूल्य महसुस गर्न पाएका छैनन् ।

‘आधुनिक कृषिकालागि डेढ करोडका कृषि औजार’!!
07 Jul / 2017

‘आधुनिक कृषिकालागि डेढ करोडका कृषि औजार’!!

Write By: admin Published In: कृषि समाचार Hits: 3724 Comment: 0

तुलसीपुर, जिल्ला कृषि विकास कार्यालय दाङले कृषकहरुलाई आधुनिक कृषि औजार वितरण गर्नेभएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत एक करोड ६० लाख बाराबरका विभिन्न कृषि औजारहरु बितरण गर्न लागेको कार्यालयका योजना अधिकृत तिलक केसीले जानकारी दिए ।