Latest From our Blog

एक उत्कृष्ट डाँलेघाँस काब्राे (Ficus Lacor) को बारेमा बुझौ!!

काब्रो झण्डैझण्डै सदाबहारको रुपमा देखिने सानो रुख हो । यसको बोक्रा खैरो र चिप्लो हुन्छ । यसमा ठाडा–ठाडा रेखाहरु हुन्छन् । यो रुखमा झुण्डिरहेका जराहरु हुन्छन् र जराहरु हावामा हल्लिरहन्छन् । यसका पातहरु अण्डाकारदेखि दीर्घाकारसम्म हुन्छन् । पात आठ देखि २० सेन्टिमिटर लामो हुन्छ । यसका किनारा चिप्लो हुन्छ । यस्तै भेट्नाे चारदेखि पाँच सेन्टिमिटरसम्म लामो रहन्छ र भाँच्दा दुध निस्किन्छ । डालेघाँसका लागि पातलाई फागुनदेखि असारसम्म काटिन्छ र नयाँ पातहरु बैशाखमा देखा पर्छन् । यसका फूलहरु भाले, पोथी र बाँझो हुन्छन् । फल खोक्रो मांसिलो अन्जीरको रुपमा रही गोलो आकारको...

Read More

डालेघाँस टाँकी (Bauhinia purpurea) सम्बन्धि केहि जानकारी!!

टाँकी एक नरम पातभएको दुधालु पशुहरुको लागि राम्रो कोशे डालेघाँस हो । सबैजसो ठाउँमा टाँकी नै भनेर चिनिन्छ । यो डालेघाँस मध्य पहाडदेखि बेंसी, टारहरु र भित्री मधेस आदि सबै ठाउँमा पाईन्छ । यस्को प्रसारण बीउबाट नै राम्रो हुन्छ बीउ सोभैm चाहेको ठाउँमा रोपे पनि हुन्छ र पोलिथिनको थैलोमा उमारेर नर्सरीमा एक वर्ष हुर्किएपछि बारीको कान्ला, खेतको छेउछाउ आदिमा सार्दा राम्रो हुन्छ । यो डाले घाँस बीउ रोपेको २–३ वर्ष भित्रमा नै हाँगा काटेर पशुलाई खुवाउन सकिन्छ । मलिलो ठाँउमा छिट्टै हुकर्ने हुनाले धेरै वर्ष कुरिरहनु पर्दैन । यो डाले घाँस सबै मौसममा खुवाउन सकिन्छ तर आश्विनदेखि...

Read More

भेच (Vetch) Vicia sativa घाँस सम्बन्धि जानकारी!!

परिचय : भेच घाँसको खेती नेपालका तराई तथा मध्य–पहाडी जिल्लाहरूमा सफलतापूर्वक गर्न सकिन्छ । यो घाँसको बीउ झण्डै मासको बीउ जस्तै र घाँस चाहिँ मसुरो वा कुटिलकोसासँग मिल्दोजुल्दो हुन्छ । कोसे घाँस भएकाले यो पोषिलो हुन्छ । यसले एक हेक्टर खेती गरिएको जमिनमा ११० के.जी.सम्म नाइट्रोजन स्थिरीकरण गर्न सक्दछ । भेचलाई हरियो मलको रूपमा पनि प्रयोग गर्न सकिन्छ । भेचको बीउमा ‘साइनोजेनिक एमिनो एसिड’ पाइन्छ । यसैले भेचको बीउलाई पशु आहाराको रूपमा धेरै मात्रामा खुवाउनु हुन्न । यसको स्वाद केही टर्रोहुने भएकाले सुरूमा भेचमात्र पशुबस्तुले रूचाएर खाँदैनन् । त्यसैले अन्य...

Read More

बाँदर भगाउने पोषिलो मोलासेस घाँस बारे बुझौं!! कहाँ बाट लिने?

यो घास मोलासेस (mellinis minutiflora) बहुवर्षिय अकोशे घाँस हो । नेपाल को तराई तथा मध्ये पहाड या समुन्द्री सतहदेखि १५०० मिटरसम्म यसको राम्रो खेती गर्न सकिन्छ ।जातहरु :-वान्को,चेनिया,कोमुम, राक्सो , किटाले आदि माटो : सबै खालको माटोमा लगाउन सकिन्छ ।भूक्षय गयेको जमीन , नदिकटान गरेनी ठाँउ को जमिन उप्युक्त हुन्छ । बीउको मात्रा : ५ देखि ६ के.जी प्रति( २० रोपनी को लागी ) हेक्टर यसको बिउ धेरै हल्का हुन्छ। लगाउने समय : जेष्ठ देखि असार पहिलो साताभित्र सम्म लगाउन सकिन्छ ।लगाउने तरिका : यसको धेरै बीउ हल्का हुने भएकोले माटो वा बालुवा सँग मिसाएर छर्नुपर्दछ । छरिसकेपछि हल्का माटो चलाएर...

Read More

रेड क्लोभर (Red clover) Trifolium pratense L. घाँस बारे बुझौं!

परिचय : यो रातो फूल फुल्ने क्लोभर हो । शीतोष्ण जलवायुमा हुने यो सेतो क्लोभरभन्दा बढी उब्जा दिने महत्वपूर्ण बहुवर्षीय (Short-liveed perennial)  घाँस हो । यो चरन–घाँस भएपनि यसलाई काटेर र हे बनाएर पनि खुवाउन सकिन्छ । यसले माटोमा नाइट्रोजन स्थिरीकरण गर्ने र भू–संरक्षणमा पनि मद्दत गर्नेगर्छ । रेड क्लोभर बढी खाएमा गाईबस्तुमा पेट ढाडिने (Bloat)  समस्या देखा पर्न सक्दछ । जातहरू : नेपालमा क्लोभर राणाकालदेखि नै भित्रिएको हो । पछि गएर अर्थात् सन् १९५४ तिर काठमाडौं उपत्यका तथा चिज Çयाक्ट्री वरपर यी जातका साथै अन्य चरन घाँसका बीउहरू छरिएका थिए । जसमा डेवान, ब्रोडलिफ, रेडक्वीन,...

Read More