Latest Blogs

बिना माटो नै फल्न थाल्यो काँक्रा!!
02 Mar / 2017

बिना माटो नै फल्न थाल्यो काँक्रा!!

Write By: admin Published In: कृषि समाचार Hits: 93421 Comment: 0

तपाई पत्याउनुहुन्छ ? कुनै कृषि उपजको उत्पादन माटो बिना पनि हुन्छ भनेर । तर काभ्रेपलाञ्चोकमा एकजना कृषकले जिल्लामै पहिलो पटक माटो बिना नै काँक्रो उत्पादन गरेका छन् । जिल्लाको उग्रचण्डीनाला गाविस– १ मा नेपाल इन्ट्रिग्रेटेड मोडेल एग्रो फार्म प्रालिले उत्पादन गरेको काँक्रो झट्ट हेर्दा घिराँैला जस्तो देखिए पनि स्वादमासमेत फरक पाउन सकिन्छ । माटोमा फलाएको जस्तो ठूलो आकारको नहुने काँक्रोको उत्पादन गमलामा जैविक मल र नरिवलको जटाबाट निर्माण गरिएको ‘कोकोपिट’ को मिश्रणबाट भएको फार्मका सञ्चालक सिंहबहादुर कर्माचार्यले बताउनु भयो ।

आधुनिक खेतीका लागि भित्रियो Kisan Kraftको बहुउपयोगी उपकरण!!
28 Feb / 2017

आधुनिक खेतीका लागि भित्रियो Kisan Kraftको बहुउपयोगी उपकरण!!

Write By: admin Published In: ROOT Hits: 32407 Comment: 0

आधुनिक खेतीका लागि बहुउपयोगी उपकरण नेपालमा भित्रिएको छ। एउटै उपकरणको प्रयोगबाट खेतबारी जोत्न मिल्ने, बिउ लगाएपछि ड्याङ बनाउन मिल्ने र प्लास्टिकले ढाक्न मिल्ने उपकरण हालै भित्रिएको हो। 


यस्ता उपकरणको सहायताले कृषि कार्यमा सहजता हुनुका साथै समय र पैसाको समेत बचत हुने सम्वन्धित जानकार बताउँछन्। ड्याङ बनाउने र मल्चिङ (प्लास्टिकले ढाक्ने)  एकै पटक गर्न मिल्ने यो उपकरण भारतको ‘किसान क्राफ्ट’ नामक कम्पनीबाट चितवन भरतपुरस्थित आधुनिक कृषि किसान संसारले बजारमा ल्याएको हो। 
 

कृषिमा अनुदान :: कमिसन र चाकडीकै भरमा!! मिनी टिलरमा हाकिमलाई १० हजार चोखो कमिसन!!
19 Feb / 2017

कृषिमा अनुदान :: कमिसन र चाकडीकै भरमा!! मिनी टिलरमा हाकिमलाई १० हजार चोखो कमिसन!!

Write By: admin Published In: कृषि समाचार Hits: 13741 Comment: 0

काठमाण्डौ । अनुदानको नाममा सरकारले आफूहरुलाई सास्ती र शोषण गरेको गाई पालक किसानहरुले बताएका छन्। अनुदान आवेदन प्रक्रियामा झन्झट र सहुलियत छूट पनि नाम मात्रको भएकोेले आफूहरुले कुनै लाभ लिन नसकेको उनीहरुको भनाइ छ। ‘एउटा चापकटर सेट जडान गर्दा एक लाख रुपैंयाँ खर्च हुन्छ, सरकारले ५ हजार अनुदान दिन्छ,’ चितवनका गाई फार्म व्यवसायी आनन्दप्रसाद न्यूरेले भने, ‘त्यो पाउन पनि कर्मचारीको चाकडी गर्दागर्दै महिना बित्छ।’

गोलभेंडा २ रुपैयाँ किलो!! भारतीय भित्रिएपछि स्थानीय किसान मर्कामा!!
17 Feb / 2017

गोलभेंडा २ रुपैयाँ किलो!! भारतीय भित्रिएपछि स्थानीय किसान मर्कामा!!

Write By: admin Published In: कृषि समाचार Hits: 7494 Comment: 0

फाल्गुन ६, २०७३- यहाँका किसानले गोलभेडा प्रतिकिलो २ रुपैयाँमा बिक्री गर्न थालेका छन् । भारतीय गोलभेडा भित्रिएपछि स्थानीय उत्पादनले भाउ नपाएको हो । 

ज्ञानकुमारी पुन :  वेस्टलण्डन यूनिभर्सिटी देखी बाख्रा फार्मसम्म!!
16 Feb / 2017

ज्ञानकुमारी पुन : वेस्टलण्डन यूनिभर्सिटी देखी बाख्रा फार्मसम्म!!

Write By: admin Published In: कृषि समाचार Hits: 48186 Comment: 0

विदेशको ख्यातिप्राप्त विश्वविद्यालयबाट उच्च शिक्षा अध्ययन गरेका नेपाली फर्केर बाख्रा पालन गरिरहेका छन् भन्दा जो कोहीलाई आश्चर्य लाग्नसक्छ । तर, बेलायतको लन्डनस्थित वेस्टलण्डन यूनिभर्सिटीबाट बिजनेस म्यानेजमेन्टमा पोस्ट ग्र्याजुयट गरेकी रुपन्देही सैनामैनाकी उमेरले ३७ टेकेकी ज्ञानकुमारी पुन पौस महिनामा नि सबेरै उठनुहुन्छ अनि आफ्नो बाख्रा फार्ममा पुग्नुहुन्छ ।

12 Feb / 2017

सावधान!! कुखुराको मासु धोएर पकाउन हुदैन है!!

Write By: admin Published In: कृषि समाचार Hits: 12356 Comment: 0

एजेन्सी । तपाइँको पनि कुखुराको मासु किनेर ल्याएपछि धोएर मात्र पकाउने बानी छ भने आजै देखि छोडिदिनुस् । बैज्ञानिकहरुले कुखुराको मासु धोएर पकाउन नहुने भन्दै यसो नगर्न चेतावनी दिएका छन् । कुखुराको मासु धुँदा क्याम्पाइलोब्यक्टर नामक ब्याक्टेरिया फैलिने र यसले खानालाई विषाक्त बनाउने उनीहरुको भनाइ छ ।