Latest From our Blog

बाख्राको लागि महत्वपूर्ण मानिने इपिल इपिल (Leucaena leucocephala) घाँस सम्बन्धि जानकारी!!

परिचय

बाह्रै महिना हरियो रहिरहने भएता पनि वर्षायाममा बढी मौलाउने बहुवर्षीय कोशे जातीको बहुउद्देशीय रुखहरु मध्ये इपिल इपिल सबैभन्दा महत्वपूर्ण र पोषिलो कोशे घाँसबाली हो । सन् १९८० को दशकतिर इपिल इपिलमा आक्रमण गर्ने सिलिड कीराको प्रकोप अब घट्दै गएकोले यसको खेती राम्रोसंग गर्न सकिने राम्रो संभावना देखिन्छ। साधारणतया अन्य घाँसहरु केही वर्षायाममा मात्र हुने र केही हिउ“दमा मात्र हुने

हुन्छन् तर इपिल इपिल बाह्रै महिना हरियो भई उत्पादन लिन सकिने भएकोले पनि यसको महत्व बढी देखिन्छ । हालसम्म विश्वमा २२ जातका इपिल इपिलको जानकारी भइसकेको छ यी मध्ये सबैभन्दा बढी जनावरहरुले रुचाउने र पोषकतत्व बढी भएको जात ल्यूकोसेफला (leucocephala) मानिन्छ । इपिल इपिलको जरा जमिन भित्र गहिरोसम्म जाने हुनाले सुख्खा याममा पनि हरियो भईरहन्छ । हाम्रो देशमा यसको खेती मध्य पहाड र तराईमा हुने भएकाले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको तराई र मध्य पहाडमा फैलिएको छ ।

 

उत्पति

यसको उत्पति मेक्सीको (Mexico) मा भएको हो । यो मेक्सीकोमा उत्पति भई संसारभरका गरम हावापानीका भएका देशहरुमा फैलिसकेको छ । कतिपय गर्मी देशहरुमा त स्थायी (NAturalised) समेत भइसकेको छ । ल्यूकिना न्यूकोसेफलालाई अस्टे«लियामा ल्यूकिना (Leucaena), फिजीमा भैमै (Vaivai), फिलिपिन्स र नेपालमा इपिल इपिल, कोलम्वीयामा वेलारोसा (Bellarosa) र क्यूवामा अरोमा ब्लान्को (Aroma Blanco) भन्ने नामले चिनिन्छ ।

 

हावापानी

यो गरम हावापानीमा हुने घाँसहो । यसको खेती तराइदेखि मध्य पहाडको १५०० मिटरसम्मको उचाईमा राम्रोसंग गर्न सकिन्छ । यो चिसो हावापानीमा राम्रोसंग फस्टाउन सक्दैन । यो घाँसले तुषारो खप्न नसक्ने हुनाले बढी तुषारो पर्ने स्थानमा हा“गा तथा टुप्पा मर्ने गर्दछ । तर पछि पलाएर आउ“दछ । २२ देखि ३०० सेन्टिग्रेड तापक्रम यसको बृद्धिको लागि उपयुक्त हुन्छ । बार्षिक ७५० मिलीलिटर भन्दा बढी पानी पर्ने स्थानमा यो घाँसराम्रो फस्टाउने गर्दछ । यो घाँसले सुख्खा राम्रो खप्न सक्दछ भने पानी  जम्ने स्थानमा यो हु“दैन ।

 

माटो

यो घाँसलगाउन खासै राम्रो माटोको आवश्यकता पर्दैन । तर पानीको निकास हुनु जरुरी छ । धेरै अम्लीय माटोमा यो राम्रोसंग हुर्कन सक्दैन । जग्गा तयारी तथा लगाउने तरीका यसलाई दुई तरीकाले लगाउन सकिन्छ । सिधै बीउ छर्ने वा नर्सरी बनाएर विरुवा सार्ने । बीउ छर्नु भन्दा अगाडि बीउलाई उम्लिएको पानीमा डुवाएर तुरुन्तै झिक्ने र छाहारीमा सुक्न दिने गर्दा बीउको सुषुप्तपन हराएर जान्छ र बीउ चांडै उम्रन्छ । सोझै बीउ छर्दा प्रति १ मिटर दूरीमा १० वटा बीउ छर्नुपर्छ ।

