Latest Blogs

लौकाले शरीरमा हुने कस्ता समस्यामा फाइदा गर्छ?
10 Jun / 2016

लौकाले शरीरमा हुने कस्ता समस्यामा फाइदा गर्छ?

Write By: admin Published In: गुणकारी फलफुल तथा तरकारी Hits: 34542 Comment: 0

लौका बजारमा सहजै पाइने किसिमको तरकारी हो। पछिल्लो समयमा लौका खाँदा हुने फाइदाहरुको कारण यसले चर्चा पनि पाएको छ। लौका नरुचाउनेहरुले पनि लौका खाने गरेको पाइएको छ। लौकामा हुने पोषक तत्वहरुले शरीरलाई फाइदा गर्छ भन्ने धेरैलाई थाहा छ तर लौका विशेष गरी के र कस्तो अवस्थामा बढी लाभकारी हुन्छ भन्ने थाहा नहुन सक्छ।
 
यसका केही विशेष फाइदाहरु निम्न बमोजिम छ। 

  • पटक पटक गर्भपतन भएर समस्या भएका महिलाले लौकाको तरकारी र रस खानाले गर्भपतन हुने सम्भावना कम हुँदै जान्छ। 
  • लौका शक्तिवर्धक र वीर्यवर्धक मानिन्छ। लौकाले पुरुषत्व बढाउन मद्दत गर्छ। 
  • लौकाको रस र तरकारी खानाले रक्तचाप नियन्त्रण हुनुका साथै यसले मुटु रोगीलाई पनि फाइदा गर्छ।
  • लौका खानाले पिसाब पोल्ने र अन्य पिसाब सम्बन्धी समस्या पनि कम गर्छ।
  • कलेजो सुन्निने समस्या भएमा लौका खानु राम्रो मानिन्छ।
  • नियमित लौका खानाले वजन घटाउनमा पनि मद्दत गर्छ।
  • पखाला लागेको बेला लौकाको रसले निकै फाइदा गर्छ।
  • शरीरको कुनै भागमा रगत बगिरहेको भएमा लौकाको बोक्राको लेप लगाउँदा रगत बग्न रोकिन्छ।
  • ज्वरो, मानसिक तनाव, पायल्स, जण्डीस जस्ता रोग लागेको बेलामा लौकाको रस खानु राम्रो हुन्छ।
सुगर रोगबाट मुक्त हुने यो हो अचुक ओखती हो बेल!!
09 Jun / 2016

सुगर रोगबाट मुक्त हुने यो हो अचुक ओखती हो बेल!!

Write By: admin Published In: गुणकारी फलफुल तथा तरकारी Hits: 143631 Comment: 0

काठमाडौं । यदि तपाई मधुमेह पीडित हुनुहुन्छ भने अब आत्तिनु पर्दैन । तपाईले घरेलु उपायहरू अपनाएर नै आफ्नो स्वास्थ्यमा सुधार ल्याउन सक्नु हुन्छ । यदि गुलियो चिजहरूको सेवनका कारण तपाईलाई मधुमेहले पीडित बनाएको हो भने तपाईले बेलाको पातलाई प्रयोग गर्न सक्नु हुनेछ । यस रोगबाट छुटकारा पाउन तपाईले १५ वटा बेलको पातलाई ३० ग्राम पानीमा मिलाएर पिस्नुपर्ने हुन्छ । त्यसपछि ३ या ४ कालो मरिचको दालाई धुलो हुने गरी पिसेर पिसिएको बेलको पातसँग मिश्रण बनाइ त्यसलाई एउटा सफा कपडाले छानेर आएको रसलाई सेवन गर्नुहोस्।

