.
पशुपालन गर्नुहुने कृषक साथीहरुले लागि यो हप्ता के के कार्य गर्ने त? share पनि गरिदिनु होला!

पशुपालन गर्नुहुने कृषक साथीहरुले लागि यो हप्ता के के कार्य गर्ने त? share पनि गरिदिनु होला!

Created Date: 2017-07-16 Hits: 25025

  • ....

  • दुधालु गाईवस्तुलाई थुनेलो (Mastitis) को समस्याबाट बचाउन गोठ सफा र सुग्घर राख्नुहोस।
     
  • हरियो घाँसमात्र खुवाउँदा वस्तुभाउमा पखाला लाग्न सक्ने हुनाले सुख्खा घाँससँग मिसाएर खुवाउनुहोस।
     
  • भारी वर्षाले गर्दा हुने बाढीमा मुसाको मुत्र बाट सर्ने Leptospirosis नामक जुनोटिक रोगको प्रकोप बढि हुने भएकाले धान/खेतबारीमा खाली खुट्टा जानु उपयुक्त हुँदैन र बुट लगाउन पर्दछ।  
     
  • गाई-गोरुमा साउने रोगको प्रकोप हुन नदिन लामखुट्टे र भुसुनाको टोकाई बाट बचाई राख्न झ्याल ढोकामा तार जालीको व्यवस्था गर्नु पर्छ ।लामखुट्टे र भुसुनाको चहल पहल कम हुने बखत (विहान)मा चराउन लैजानु पर्छ । 
     
  • बाख्रामा देखिने कुम्री (ढकेरी) रोगको रोकथाम गर्न श्रावण देखी कात्तिक सम्म मासिक एक चक्की डाई ईथाइल कार्बामाजिन (डी.ई.सी)-१०० मि.ग्रा. खुवाउने । ढकेरी लागेका बाख्राको हकमा दैनिक एक चक्की सात दिन सम्म खुवाउने र साथमा भिटामिन बी कम्पलेक्सको सुई २-३ दिन सम्म लगाउने ।
     
  • खोरेत लागेका पशुहरुको मुख तथा खुट्टाको घाउ फिटकिरी पानी वा निलोतुथोको घोल अथवा वेटाडीनले नियमित सफा गर्नु पर्दछ। घाउ तथा संक्रमण अधिक भएमा प्राविधिकको सल्लाहमा एन्टीवायोटीक औषधीहरु खुवाउनुपर्दछ। साथै खोरेत रोग लाग्न नदिन पशु सेवा कार्यालयको समन्वयमा सो रोगको भ्याक्सिन ६-६ महिनामा लगाउनु उपयुक्त हुन्छ।
     
  • बाख्राको मोओलाको लागी ५% पोभीडन आयोडिन वा १% कपर सल्फेट वा २% बोरिक एसिडको झोल वा १% पोटासको घोलले मुख सफा गर्नु उपयुक्त हुन्छ। मोओलाको भाइरस घाउ, चोटपटक लागेको वा काटेको ठाँउबाट मानिसमा सर्न गई त्यस्तै प्रकारको घाउ खटिरा आउन सक्ने हुनाले त्यस्तो रोगी बाख्रालाई घाउ चोटपटक नलागेको मान्छे वा पन्जा लगाएर स्याहार सुसार गर्नुपर्दछ।
     
  • पि.पि.आर रोग लागेका बाख्राको आँखा, नाक, मुख (थुतुनो) मनतातो पानीमा सफा कपास भिजाई दिनमा २ पटक सफा गर्नुपर्दछ। साथै ५% बोरो-ग्लिसिरिनले मुख सफा गर्नु लाभदायी हुन्छ। सहायक संक्रमण रोकथाम गर्न अक्सीटेट्रासाइक्लिन वा क्लोरटेट्रासाइक्लिन औषधी प्रयोग गर्न सकिन्छ। पि.पि.आर रोग लाग्न नदिन ३ महिना भन्दा माथिका भेडा-बाख्रामा सो रोगको भ्याक्सिन लगाउनु उपयुक्त हुन्छ।
     
  • माछा पोखरीमा अक्सिजनको मात्रा बढाउन हावा यन्त्र (aerator) को प्रयोग गर्नुपर्दछ।
     
  • माछामा इ. यु. एस. रोग लागेमा घरपोत्ने चूना १५ के. जी. प्रति कठ्ठाको दरले हाल्ने। रोगको प्रकोप हेरी १ महिनाको अन्तरालमा बढीमा तीन पटक चूनाको प्रयोग गर्ने।
     
