.
११ करोड लगानीमा सञ्चालन भएको मासु उद्योग बन्द!!

११ करोड लगानीमा सञ्चालन भएको मासु उद्योग बन्द!!

Created Date: 2017-09-05 Hits: 8945

धादिङ । काठमाडौंका उपभोक्तालाई स्वस्थ, सुरक्षित मासु बिक्री गर्न सञ्चालनमा ल्याएको अल्पाइन मासु उद्योग बन्द भएको छ । उपत्यकामा खुलेआम खसी बध र उपभोक्तामा मासु खाने बानीमा सुधार नहुँदा उद्योग बन्द भएको छ । उपत्यकाको उपझोक्तालाई लक्षित गरी बोसो र छालारहित मासु बिक्री गर्ने लक्ष्यले आधुनिक बधशाला सञ्चालनमा ल्याएका थियौं अल्पाइन लाइभस्टक एन्ड वायो ट्रेड प्रालिका सञ्चालक माधव अर्यालले बताए ।

सरकारले पशु बधशाला र मासु जाँच ऐन ०५५, नियामावली ०५७ र निर्देशिका ०६४ लाई पूर्णरूपमा कार्यान्वयन नगरेको, विद्युत् भार कटौती बढेको, उद्योगको मापदण्ड तथा क्षमताअनुसारको खसी किसानको खोरमा र स्थानीय वजारमा समेत नपाएकाले, खसी तथा मासुको मूल्य सरकारले नतोकोको कारण उद्योग सञ्चालनमा कठिनाइ आएपछि बन्द गरेको सञ्चालक अर्यालले बताए ।

 

काठमाडौं उपत्यकामा दैनिक १ हजार ६ सयदेखि १ हजार ८ सय बटासम्म खसीबोको मासु खपत हुने तथ्यांकलाई आधार बनाएर ०७० साल साउन महिनाबाट सञ्चालनमा ल्याएको थियौ ।

 

सुरक्षित तरिकाले खसी बध नहुने भएकाले उपभोक्तालाई सुरक्षित मासु खुवाउन अल्पाइन लाइभस्टक एन्ड वायो ट्रेडको नामबाट नेपालमै पहिलो पटक आधुनिक बधशालामा फ्रोजन मासु काट्न सुरु गरेको कम्पनी सञ्चालक अर्यालको दाबी छ । धादिङको खयरघारीमा सञ्चालनमा ल्याएको अल्पाइन बधशाला १७ रोपानी जग्गामा ११ करोड लगानी गरेको कम्पनीले जनाएको छ ।

 

उद्योगलाई जीउँदामा ३० किलोग्राम माथिको स्वस्थ खसीबोकाप्रति ८ घण्टा ३ सयवटा आवश्यक हुन्छ । बधशालामा अधिकांश काम मेसिनले गर्ने गरी संरचना तयार गरिरेका छौं । मासु ढुवानी गर्न रेफ्रिजेनेटर जडित १ वटा भ्यानसमेत खरिद गरेको थियांै । विद्युत् र खसी अभावमा केही समय सातामा २ दिन ८र८ घण्टा मात्र सञ्चालन ग(यौं । पछिल्लो समय स्टाफ पाल्नसमेत कठिन भएपछि उद्योग पूर्णरूपमा बन्द गरिएको सञ्चालक अर्याल बताए ।

 

सरकार उपत्यकामा भइरहेको खुलेआम बधशाला रोके, विद्युत्भार कटौती रोक्ने वा वैकल्पिक व्यवस्था मिलाई दिए, भौतिक पूर्वाधार मर्मतसुधार सहयोग गरे, खसीबोका तथा मासुको मूल्य निर्धारण गरे उपत्यकामा मासु बिक्री कक्ष खोल्ने व्यवस्था मिलाई दिए उद्योग सञ्चालन गर्न सकिने सञ्चालक अर्यालले बताए । उद्योग सञ्चालन हुँदा स्थानीय किसान र उपत्यकाका उपभोक्तालाई प्रत्यक्ष लाभ हुने अर्यालको दाबी छ ।

 

मासु जाँच ऐन २०५५, नियामावली २०५७ र निदेर्शिका २०६४ अनुसारको मापदण्ड पूरा गरी धादिङ जिल्लाको थाक्रे गाउँपालिका खेस्टे खोलामा १७ रोपनी जग्गामा ११ करोडको लगानी गरेर रहेको बधशालामा साढे ५ करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् ।

Tags:

Same In Category

२६ बर्षीय युवाको कृषि क्रान्ति : १८ महिनामा ७० लाखको कारोबार!!

Posted By admin

म्याग्दीकै नमुना र आधुनिक बाख्रापालन, जहाँ बाख्रा बस्ने ११ वटा छुट्टै कोठा छन्!!

Posted By admin

कृषिमा मिहिनेत गर्ने हो भने कोरिया जापान जानु पर्दैन, एउटा प्रेरणादायी अन्तरबार्ता!

Posted By admin

मकैबारीभित्रै जडीबुटी, गाउँले तीन छक्क!!

Posted By admin

‘विदेशी स्वर्ग’ छाडेका इन्द्र भन्छन् , ‘मकैको आँटो र कर्कलाको गाँठो स्वदेशकै मिठो’!!

Posted By admin

‘बिदेसिए भर छैन, गाई पाले दिनहुँ आम्दानी’

Posted By admin

‘आधुनिक कृषिकालागि डेढ करोडका कृषि औजार’!!

Posted By admin

६० करोडको लागतमा अत्याधुनिक लेयर्स फार्म!!

Posted By admin

५ प्रतिशत ब्याजदरमा पाइने ७ करोड रुपैयाँ कृषि ऋण कसरी लिने ??

Posted By admin

३ दिने व्यवसायिक तरकारी खेती तालिमको सुचना!! (श्रावण २५, २६ र २७ गते)

Posted By admin

Related Blogs By Tags

२६ बर्षीय युवाको कृषि क्रान्ति : १८ महिनामा ७० लाखको कारोबार!!

Posted By admin

बन्दाकाउलीको सुप खाएर सात दिनमा सात किलो तौल घटाउने उपाय!!!

Posted By admin

आँपको पात प्रयोग गर्नुस्, रोग भगाउनुस्!!

Posted By admin

व्यवसायिक कृषिको लागि मल्चीङ्ग प्रबिधि र यसका फाइदाहरु!!

Posted By admin

म्याग्दीकै नमुना र आधुनिक बाख्रापालन, जहाँ बाख्रा बस्ने ११ वटा छुट्टै कोठा छन्!!

Posted By admin

सुगर रोगबाट मुक्त हुने यो हो अचुक ओखती हो बेल!!

Posted By admin

चामलहरुको राजा ब्ल्याक राइस G-60 !! अर्डर गर्न:: 9843807002

Posted By admin

लौकाले शरीरमा हुने कस्ता समस्यामा फाइदा गर्छ?

Posted By admin

कृषिमा मिहिनेत गर्ने हो भने कोरिया जापान जानु पर्दैन, एउटा प्रेरणादायी अन्तरबार्ता!

Posted By admin

बहुमुल्य/बहुउपयोगी वनस्पति पाउलोनियाको बारेमा बिस्तृत जानकारी!!

Posted By admin