Latest Blogs

अब नगद बिना नै दूध र तरकारी किन्न पाइने !
25 Jul / 2017

अब नगद बिना नै दूध र तरकारी किन्न पाइने !

Write By: admin Published In: कृषि समाचार Hits: 782 Comment: 0

काठमाण्डौ । छिमेकका दुुई देश भारत र चीनमा मोवाइल मनीमा त्यहाँका शहरिया वर्ग निकै अभ्यस्त भइसकेका छन् । भारतमा त कतिपय गाउँलाई पूर्ण डिजिटलाइजेसन गर्ने उद्देश्य अनुरुप नरेन्द्र मोदीले कायापलट गरेका छन्, ती गाउँमा सागसब्जी, दूध जस्ता दैनिक उपभोग्य वस्तु किन्न समेत पैसा चाहिदैन । त्यहाँका स्थानीयले नगदको साटो मोवाइल वा कार्डबाट पेमेन्ट गर्छन् । नेपालमा चाहि यस्तै क्यासलेस (नगदरहित) प्रविधि कहिले आउला ?

विद्यालयमा तरकारी खेती, वार्षिक आम्दानी साढे १० करोड !!
17 Jul / 2017

विद्यालयमा तरकारी खेती, वार्षिक आम्दानी साढे १० करोड !!

Write By: admin Published In: कृषि समाचार Hits: 9737 Comment: 0

काठमाण्डौ । देशभरका प्राथमिक तथा आधारभूत विद्यालयमा खाली रहेका आठ आना जग्गामा करेसाबारी तरकारी खेती गर्दा रु. १० करोड ५० लाख आम्दानी लिन सकिन्छ । मुलुकभर ३५ हजार प्राथमिक तथा आधारभूत विद्यालय रहेका छन् । आठ आना जग्गाका दरले हिसाब गर्ने हो भन्ने मुलुकभर ८७ हेक्टर अर्थात् एक हजार ७५० रोपनी जमिनमा करेसाबारी तरकारीखेती गर्न सकिन्छ । एक रोपनी जमिनमा करेसाबारी तरकारीखेती गर्दा रू ६० हजारसम्म आम्दानी लिन सकिन्छ । यस हिसाबले एक हजार ७५० रोपनी जमिनमा तरकारीखेती गर्दा रु १० करोड ५० लाख आम्दानी लिन सकिन्छ । 

अनुभवी विशेषज्ञहरुद्वारा व्यवसायिक कुखुरा, हाँस , टर्की, बट्टई पालन तालिमको सूचना!! साउन १४, १५, १६ गते!!
16 Jul / 2017

अनुभवी विशेषज्ञहरुद्वारा व्यवसायिक कुखुरा, हाँस , टर्की, बट्टई पालन तालिमको सूचना!! साउन १४, १५, १६ गते!!

Write By: admin Published In: ROOT Hits: 12412 Comment: 0

विदेशबाट स्वदेश फर्केर आफ्नै देशको कृषिमा केहि गर्न खोज्ने हुन् या स्वदेशमै रमाउन चाहने युवाहरु, ब्यवसायिक ढंगले आगाडी बढेर सफलता प्राप्तगर्ने हो भने कृषि तालिम तथा परामर्शको अत्यन्तै भूमिका रहेको छ!! 

उत्कृष्ट मौरीपालक किसान ओझेलमा!
13 Jul / 2017

उत्कृष्ट मौरीपालक किसान ओझेलमा!

Write By: admin Published In: कृषि समाचार Hits: 4066 Comment: 0

अमर बहादुर तारमी पश्चिम नेपालकै सफल मौरीपालक किसानका रुपमा दरिनु भएको छ । पूर्व सैनिक उहाँले १४ वर्षदेखि व्यवसायिक रुपमा मौरीपालन गदै आउनु भएको छ । २०६० सालमा एक घारवाट उहाँले मौरीपालन सुरु गर्नु भएको थियो । अहिले तारमीसँग अहिले २ सय घार मौरी छन । उहाँ सायद पश्चिम नेपालमै सवैभन्दा बढी मौरीघार भएका किसानको रुपमा चिनिनु हुन्छ । नेपाली सेनाको जागिरवाट अवकास भएपछि उहाँले मौरीपालन व्यवसाय सुरु गर्नु भएको थियो ।

रुखो पाखोमा रसिलो 'ड्रागन फ्रुट'!!
12 Jul / 2017

रुखो पाखोमा रसिलो 'ड्रागन फ्रुट'!!

Write By: admin Published In: कृषि समाचार Hits: 28800 Comment: 0

डा. सूर्यप्रसाद पाण्डे अचम्मको 'ड्रागन फ्रुट' को व्यावसायिक खेती नेपालमा सम्भव छ र यसको खेती यसरी गर्नुपर्छ भनेर विज्ञान, प्रविधि र तौरतरिका मात्र होइन, प्रदर्शन गरेरै साबित गरेका छन् । यी तिनै पाण्डे हुन्, जो नेपालमा नयाँ फलफूल खेती सुरुआत गर्ने भनेर प्रख्यात छन् ।उनी नयाँ परिचय दिइरहनुपर्ने व्यक्ति पनि होइनन् । ज्यादै महँगो किवी फलको नेपाली नाम ठेकी फल हो र यो नेपालको रैथाने फल हो भनेर उनैले खोजी गरेर पत्ता लगाएका हुन् । जो अहिले देशव्यापी रूपमा फैलिइरहेको मात्रै छैन, नेपालबाट विदेश निर्यात पनि हुन थालेको छ ।