यसप्रकारले बेलको पात पिसेर पिनाले तपाई केही महिनामा नै यो रोगबाट मुक्त हुनु सक्नु हुनेछ । त्यसैगरी बेलको पत्रलाई अन्य तरिकाले प्रयोग गरे पनि यस रोगका लागि प्रयोग गर्न सकिन्छ । तपाईले ६ वा ७ वटा बेलको पात, कालो मरिचको दाना, तुलसीको पात र निमको पातलाई एकै ठाउँमा राखेर एकदमै मसिनो हुने गरेर मजाले पिँधेर एक गिलास पानीसँग युक्र मिश्रण सेवन गर्नुहोस । हरेक दिन यसप्रकारको घोल पिउनाले तपाई छिट्टै मधुमेह रोगबाट मुक्त हुन सक्नु हुनेछ ।

व्यवसायिक कृषिको लागि मल्चीङ्ग प्रबिधि र यसका फाइदाहरु!!
09 Jun / 2016

व्यवसायिक कृषिको लागि मल्चीङ्ग प्रबिधि र यसका फाइदाहरु!!

Write By: admin Published In: कृषि प्रबिधि Hits: 90113 Comment: 0


तरकारी तथा फलफूल खेतीको लागि झारपात र पानीको कमी मुख्य व्यावधान हुन् । शोध र अनुसन्धानबाट यो थाहा हुन आएको छ कि झारपातको कारणले गर्दा तरकारी खेती उब्जनीमा भारी क्षती पुग्छ जसले गर्दा उत्पादन लागत पनि बढ्न जान्छ । उत्पादन बढाउन तथा पानी संचयको लागि मल्चीङ्ग धेरै नै सहयोगी हुने गरेको छ । माटोलाई सुकेको पातहरू, हाँगा र अन्य झारपात आदिद्वारा छोपेर राख्नु नै मल्चीङ्ग हो । प्लाष्टिक शीटद्वारा मल्चीङ्ग गर्नु एक उत्कृष्ट विधि हो ।

बहुमुल्य/बहुउपयोगी वनस्पति पाउलोनियाको बारेमा बिस्तृत जानकारी!!
09 Jun / 2016

बहुमुल्य/बहुउपयोगी वनस्पति पाउलोनियाको बारेमा बिस्तृत जानकारी!!

Write By: admin Published In: कृषि जानकारी Hits: 59455 Comment: 0

करिब ६०–७० फिटसम्मको सुरिलो रुख र छरितो फेद, टुप्पामा लामा लामा हाँगामा दुई फिटसम्मका फराकिला र चौडा पात यो वनस्पति पाउलोनियाको उत्पति स्थल हाम्रै उत्तरी छिमेकी देश चीनलाई मानिन्छ । पाउलोनिया १७ प्रजातिका हुन्छन् भने तीमध्ये फोरचुनाई र टोमेन्टोसा प्रजातिका पाउलोनिया छिटो बढ्ने र करिब ८–१० वर्षमै काटेर उपयोग गर्न सकिन्छ । यसको परिपक्व काठ पहेंलो र हल्का खरानी रङको हुन्छ । जापान र कोरियामा करिब एक हजार वर्ष पहिले नै यसको खेती सुरु गरिएको र १९ औं शताब्दी अर्थात् सन् १९४० ताका अमेरिका, युरोप, अष्ट्रेलिया तथा न्युजिल्यान्डसम्म यसले प्रवेश पाएको इतिहास छ । पाउलोनियालाई नेपालीमा ‘बोधसाल’ भनिन्छ । 

म्याग्दीकै नमुना र आधुनिक बाख्रापालन, जहाँ बाख्रा बस्ने ११ वटा छुट्टै कोठा छन्!!
08 Jun / 2016

म्याग्दीकै नमुना र आधुनिक बाख्रापालन, जहाँ बाख्रा बस्ने ११ वटा छुट्टै कोठा छन्!!