नर्सरीबाट विरुवा सार्दा विरुवा उखेली पात हटाएर सार्नुपर्छ । पोलीथिनको थैलोमा विरुवा उमारी रहनु पर्दैन । आवश्यक विरुवाको लागि फागुनको शुरुतिर नर्सरी स्थापना गर्ने र वर्षादको शुरुवातमा अग्लो भएको विरुवा सार्ने गर्नुपर्छ । बीउ सिधै बारीमा छर्ने हो भने जेठको अन्त्य वा असारको शुरुमा बीउ छर्नु पर्दछ । विरुवा रोपेको पहिलो वर्षको शुरुमा गोडमेल तथा विरुवाको सुरक्षा गर्नु पर्दछ । यस घाँसलाई हेज रोको रुपमा विकास गर्नु उत्तम हुन्छ ।

 

घाँस उत्पादन
इपिल इपिललाई ठूलो रुख बनाएर राख्नु हु“दैन । यसलाई जमिनबाट अलिकति माथि काट्ने गर्नु पर्दछ र चांडो चांडो काट्ने गरेमा राम्रो गुणस्तरीय घाँसउपलव्ध हुन्छ साधारणतया वर्षायाममा प्रत्येक दुई  महिनामा एक पटक काट्दा उचित हुन्छ । ढिलो गरेर काट्ने गरेमा वा रुख बनाएमा घाँसउत्पादन कम हुन्छ । यसलाई काट्यो भने अति राम्रोसंग पलाउने गर्दछ तर भा“च्यो भने राम्रोसंग पलाउदैन । यो घाँसउग्राउने पशुहरुको लागि अति पोषिलो मानिन्छ । यसबाट वर्षैभरी हरियो घाँसउत्पादन गर्न सकिन्छ तर हिउ“दमा भन्दा वर्षायाममा बढी उत्पादन हुन्छ ।

 

जातहरु

हालसम्म विश्वमा २२ जातका इपिल इपिलको विकास भईसकेको छ । ती हुन्ः

  1. collinsii,

L.confertiflora,

L.cuspidata,

L.diversifolia,
L.esculenta.

L.greggii,

L.involucrata,

L.lanceolata,
L.lempirana.,

L.leucocephal.

L.macrophylla

L.magnifica,
L.pulverulenta,

L.multicapitula,

  1. .pallida,

L.pueblana,
L.retusa,

L.salvadorensis,

L.shannonii,

L.trichanadra,
L.trichodes.

L.matudae

 

इपिल इपिलका समस्याहरु

 

मिमोसीन

यो विषालु एमिनो एसीड हो जसले इपिल इपिललाई जोडदार रुपमा विश्वमा फैलाउन रोकेको थियो । तर यसको समस्या उग्राउने जनावरमा त्यति नहुने भएको र इपिल इपिलमा खाने बानी परिसकेका जनावरहरुलाई यसको समस्या नहुने भएकाले हालका वर्षहरुमा यसलाई समस्या रुपमा लिइएको छैन ।

 

सिलिड
यो एउटा हरियो र·को सानो कीरा हो । यसले इपिल इपिलको पालुवालाई नष्ट गर्दछ । यसको आक्रमण सन् १९९० को दशकमा विश्वमा असाध्यै चर्को थियो तर आजकल प्राकृतिक रुपमा यसको संख्या घट्दै गइरहेकोले यसलाई समस्याको रुपमा लिइएको छैन ।

 

पोषण तत्व र पाचनशीलता

यो घाँसजनावरको लागि असाध्यै मिठो घाँसहो । प्रोटिनको हिसाबले यो घाँसअसाध्यै महत्वपूर्ण छ । यसमा सुख्खा पदार्थको हिसाबमा २५ प्रतिशतसम्म क्रुड प्रोटिन पाइन्छ। साथै यसको पाचनशीलता ७५–८५ प्रतिशतसम्म हुन्छ ।