Latest From our Blog

केराको बोक्रा पनि औषधि तर कुन रोगमा प्रयोग गर्ने जानिराखौ!

‘नपाउनेले केरा पायो बोक्रैसित खायो’ भन्ने उखानै छ । यसको मतलब हुनेखानेले केराको गुदी मात्र खान्छ र बोक्रो खाने मान्छे कहिल्यै केरा खानै नपाउने खालको दरिद्र मान्छे हो भन्ने अर्थ लाग्छ । तर केराको बोक्रा दरिद्र मान्छेले खाने वा त्यस्तै मान्छेलाई मात्र काम लाग्ने चिज होइन । केराको गुदी मात्र नभै बोक्रा समेत निकै उपयोगी हुने तथ्य वैज्ञानिकहरुले पत्ता लगाइसकेका छन् ।केरा विभिन्न लवण तथा भिटामिन लगायतका पोषक तत्वले भरिपूर्ण सर्वकालीक लाभदायी र सुलभ फल हो भन्ने सबैलाई थाहा छ । तर केरा मात्र होइन केराको बोक्रा समेत निकै उपयोगी हुन्छ । केराको बोक्राको फाइदा यस्ता...

Read More

निगुरोः कति स्वादिलो, कति पोषिलो ??

वर्षा लागेको छ । यतिबेला बनजंगलमा च्याउ, निगुरो पाइन्छ । कतिपयले जंगलबाट खोजेरै तरकारीको छाक टार्ने गर्छन् । कतिपयले निगुरो, च्याउ बेचेर पैसाको जोहो पनि गर्छन् । निगुरो रोप्न पर्दैन । बनजंगलमा आफै पलाउँछ । यो उन्यु प्रजातिको घाँस हो । पहाड र तराई सबैतिरको जंगलमा निगुरो पाइन्छ । तर, यसको जातमा केही भिन्नता हुन्छ । साथै स्वाद पनि फरक हुन्छ । तुलनात्मक रुपमा पहाडको जंगलमा पाइने निगुरो बढी स्वादिलो हुन्छ ।   निगुरोलाई कतिपय ठाउँमा न्युरो वा निहुरो पनि भनिन्छ । पहाडमा कालो निगुरो बढी रुचाइन्छ । यसैगरी तराईमा हरियो । निगुरो यतिबेलाको मौसमी सागसब्जी हुन् । बनजंगलमा...

Read More

मधुमेह, मुटु रोग, अल्सर जस्ता समस्याका लागि औषधि सरह “बाँसको तामा”!!

हाम्रा पाकघरमा असार महीनाको छेकछाकतिर सब्जीको रूपमा पाक्ने परिकारमध्ये एउटा हो बाँसको तामा । अंग्रेजीमा बेम्बो शूट भनिने यो परिकारलाई हामी तामा भनेर चिन्छौं। हामी यसो त धेरैप्रकारका बाँसको तामा सब्जीको रूपमा प्रयोग गर्दछौं, तरै पनि प्रचलित रूपमा चोयाबाँस वा जुन बाँसबाट चोया बनाउन सकिन्छ, त्यस्ता बाँसको तामा खानेगर्छौं भने परेङ (सानो प्रजातिको बाँस, जसबाट चित्रा बनाइन्छ) को तामा पनि हामी सब्जीको रूपमा खान्छौं । ठूला बाँसको तामाभन्दा साना प्रजातिका बाँसको तामा खानको निम्ति निक्कै स्वादिष्ट हुन्छ । यसलाई परिकारको रूपमा कसरी तयार पारिन्छ भन्ने कुरा लगभग धेरै...

Read More

लिच्ची फल फुट्ने समस्या !!!

अहिले लिच्ची को सिजन हो | प्राय तराईमा फल्ने यो फल लाई फल को रानी पनि भनिन्छ | नेपाल को करिब ६२ जिल्लामा यसको खेति हुने गर्दछ | मध्ये नेपाल मा यसको उत्पादन ज्यादा छ त सुदुर पश्चिम मा न्युन छ | अब को केहि हप्तामा बजार मा लिच्ची धेरै नै देखन सकिन्छ | तर लिच्ची पाक्नु अगाबै फल फुट्ने समस्या भने ज्यादा हुन्छ | किन फल फुट्छ ( fruit cracking ?यसका कारण हरु यस प्रकारको छन् :१. तापक्रम ३८ दिग्रो माथि हुनु , सापेछित आद्रता ६० प्रतिसत भन्दा कम हुदा र माटो मा चिस्यान न्युन हुदा |२, रात र दिनको तापक्रममा ज्यादा अन्तर र त्यसपछि २-३ चोटी बर्षात हुने अनि दिउसोमा टलक्क तापक्रम बढ्दा पनि फल फुट्ने हुन्छ...

Read More

अत्यन्तै गुणकारी बेथेको साग!!

प्राचीन कालदेखि बेथेको सागसँग प्रायः हामी सबै परिचित छौं । यो साग प्रायः गरेर जाडोको मौसमपछि खेतबारी जताततै नरोपीकन पनि आफै उम्रिने एक वनस्पति हो, जसलाई गुण प्रधानताका कारण साग राज या सागको राजा नै मानिन्छ । बेथेको साग दुई जातिमा पाइन्छ गौड्वस्तुक र यवशाह । गौवस्तुक जातको बेथे प्रायः गरेर गहुँ तथा सस्यूँ आदिका खेतीमा उम्रन्छ, यो जातका बेथेको पात अर्को भन्दा केही ठूलो र भेट्नो तथा पातहरुमा हल्का रातोपन हुन्छ यवशाहलाई जौं भनेर चिनिन्छ । यवशाह भन्नाले जौको खेतीमा उम्रने बेथेको साग भनेर जाने हुन्छ । छोटकरीमा भन्नुपर्दा बेथेको साग गहुँ, जौं, तोरी तथा सस्यूँको...

Read More