Write By: admin Published In: कृषि समाचार Hits: 207618 Comment: 0


म्याग्दीका एक युवाले आधुनीक प्रबिधि र संरचनाको प्रयोग गरेर बाख्रापालन गरेका छन् । बेनी नगरपालीका ३ गौस्वाँराका ३७ वर्षिय बिराज मल्लले सञ्चालन गरेको सिद्धबराह बाख्रापालन तथा कृषी फार्ममा नयाँ शैली, प्रबिधि र संरचनाको प्रयोग गरेका छन् । तिस मिटर लम्बाई र ५.२ मिटर चौडाई भएको खोरभित्र बाख्रा राख्ने ११ वटा छुट्टा, छुट्टै कोठा छन् । मानिस बस्ने घर जस्तै सफा सुग्धर रहेको फार्मभित्र ब्याउने बाख्रा, भर्खरै ब्याएका, तिन महिना उमेर पुगेका पाठापाठी, सो भन्दा साना पाठापाठी, बोका, माउ बाख्रा बस्ने छुट्टा छुट्टै कोठा छन् ।


सजिलै घाँस, दानापानी खान सक्ने डुँडको ब्यवस्था गरिएको खोरको बाख्रा बस्ने टाँडमा मल रोकिदैन । जाडो याममा न्यानोका लागि फाईबर टिनको ब्यवस्था गरिएको । गर्मीमा हावा छिर्नेगरी झ्यालमा तारजाली राखिएको छ । जसले गर्दा बाख्रालाई खोर भित्र र बाहीर लैजाने ल्याउने गर्नुपरेको छैन् । घाँस काट्ने आधुनिक औजारको प्रयोग गरीएको उक्त फार्मका सञ्चालक मल्लले जंगलबाट फार्मसम्म घाँस ल्याउन रोपवे, बाख्राले चाहेको बेला आफै पानी पिउन सक्ने ब्यवस्था र चिसोबाट बचाउन खोरभित्र हिटर जडान गर्ने तयारी गरेको बताउनुभयो ।

‘टेलिभिजन र ईन्टरनेटमा बिदेशका बाख्रा फार्म देखेको आधारमा सोही अनुसारको संरचना बनाएर बाख्रा पालेको हुँ’ मल्लले भन्नुभयो ‘खोरलाई सरसफाई, वातावरण अनुकुलीत, ब्यवस्थित बनाउन सकेमा रोगको समस्या धेरै कम हुन्छ ।’ उहाँले बाख्रा कुनै स्वास्थ्य समस्या देखिएमा लक्षणको आधारमा ईन्टरनेटमा उपचार बिधीको बारेमा खोजी गर्ने र कृषि प्राबिधिकसंग टेलिफोन मार्फत परामर्श लिने गर्नुभएको छ । प्रबिधि र यन्त्र उपकरणको प्रयोगले मानविय श्रम कम हुने तथा उत्पादन लागत घटाएर बढी मुनाफा गर्न सकिने मल्लले बताउनुभयो ।

उहाँले बाख्रा, खसीबोकाको सामाजिक सञ्जाल फेसबुक पेज खोलेर बजारीकरण गर्नुभएको छ ।साढे तिन वर्ष इराकमा काम गरेर गाउँ फर्कीएका मल्लले बाख्रा फार्म स्थापना र पुर्वाधार तयार गर्न हालसम्म बिस लाख रुपैया लगानी भएको बताउनुभयो । खोरमा भएका बाख्राको हिसाब गर्दा फर्मको पुँजी करोड रुपैया भन्दा बढी हुन्छ । दुई वर्षअघि २७ वटा बाख्राबाट फार्म सुरु भएको थियो । ११० वटा जमुनापारी, बित्तल र खरी जातका बाख्रा रहेको फर्मबाट पछिल्लो एक वर्षयता पाँच लाख रुपैया मूल्य बराबरको खसीबोका बिक्री भएको छ ।