  • माछा पोखरीमा एमोनियाको मात्रा बढी भएमा पोखरीमा माछाको घनत्व कम गर्ने, दानाको मात्रा घटाउने, पानीको गहिराई बढाउने, एरेटरको संख्या बढाउने आदी गर्न सकिन्छ। मरेका माछालाई तत्काल हटाउनुपर्दछ। अपरान्हमा अत्याधिक पिएच (pH) हुने गरेको भए चूना प्रयोग गर्दा केही लाभदायी हुन्छ।
     
  • एमोनियाको मात्रा १ पिपिएम (PPM) छ भने पोखरीको २५% पानी विस्थापन गर्नुपर्दछ। एमोनिया २.५ पिपिएम (PPM) वा बढी भएमा माछालाई अर्को पोखरीमा सार्नुपर्दछ।
     
  • गर्मी मौसममा कुखुरामा देखा पर्ने लक्षणहरु जस्तै- चाँडो-चाँडो सास फेर्ने, पानी धेरै खाने, दाना कम खाने, पखेटा र खुट्टा फालेर बस्ने, अण्डा उत्पादनमा कमी आउने, खोरमा कुखराहरुको मृत्यु हुने आदी भएमा पर्याप्त भेन्टीलेसन प्रदान गर्ने, कुखुराको घनत्व कम गर्ने, तापक्रम अधिक रहेका बेला (दिँउसो १२-३ बजे सम्म) दाना नदिने, पर्याप्त मात्रामा सफा, चिसो पानीको व्यवस्था गर्नु पर्दछ। साथै पानीमा इलेक्ट्रोलाईटमल्टी भिटामीन राखेर दिन सकिन्छ।
     
  • गर्मी मौसममा कुखुराको भालेको प्रजनन क्षमतामा कमी आउने हुनाले ब्रिडिङ्ग स्टकमा भालेको संख्या बढाएर १२-१५% सम्म राख्नुपर्दछ। साथै दानामा भिटामीन-ई तथा सेलेनियमको मात्रा बढाउनु उपयुक्त हुन्छ।
Tags:

Same In Category

२६ बर्षीय युवाको कृषि क्रान्ति : १८ महिनामा ७० लाखको कारोबार!!

Posted By admin

म्याग्दीकै नमुना र आधुनिक बाख्रापालन, जहाँ बाख्रा बस्ने ११ वटा छुट्टै कोठा छन्!!

Posted By admin

कृषिमा मिहिनेत गर्ने हो भने कोरिया जापान जानु पर्दैन, एउटा प्रेरणादायी अन्तरबार्ता!

Posted By admin

मकैबारीभित्रै जडीबुटी, गाउँले तीन छक्क!!

Posted By admin

‘विदेशी स्वर्ग’ छाडेका इन्द्र भन्छन् , ‘मकैको आँटो र कर्कलाको गाँठो स्वदेशकै मिठो’!!

Posted By admin

‘बिदेसिए भर छैन, गाई पाले दिनहुँ आम्दानी’

Posted By admin

‘आधुनिक कृषिकालागि डेढ करोडका कृषि औजार’!!

Posted By admin

६० करोडको लागतमा अत्याधुनिक लेयर्स फार्म!!

Posted By admin

५ प्रतिशत ब्याजदरमा पाइने ७ करोड रुपैयाँ कृषि ऋण कसरी लिने ??

Posted By admin

३ दिने व्यवसायिक तरकारी खेती तालिमको सुचना!! (श्रावण २५, २६ र २७ गते)

Posted By admin

Related Blogs By Tags

२६ बर्षीय युवाको कृषि क्रान्ति : १८ महिनामा ७० लाखको कारोबार!!

Posted By admin

बन्दाकाउलीको सुप खाएर सात दिनमा सात किलो तौल घटाउने उपाय!!!

Posted By admin

आँपको पात प्रयोग गर्नुस्, रोग भगाउनुस्!!

Posted By admin

व्यवसायिक कृषिको लागि मल्चीङ्ग प्रबिधि र यसका फाइदाहरु!!

Posted By admin

म्याग्दीकै नमुना र आधुनिक बाख्रापालन, जहाँ बाख्रा बस्ने ११ वटा छुट्टै कोठा छन्!!

Posted By admin

सुगर रोगबाट मुक्त हुने यो हो अचुक ओखती हो बेल!!

Posted By admin

चामलहरुको राजा ब्ल्याक राइस G-60 !! अर्डर गर्न:: 9843807002

Posted By admin

लौकाले शरीरमा हुने कस्ता समस्यामा फाइदा गर्छ?

Posted By admin

कृषिमा मिहिनेत गर्ने हो भने कोरिया जापान जानु पर्दैन, एउटा प्रेरणादायी अन्तरबार्ता!

Posted By admin

बहुमुल्य/बहुउपयोगी वनस्पति पाउलोनियाको बारेमा बिस्तृत जानकारी!!

Posted By admin