आफू बाहेक थप चार जनालाई रोजगारी दिएका मल्लले आगामी दशैदेखि नियमित खसीबोका बिक्री गर्ने र फर्मको पूर्ण क्षमत्तामा बाख्रा पाल्ने योजना बनाउनुभएको छ । ब्यवसायमा सफल नभएपछि बिदेश गएका मल्लले आफ्नै देशमा केही गरेर स्वरोजगार बन्ने अठोटका साथ सुरु गरेको बाख्रापालनबाट सन्तुष्ट रहेको बताउनुभयो । ब्यवस्थापन र संरचनाको हिसाबले उक्त फर्म जिल्लामै नमुना रहेको पशु सेवा केन्द्र ज्यामरुककोटका पशु सेवा प्राबिधिक टुकनाथ तिवारीले बताउनुभयो । उहाँका अनुसार गत वर्ष पशु सेवा कार्यालयले उक्त फार्मलाई युवा स्वरोजगार कार्यक्रम अन्तरगत एक लाख रुपैया अनुदानको साथै प्राबिधिक सेवा उपलब्ध गराइदै आएको छ । सन्तोष गौतम/रासस

 

बाख्रापालन सम्बन्धि सबै प्राबिधिक जानकारी हाम्रो एपमा समेटिएको छ।। आजै डाउनलोड गरेर हेर्नु होला।।
लिंक:: http://bit.ly/1EjQkTu

जी ६० कालो धानको बिउ तथा तयारी चामल चाहिएमा 9841638473, 9841402835

चामलहरुको राजा ब्ल्याक राइस G-60 !! अर्डर गर्न:: 9843807002
08 Jun / 2016

चामलहरुको राजा ब्ल्याक राइस G-60 !! अर्डर गर्न:: 9843807002

Write By: admin Published In: गुणकारी फलफुल तथा तरकारी Hits: 207923 Comment: 0

सेतो चामल त हामीले बजारमा देखेकै छौ र यसले बजार पनि लिएकै छ तर कालो चामल जी–६० ब्ल्याक राइस’ उच्च पोषणयुक्त धान हो । चामल कालो रङको हुन्छ। चामलको कालो रङनै यसको महत्त्वपूर्ण अंग हो। यसलाई एन्थ्रोसाइनिन् पिगमेन्ट अर्थात् एन्टी अक्सिडेन्ट गुण भएको तत्त्व भनिन्छ। यो तत्त्व रोगसँग लड्नसक्ने प्रतिरोधक तत्त्व हो।

यो चामल एसियन उत्पादन हो। किनकि रेडियो कार्बन डेटिङबाट प्रमाणित भएअनुसार यो ब्ल्याक राइस आजभन्दा आठ हजार दुई सयदेखि १३ हजार वर्षपहिलो चीनमा खेती गरिएको भन्ने भनाइ छ।  चीनको याङ्त्से नदी तथा पर्लस नदी उपत्यकामा पाँच हजार बीसीतिर खेती भएको र दक्षिणपूर्वी एसिया मा चार हजार तीन सय ५० बीसीतिर विस्तार भएको भन्ने भनाइ पनि रहेको छ!! जापान, थाइल्यान्ड, इन्डोनेसियालगायत थुप्रै देशमाभएको खेती भई आएको छ भने चीनमा ६७ प्रतिशत खेती हुने गरेको छ।

 

एक व्यक्तिले एक दिनमा १५ ग्रामका दरले अन्य चामलमा मिसाएर खाएमा क्यान्सर, अल्जाइमर्स, मधुमेह र ब्लड प्रेसरजस्ता रोगविरुद्ध लड्न सक्ने क्षमता तयार गर्ने विज्ञको भनाइ छ ।


अन्य चामलजस्तै गरी सेवन गरेमा उच्च पोषण तत्वका कारण कालो चामलको भात पचाउन सकिँदैन । पकाउनुअघि ४-८ घन्टा सम्म भिजाएरमात्रै पकाउनुपर्ने र भिजाएको पानीलाई सर्वतको रुपमा सेवन गर्दा स्वास्थ्यका लागि फाइदाजनक हुने बताइएको छ।